• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

मौरी चरन क्षेत्र बन्दै तनहुँ


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • डुम्रे (तनहुँ) ३ भदौ 

    Advertisement

    मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् ।

    नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा तीनदेखि चार महिनासम्म अत्यधिक गर्मी बढ्ने भएकाले अन्यत्र चरन क्षेत्र खोज्नुपर्ने अवस्था रहन्छ । मौरीको उत्पादन राम्रो लिनका लागि उचित तापक्रमको पनि किसानले ख्याल गर्नुपर्ने हुन्छ ।

    चरन क्षेत्रका लागि तनहुँलाई उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । अत्यधिक गर्मीको समयमा चितवनभन्दा तनहुँमा गर्मी कम हुनु र फूलको विविधताले गर्दा चरनका लागि तनहुँ ल्याइने गरिएको भरतपुर महानगरपालिका–१ रामनगरस्थित मौरीपालक एवं प्रा डा खेमराज न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मौरीको उत्पादन वृद्धिका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा समय समयमा सार्दा राम्रो हुन्छ । तराईमा मह उत्पादनका लागि मौरीलाई वर्षमा दुईदेखि चार महिना चरन क्षेत्रको अभाव हुने गरेकाले तनहुँलाई चरन क्षेत्रका रुपमा यहाँ ल्याइने गरिएको उहाँले बताउनुभयो ।

    न्यौपानेले भन्नुभयो, “गर्मीको समयमा तनहुँको तापक्रम पनि करिब ३५ डिग्री सेन्टिग्रेडसम्म हुन्छ, यहाँ मौरीलाई आवश्यकपर्ने फूल फुल्ने समय हो, यसले उत्पादनमा सहयोग पुग्छ, त्यसैले यहाँ मात्रै होइन समय समयमा विभिन्न स्थानमा मौरी लगिने र ल्याउने गरेका छौँ ।”

    यस समयमा यहाँका फूलको रसको विविधताका कारण मह मिठो, पौष्टिक र औषधिजन्य उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “मौरीलाई आवश्यकपर्ने फूलको रस र पराग नेपालको हिमाली क्षेत्रबाहेक अन्य स्थानमा बाह्रै महिना सित्तैमा उपलब्ध हुन्छ, जुन मौरीले मात्रै सदुपयोग गरी मह, कुट बनाउँछ”, उहाँले भन्नुभयो ।

    उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिकरुपमा कम्तीमा चार÷पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आँकलन गरिएको छ । हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ ।

    चरन क्षेत्रका लागि तनहुँ उपयुक्त भएको मौरीपालक किसान बताउँछन् । चैत, वैशाख, जेठ र असार पहिलो सातासम्म तराई क्षेत्रका मौरीका लागि चरन क्षेत्र अभाव हुनेहुँदा यहाँ ल्याएर मह उत्पादनमा सहयोग पु¥याउने गरिएको मौरीपालक किसान तथा विज्ञ बताउँछन् । तराई क्षेत्रमा बढी गर्मी र चरन क्षेत्रको अभाव हुने समयमा तनहुँ चरन क्षेत्र बन्दै गएको हो । चरन क्षेत्र अभाव हुँदा मौरीले मह उत्पादन कम गर्ने भएकाले पनि फूल हुने स्थानमा लगिने गरिएको न्यौपानेले बताउनुभयो ।

    “मौरीपालक किसानले एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने विषयमा जानकार हुनुपर्छ, स्थानान्तरण गर्ने प्रक्रियाले नै मह, कुट उत्पादन वृद्धि हुन्छ, जसले गर्दा आम्दानी बढ्ने हो”, उहाँले भन्नुभयो । चरन क्षेत्रको अभावमा मौरीलाई चिनी खुवाएर राख्नुभन्दा उपयुक्त क्षेत्रको खोजी गरी लगिँदा मह उत्पादन वृद्धि हुने गरेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार चरन क्षेत्रको अभावमा मौरीलाई बेमौसम ‘असारदेखि भदौसम्म’ बचाइराख्न चिनी खुवाउने गरिन्छ । मह उत्पादनका लागि कात्तिकदेखि चैतसम्मको मौसम उपयुक्त भएको उहाँको भनाइ छ । सो अवधिमा मौरीलाई कृत्रिम खाना खुवाउनुपर्ने हुँदैन । फूलको रस पाउने समयमा पनि मौरीको चरन क्षेत्र अभाव हुँदै गएको छ ।

