• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा


  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
  • राँझा (बाँके) १७ भदौ 

    Advertisement

    वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सक्नुभएको छैन । “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ”, उहाँले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन सकिन्न ।”

    राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन वस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लोतटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ ।

    राप्ती नदीले राप्ती सोनारीको २ नंं वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका वासिन्दालाई वर्षेनी त्रासमा राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दिपेन्द्र पाण्डे दिपुले बताउनुभयो । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले गतवर्ष भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीब्र पारेको छ”, पाण्डेले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।”

    तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं. वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा जोखिम मडारिएको स्थानीय सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताउनुभयो ।

    नदी नियन्त्रणको लागि वर्षा सुरु भएपछि थुपारेका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाएका तटबन्धसमेत राप्तीले बगाएको छ । तारजालीबिनै खसालेका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । “विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो”, पाण्डेले भन्नुभयो, “बचेको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।”

    जोखिमा रहेका वस्ती र घर–परिवारको सुरक्षाका लागि २०७९ असोज २८ गते नै जनताको तटबन्ध फिल्ड कार्यालयलाई पत्राचार गरे पनि चासो नदिएका कारण राप्ती सोनारीको वडा नं.६, ७ र नरैनापुरको ५ र ६ नं. वडाका वस्तीहरु डुबान र कटानको उच्च जोखिममा रहेको राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले बताउनुभयो ।

    राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगन्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको स्थानीय अगुवा माधव पौडेलले जानकारी दिनुभयो । “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौं बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ”, पौडेलले भन्नुभयो, “नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्र रुपले नदीको कटानमा परिरहेको छ ।”

    राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भंगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेको अर्का स्थानीय रामदास थारुको भनाइ छ । राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने उहाँले बताउनुभयो । “नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।”

    जनताको तटबन्ध कार्यालयले जिल्लाको केही स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको छ । कार्यालयले प्रभावित क्षेत्रभन्दा पहुँचको आधारमा तटबन्ध योजना दिने गरेको स्थानीयको आरोप छ । दक्षिणतिरबाट राप्ती नदीले कटान गर्दै जाँदा गाउँ नै जोखिममा परेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र ओलीले बताउनुभयो । “राज्यले यही ठाउँबाट नदीजन्य पदार्थ संकलन गरेर करोडौं राजस्व उठाउँछ । तर, नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदैन”, वडाध्यक्ष ओलीले भन्नुभयो, “यहाँका जनता वर्षाैंदेखि राप्ती नदीबाट पीडित छन् । सरकारले अहिलेसम्म कुनै पनि तटबन्धको योजना दिएको छैन ।”

    आफ्नो वडामा पर्ने अगैयादेखि राजपुरसम्मको करिब २८ किलोमिटर क्षेत्रलाई राप्ती नदीले कटान गर्दै आएको उहाँले बताउनुभयो । “स्थानीय सरकारको रुपमा अहिले गाउँपालिका छ । गाउँपालिकाले राप्ती नदी नियन्त्रणका लागि आफूसँग पर्याप्त बजेट नभएको बताउँछ ।”, ओलीले भन्नुभयो, “नदी नियन्त्रण हुन नसक्दा जनता सधै त्रासमा बस्न बाध्य छन् ।’

    राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले राप्ती नदीले धेरै ठाउँमा कटान गरेकाले गाउँपालिकाको बजेटबाट मात्र नदी नियन्त्रण गर्न सम्भव नभएको बताउनुभयो । “गाउँपालिकाको सबै बजेट खर्च गर्दा पनि नदी नियन्त्रण गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अहिले जनताको तटबन्ध कार्यक्रममार्फत काम भइरहेको छ । राप्ती नदी नियन्त्रणका लागि सङ्घीय सरकारले नै ठूलो आयोजना बनाउनुपर्छ ।”

    राप्ती नदी संरक्षणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, तटबन्धको कार्यक्रम द्रूत गतिमा नहुँदा संरक्षणको काम पनि प्रभावित भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अति जोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम गरिएको जनताको तटबन्धका इन्जिनीयर सूर्यदेव नायकले बताउनुभयो । “तारजाली सहितको तटबन्ध बनाउने योजना छैन,त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, उहाँले भन्नुभयो, “मनसुन सुरु भईसकेकोले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।”

