काठमाडौँ २१ भदौ
काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा अध्यक्ष रिजालको निधन भएको पारिवारिक स्रोतको जानकारी छ ।
डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निमोनिया भाइरल निमोनियाका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पताल प्रशासनको भनाई छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिनुभयो ।




