• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • फुङ्लिङ (ताप्लेजुङ) ११ असोज 

    Advertisement

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो ।

    गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार पहिलो चरणमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र याङ्मा क्षेत्रका बसोबास गर्ने ८८ नागरिकलाई सीमा प्रवेशपत्र उपलब्ध गराएको हो ।

    उहाँले भन्नुभयो “टिप्तालमा नाकासम्म यातादेखि हामी पुग्र्यो । डिङ्जे काउन्टीका प्रतिनिधि पनि नाकासम्म आउनुभयो । दुई पक्ष भेटघाट भयो ।” दसैँ तिहारबीचमा टिप्ताला नाका खुल्न सक्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । डिङ्जे काउन्टी र फक्ताङलुङ गाउँपालिका, जिल्ला प्रशासन तापलेजुङका त्रिपक्ष सहमतिमा सीमादेखि ३० किलोमिटरसम्म बसोबास गर्ने नागरिकलाई पहिलोचणनमा सीमा प्रवेशपत्र उपलब्ध गएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । विस्तारै प्रथमिकताका आधारमा फक्ताङलुङ गाउँपालिकामा बसोबास गर्ने नागरिकलाई समेत सीमा प्रवेशपत्र उलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासनका अनुसार प्रवेशपत्रका समय अवधी एक वर्ष हुने छ । प्रत्येक वर्ष सीमा प्रवेशपत्र जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने हुन्छ ।

    कोभिड–१९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ । लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको व्यापार ठप्प हँुदा आर्थिक सङ्कट खेप्दै आएको स्थानीय बताउँछन् । गलैँचा, जडीबुटी साथै नेपालबाट उत्पादित सामग्री चीन निर्यात बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक सङ्कटमा पर्दै गएको जनाइएको छ ।

    हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दै आएका छन् तर, चीनमा याक निर्यात नहुँदा दैनिक चलाउनै मुस्किल भएको स्थानीयवासीको भनाइ छ । याङमाका फिन्चो शेर्पाको पनि गोठमा चार वर्षदेखि याक बिक्री भएको छैन । शेर्पाको चार वर्षअघि २५ याक रहेकामा अहिले ९० हाराहारीमा छन् । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइ याकको चरन क्षेत्र हो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घ्यूका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माका सोनाम शेर्पाले बताउनुयो ।

    चीनका विभिन्न बजारमा एउटा याकको रु ५० हजारदेखि एक लाख ५० हजारसम्म मूल्य पर्ने जनाइएको छ । यसैले त हिमाली क्षेत्रका समुदायले याक पालनप्रति आकर्षित हुँदै गएको हुन् तर चार वर्ष देखि कोभिड–१९ का कारणले ताप्लेजुङदेखि चीन प्रवेश गने मुख्य नाका टिप्ताला नाका साथै अन्य नाकासमेत बन्द गरेसँगै याक बिक्री हुन सकेको छैन ।

    हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पुर्खौली पेसा हो याक पालन नै हो । उच्च हिमाली क्षेत्र भएकाले याकबाहेक अन्य पशुचौपाय तथा खेतीपाती पनि हँुदैन । जिल्लामा फुङ्लिङ नगरपालिकासहित नौ स्थानीय तह रहेको छ । सबै पालिकामा बसोबास गर्ने उच्च हिमाली क्षेत्रका समुदायले याकपालन गर्दै आएका छन् । चीनका भिन्न बजारमा याक राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले याकपालन व्यवसायलाई निरन्तरता दिँदै आएको उहाँहरूको भनाइ रहेको छ । तर लामोसम्ममा पनि याक बिक्री नहुदाँ किसान निरासा हँुदै गएका छन् । बिक्री नभएपछि याक याक सङ्ख्या बढ्दै गएका छन्, भने किसानको आर्थिक सङ्कटले गर्दा दानापानी खुवाउन मुस्किल भएको छ । चरन क्षेत्रको समेत अभावले चौँरी याक भोगले मर्न पर्ने अवस्थासमेत भएको पोक्पेगोलाका चौँरी याक पालक दोर्जे शेर्पाले बताउनुभयो ।

    टिप्ताला नाका खुलाउने प्रक्रियामा भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो । नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गरेका थियो । यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो ।

    विशेष गरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमी दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ ।

    सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।

    नाका खुल्यो भने सीमा क्षेत्रमा बसोबास गर्ने समुदायलाई ठूलो राहत हुने सीमावर्ती क्षेत्र घुन्साका पेमा शेर्पाले बताउनुभयो ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.