    जनताको तटबन्धले नदी नियन्त्रणको लागि राखेको ढुङ्गा राप्तीले बगाइसकेको छ । नदी नियन्त्रणको लागि सदनदेखि सम्वद्ध सरोकारवाला निकायमा वारम्बार पहल भए पनि काम हुन नसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताउनुभयो । नदी नियन्त्रणको लागि राप्ती नदीमा तटबन्ध निर्माण कार्यको ठेक्का भइसकेकाले त्यसलाई समयमै कार्यान्वयन गर्नतर्फ आफूले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

    एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान

    बाढी र अन्य विपद्बाट यस वर्ष बाँकेका २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । यस वर्ष बाढीलगायत आगलागी, भूकम्प, शितलहरजस्ता विपद्बाट २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । “विपद्बाट पाँच हजार घरधुरीमा पूर्ण क्षति हुने र २० हजार घरधुरीमा आंशिक क्षति हुने पूर्वानुमान गरिएको छ”, उहाँले भन्नुभयो, “विपद्बाट सय जना घाइते र अस्थायी रुपमा पाँच हजार तथा स्थायी रुपमा पाँच हजार परिवार विस्थापित हुने अनुमान छ ।”

    राप्ती सोनारी र नरैनापुर गाउँपालिका बढी प्रभावित हुने भएपनि बाँकेका सबै पालिका बाढीको जोखिममा रहेको जिल्ला विपद् ब्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीले नरैनापुर गाउँपालिकाका छ वटै वडा बाढीको जोखिममा रहेको बताउँदै तीन सय ९१ घरधुरीका दुई हजार तीन सय ९४ जना प्रभावित हुने अनुमान गरिएको बताउनुभयो । बाढीबाट धेरै क्षति हुने पालिकामा राप्ती सोनारी गाउँपालिकालाई पनि राखिएको छ । त्यहाँको नौ वटै वडा बाढीको उच्च जोखिममा रहेका छन् ।

    बाँकेमा अहिलेसम्म २०७१ सालमा आएको बाढीले सबैभन्दा बढी क्षति पु¥याएको छ । उक्त वर्ष राप्ती, डुडुवा, मानखोला लगायत नदी र खोलामा आएको बाढीमा परी २० जनाले ज्यान गुमाउनु परेको थियो भने १२ वटा विद्यालयमा क्षति पुगेको थियो । उक्त वर्षको बाढीबाट १२ हजार तीन सय ४० घरका ६९ हजार नौ सय ३४ जना प्रभावित भएका थिए । त्यसैगरी, २०७४ साउन २९ गते बाँकेका विभिन्न नदी र खोलामा आएको बाढीबाट १६ हजार आठ सय ५९ घरपरिवारका ९४ हजार दुई सय ६२ जना प्रभावित भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, उक्त वर्षको बाढीमा परी आठ जनाले ज्यान गुमाएका थिए भने १२ वटा ११ हजार तीन सय ५० जना विद्यार्थी प्रभावित भएका थिए ।

    समितिले विपद्का बेला उद्धार र राहतका लागि योजना बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीका अनुसार, नेपालगञ्जको चारवाहिनी, राँझा विमानस्थल, कोहलपुर नगरपालिका–११ दश बिघा, नरैनापुर गाउँपालिका–१ कट्कुइँया, नरैनापुर गाउँपालिका–५ नयाँबस्ती, मटेहिया, गङ्गापुर र सुइयामा हेलिप्याड निर्माण गरिएको छ । त्यसैगरी, राप्तिसोनारी गाउँपालिका–२ अगैँया, राप्तीसोनारी गाउँपालिका–१ सिक्टा, वडा नं ३ बैजापुर, टिकुलीपुर, फत्तेपुर र जानकी गाउँपालिका–१ साईगाँउ तथा खजुरा गाउँपालिका सीतापुर, बैजनाथ गाउँपालिका–५ बनकटुवा, डुडुवा गाउँपालिका–१ होलिया, मदनापुर र कम्दीमा हेलिप्याड निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका स्रोत व्यक्ति रुपन ज्ञवालीले बताउनुभयो । रासस

     

    आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.