    न्यौपानेले चरनका लागि ल्याइएका मौरीको हेरचाह गर्न कामदार राख्ने गर्नुभएको छ । न्यौपानेले मौरीको अध्ययन तथा अनुसन्धान गरी प्राध्यापनसमेत गराउँदै आउनुभएको छ । विशेषगरी तनहुँको भानु नगरपालिका–४ क्षेत्रमा मौरी राखिने गरिएको पाइन्छ । चरनका लागि मौरीलाई विभिन्न पहाडी क्षेत्रमा स्थानान्तरण गर्ने गरिएको छ ।

    कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले तापक्रम बढी भएको अवस्थामा कटुस, साल, चिलाउने, खेतमा हुने मकै, चैते धानको फूल फुल्ने हुँदा यहाँ चरन क्षेत्र बनाइएको बताउनुभयो । “विशेषगरी साल, चिलाउनेको फूलले मह उत्पादनलाई बढाउँछ, जसले गर्दा मह पोसिलो पनि हुन्छ”, उहाँले भन्नुभयो । महको स्वादसमेत फरक हुने र चरन क्षेत्र कम भएको अवस्थामा यहाँ ल्याउँदा चिनी खुलाउनुपर्ने समयमा विभिन्न प्रजातिका फूलले मह उत्पादन बढाउने तिवारीले बताउनुभयो ।

    “विषादी प्रयोग नभएको अवस्थामा जङ्गल बढ्दै गएको छ, विभिन्न प्रजातिका फूल पाइने हुन्छ, जसले गर्दा महमा विविधता र स्वादमा फरकपना दिन्छ, यसले गर्दा यहाँ ल्याउने गरिएको हो”, उहाँले भन्नुभयो । फूलको रसले मात्रै मौरीले मह बनाउने भएकाले फूलको विविधताका लागि विशेषगरी यहाँ मौरी स्थानान्तरण गर्ने र तराई क्षेत्रकोभन्दा यहाँको तापक्रम त्यस समयमा उपयुक्त हुने उहाँले बताउनुभयो । तनहुँमा व्यावसायिकरुपमा मौरीपालन गरिरहेका किसानले यस्ता उपयोगी विषयको अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    चरन क्षेत्रको अभाव

    मह उत्पादनका लागि पर्याप्तमात्रामा मौरीलाई फूलको रस आवश्यक पर्छ । मौरीले फूलको रसबाट मात्रै मह उत्पादन गर्ने भएकाले प्रशस्त फूलको रस पाउनुपर्ने हुन्छ । प्रशस्त चरन क्षेत्र भए तापनि विभिन्न कारणले अभाव हुने गरेको पाइन्छ ।

    मौरीको महत्वपूर्ण चरन क्षेत्र चिउरी हो । चिउरी विशेषगरी पहाडी क्षेत्रमा हुने र सो स्थानमा मौरी स्थानान्तरण गर्न सहजै पहुँच नहुँदा समस्या हुने गरेको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यातायातको सहज पहुँच नहुँदा यस्ता चरन क्षेत्रको सदुपयोग गर्न सकिएको छैन । मौरी व्यवसायलाई विकास गर्नका लागि महत्वपूर्ण चरन क्षेत्रमा यातायातको पहुँचको व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

    “तोरी र लिची खेतीमा विषादी प्रयोग हुन थालेपछि मौरीको चरन क्षेत्र अभाव भएको हो, तोरीमा लाग्ने किरा, लिचीमा लाग्ने पतेरोको नियन्त्रणका लागि विषादीको प्रयोग बढ्दै गएकाले मौरीपालन जोखिममा पर्ने सम्भावना बढेको छ”, उहाँले भन्नुभयो । यस्ता चरन क्षेत्रमा विषादी प्रयोगले कम उत्पादन हुने, गुणस्तर घट्ने र मौरी मर्ने हुन्छ ।

    व्यावसायिकरुपमा खेतीपाती ह्रास आउँदा मौरीपालनमा समेत प्रभाव पर्ने गरेको छ । खेतीपातीमा भएको परिवर्तन, सहरीकरण, जङ्गल फँडानी, जङ्गलमा आगजनी हुनेहुँदा मौरीको चरन क्षेत्र घट्दै गएको विज्ञको भनाइ छ ।

    विज्ञका अनुसार मौरी व्यवसायको प्रवद्र्धन गर्न तीनै तहका सरकारबाट मौरी चरन क्षेत्र संरक्षण र विस्तार गर्नु आवश्यक रहेको छ । चिउरीको रुख बढाउन र चिउरीको रुख काट्न रोक लगाउनुपर्नेमा उनीहरुको जोड छ । मौरीपालनलाई सहयोग पुग्ने खेती, बाली, रुख, बिरुवाको वृक्षरोपण गरी यसको चरन क्षेत्र विस्तार गर्नुपर्ने उनीहरुको माग छ ।

    रासस

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.