• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

सबल सार्वजनिक संस्था बन्दै विद्युत् प्राधिकरण


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ १ भदौ

    Advertisement

    उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

    राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको प्राधिकरणले मधेस प्रदेशमा शत्प्रतिशत विद्युतीकरण गरेको छ । यस्तै, बागमती प्रदेशमा ९९ दशमलव २१, गण्डकी प्रदेशमा ९९ दशमलव शून्य दुई प्रतिशत बराबर विद्युतीकरण गरेको छ ।

    यस्तै, कोशी प्रदेशमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण प्रणालीमार्फत बिजुली पु¥याएको छ ।

    कूल सात सय ५३ स्थानीय तहमध्ये पाँच सय पाँच स्थानीय तहमा पूर्ण बिजुली पु¥याएको प्राधिकरणले दुई सय २७ स्थानीय तहका अधिकांश स्थानमा र बाँकी रहेका २१ स्थानमा साना तथा लघु जलविद्युत् आयोजनाबाट बिजुली उपलब्ध गराइएको छ । आगामी दुई वर्षमा बिजुली उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    प्राधिकरणले ५६ लाख ५८ हजार घरधुरीमा आफँै बिजुली पु¥याएको छ । प्रतिव्यक्ति विद्युत् खपत तीन सय ८० बराबर पुगेको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणको अन्तिम मार्च गरिरहेको प्राधिकरणले कोही नेपाली पनि अँध्यारोमा बस्नु नपरोस् भन्ने सङ्कल्प लिएको छ ।

    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, प्राधिकरण र निजी क्षेत्र तथा विकास साझेदार निकायसँग समन्वय गरी आवश्यक वित्तीय श्रोत व्यवस्थापन गर्दै जलाशयुक्त आयोजना निर्माण गर्ने प्रमुख प्राथमिकताका साथ सरकार लागिपरेको बताउनुभयो ।

    यस्तै, चार सय केभी क्षमताका प्रसारण लाइनसमेत निर्माण गरी आन्तरिक मागको सम्बोधन गर्दै बढी भएको बिजुली भारत लगायतका देशमा निकासीका लागि सरकार प्रयासरत रहेको उहाँको भनाइ छ ।

    राष्ट्रिय ग्रिडको पहुँच पुग्ने गरी सबै नागरिकको घरधुरीमा नियमित र भरपर्दो रुपमा विद्युत् आपूर्ति गर्न, आधुनिक प्रविधिको प्रयोग गरी प्रसारण तथा वितरण प्रणालीको विस्तारका लागि आवश्यक नीति, कार्यक्रमका साथ मन्त्रालय अगाडि बढिरहेको मन्त्री बस्नेतको भनाइ छ । मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै नेपाली नागरिकलाई गुणस्तरीय, भरपर्दो रुपमा विद्युत् सेवा प्रदान गर्न, ऊर्जाको माध्यमबाट जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सरकारले सार्थक प्रयास गरिरहेको बताउनुभयो ।

    हाल न्यूनतम २० युनिटसम्म बिजुली उपभोग गर्ने झन्डै २२ लाख ग्राहकले निःशुल्क रुपमा प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा कूल २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट रहेकामा आव २०७९÷८० मा १३ दशमलव ४६ प्रतिशत कायम गर्न सफल भएको छ ।

    आर्थिक बर्ष २०७२÷७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित घाटा रहेको प्राधिकरणले आव २०७३÷७४ मा रु एक अर्ब ५० करोड, आव २०७४÷७५ मा रु तीन अर्ब ४३ करोड नाफा कमाएको थियो । यस्तै, आव २०७५÷७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६÷७७ मा रु ११ अर्ब ७५ करोड, आव २०७७÷७८ मा भने घटेर रु छ अर्ब १० करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

    यस्तै, आव २०७८÷७९ मा रु १३ अर्ब ३७ करोड नाफा गरेको प्राधिकरणले आव २०७९÷८० को अपरिस्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबर रहेको छ ।

    प्राधिकरणको सञ्चित नाफा रु ३६ अर्ब ६७ करोड बराबर पुगेको छ । सार्वजनिक संस्थानहरुमध्ये धेरै नाफा कमाउने थोरै संस्थाहरुमध्ये प्राधिकरण अब्बल देखिएको छ ।

    पछिल्ला दुई वर्षमा प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीका लागि मात्रै रु ४८ अर्ब बराबरको लगानी आन्तरिक स्रोतबाट गरेको छ । प्राधिकरणको प्रणालीमा कूल जडित क्षमता दुई हजार आठ सय २२ मेगावाट बराबर पुगेको छ । प्राधिकरणले कूल आठ हजार ५२ मेगावाट बराबरको विद्युत् खरिद बिक्री सम्झौता गरेको छ ।

    प्राधिकरणले जवा तिला, भारभूङ, वेगनास रुपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन जारी छ । आव २०७९÷८० मा ६६ केभी तथा सोभन्दा माथिका प्रसारण लाइन चार सय १३ सर्किट किलोमिटर थप भएको छ ।

    कूल सञ्चालन रहेको ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ पाँच हजार सात सय ४२ सर्किट किलोमिटर बराबर पुगेको छ । यस्तै, तीन हजार एक सय ७५ सर्किट किमी प्रसारण लाइन र १० हजार दुई सय ९० एमभिए क्षमताको ग्रिड सबस्टेसन निर्माणाधीन छन् ।
    नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत् सेवा पु¥याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ । वितरण प्रणालीको स्तरोन्नति एवं सहरको सुन्दरता अभिवृद्धि हुनेगरी काठमाडौँ उपत्यकालगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने काम जारी छ ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सञ्चालक समितिका सदस्य, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष गणेश कार्की लगायतको सहभागिता थियो ।

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.