• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

किन बढ्दैछ एउटा मात्रै बच्चा जन्माउने चलन ?


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • काठमाडौँ १८ भदौ 

    Advertisement

    तपाईं कतिजना भाइबहिनी हुनुहुन्छ ? यो प्रश्न सायद हामीले दैनिक जीवनमा धेरैपटक सामना गरेका हुन्छौं र कतिलाई सोधेका पनि हुन्छौं ।आफ्ना समवयीहरुबाट हामीले प्रायः पाउने जवाफ हुन्छ- हामी दुई भाइबहिनी हौं, हामी तीन/चार भाइबहिनी हौं आदि आदि ।

    आफू बुवाआमाको एकमात्र सन्तान हुँ र मेरो पनि एकमात्र बच्चा छ भन्ने जवाफ सायद निकै कम मान्छेबाट आउँछ हामीकहाँ ।तर यदि तपाईं अमेरिका वा युरोपका कुनै देशमा बस्नुहुन्छ भने एक मात्र सन्तान अर्थात् सिंगल चाइल्ड हुने कुरा आम रुपमा सामान्य बनिसकेको छ ।

    वास्तवमा अमेरिका तथा युरोपका विभिन्न देशहरुमा पछिल्ला केही वर्षमा ‘वान चाइल्ड एण्ड डन’ अर्थात् एउटा बच्चा, अब पुग्यो भन्ने ट्रेण्ड बढिरहेको छ ।ती पश्चिमा देशहरुमा अधिकांश विवाहित मानिसहरु एकभन्दा धेरै बच्चा जन्माउन चाहँदैनन् ।

    क्यानडाको ओन्टारियोमा बस्ने ३१ वर्षीया जेन डाल्टन पहिले चारजना बच्चा जन्माउन चाहन्थिन् र यसका लागि उनले पूरै तयारी पनि गरेकी थिइन् ।तर सन् २०१८ मा उनकी छोरी जन्मिएको ठीक दुई महिनापछि जेन र उनका पतिको अब दोस्रो बच्चा नजन्माउने निधो गरे । अर्थात् उनीहरुले एक बच्चा, बस पर्याप्त अर्थात् वान चाइल्ड एण्ड डनको नीति अंगीकार गर्ने निर्णय गरे ।

    तथापि यस्तो निर्णय गर्ने डाल्टन एक्ली महिला होइनन् ।युरोपमा बालबच्चा भएका दम्पतीमध्ये ४९ प्रतिशत दम्पतीको केवल एकजना मात्रै बच्चा छ । त्यस्तै क्यानडामा एकमात्र बच्चा हुने परिवारको संख्या बढेर ४५ प्रतिशतमा पुगेको छ, जुन सन् २००१ मा ३७ प्रतिशत थियो ।

    त्यस्तै सन् १९७६ मा १० प्रतिशत अमेरिकी महिलाको एकमात्र बच्चा रहेकोमा २०१५ मा बढेर १८ प्रतिशत पुगेको थियो ।

    एकमात्र बच्चाको पक्षमा तर्क

    One and only : the freedom of having an only child तथा The joy of being one जस्ता पुस्तकका लेखक तथा खोज पत्रकार लरेन स्याण्डलरका अनुसार उनी आफ्ना बच्चालाई लिएर निकै आशक्त थिइन् । तर उनलाई आफ्नो करिअर पनि निकै मनपर्ने विषय थियो । त्यसैले उनले एकजना मात्र बच्चा जन्माउनु सही बाटो भएको ठहर गरिन् ।

    एक अध्ययन अनुसार अमेरिकामा दुईवटा बच्चाको पालनपोषणमा औषतमा करीब ३ लाख डलर खर्च हुन्छ, जसमा कलेजको शैक्षिक शुल्क सामेल छैन ।

    त्यस्तै बेलायतमा एउटा बच्चाको लालनपालनमा करिब २ लाख डलर खर्च हुन्छ भने अष्ट्रेलियामा एक लाख सात हजार डलर ।

    क्यानडाको क्यालगरीमा बस्ने २५ वर्षीया भिक्टोरिया फाहेलाई जलवायु परिवर्तनको पनि चिन्ता छ । उनी भन्छिन्, ‘स्रोत साधनका लागि लडाइँ हुनेछ । म चाहन्छु कि मेरा सन्तानलाई पानी कहाँ पाइएला भन्ने कुराको चिन्ता कहिल्यै पनि नहोस् ।’

    एउटा मात्र बच्चा जन्माउने निर्णय लिनुमा आर्थिक कारण पनि छन् ।

    युरापमा बच्चा जन्मिएपश्चात् महिलाहरुको पारिश्रमिकमा औसत ३.६ प्रतिशतको गिरावट देखिएको छ । अमेरिका जस्ता देशमा पनि एउटा अध्ययनले के देखाएको छ भने बच्चा नभएका महिला कर्मचारी र दुई वा तीनजना बच्चाकी आमा रहेकी महिला कर्मचारीको पारिश्रमिकमा १३ प्रतिशतको अन्तर रहेको छ ।

    बेलायतको कर्नवालमा बस्ने ३३ वर्षीया लारा बेनेटका अनुसार एउटा मात्रै बच्चाको कारण उनी एक असल पार्टनर बन्न सक्छिन् । एउटा मात्रै बच्चा भयो भने निकै आरामसँग साथीहरुसँग सप्ताहन्तमा वा विदाका क्रममा घुम्न जान सकिन्छ । साथै आफ्नो पार्टनर समेत आफ्ना साथीहरुसँगै जाँदा पनि यसका लागि कुनै समस्या हुनेछैन ।

    सामाजिक दबाब

    विश्वका विभिन्न ८६ वटा देशमा गरिएको अध्ययन अनुसार पहिलो बच्चा जन्मिएको एक वर्षसम्म आमाबुवा निकै खुसी हुन्छन् । तर दोस्रो बच्चा जन्मिएसँगै उनीहरुको खुसी आधाले घट्ने र तेस्रो बच्चा जन्मिएपछि त खुसी सबै सकिने गरेको अध्ययनको निष्कर्ष छ ।

    यद्यपि कतिपय देशहरुमा अहिले केवल एउटामात्रै बच्चा जन्माउने चलन बढिरहेको छ, तथापि एकभन्दा धेरै बच्चा जन्माउने सामाजिक दबाब दम्पतीहरुमा पर्ने गरेको देखिन्छ ।

    अधिकांश अभिभावकहरुको गुनासो हुने गर्छ कि उनीहरुमाथि परिवारका अन्य सदस्यदेखि सडकमा हिँड्ने अपरिचित मानिसहरुबाट समेत एकभन्दा धेरै बच्चा जन्माउनका लागि दबाब आउने गर्दछ ।

    जो माता पिताले एउटा मात्रै बच्चा जन्माउँछन् उनीहरुले अन्य मानिसमात्र नभई आफैंलाई पनि यो विश्वास दिलाउनु पर्दछ कि यसो गरेर आफूले ठीक गरिरहेको छु।

    बीबीसी

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.