• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

बालकरामले रचे यसरी पहिलो इतिहास


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • भक्तपुर १४ असोज 

    Advertisement

    साँझ ढल्किँदै जादा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भिड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको भिड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।

    करिब ७.१५ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर दिगु भैरब अगाडिको मञ्चमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो । एकछिनपछि कर्मी नाइके बाबुकाजी श्रेष्ठलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको पमा नायो श्यामकृष्ण श्रेष्ठ परम्परागत पोशाकमा हनुमान ढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आउनुभयो ।

    त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानी श्रेष्ठलाई परम्परागत पोशाक लगाएर डबलीमा ल्याइयो ।

    यहाँका बासिन्दाले जयजयकार गरे । जिब्रो छेड्न तयार भएका बालकरामलाई छोएर कर्मी नाय श्रेष्ठले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । रातिको ७ः४० बजे रामभक्त नकर्मीले एक महिना अगाडि बनाएको १० इन्च लामो तीनवटा मुख भएको सुइरो कर्मीनाय श्रेष्ठले बालकरामको जिब्रो छेडीदिए । टाउँकोमा बाँधेको कपडामा सियो अड्काएर जिब्रो छेडेको सुइरोको तीनवटा टुप्पोलाई जिब्रोमै घुमाईदिए पछि हजारौको जयजयकार गुञ्जियो ।

    त्यसपछि सबैलाई नमस्कार गर्दै चन्द्राँकारकोे भ्वाय् अर्थात् ४० किलो तौलको महाद्वीप बोकेर निस्किनुभयो बालकराम । उहाँलाई स्थानीय जात्रा व्यवस्थापन समिति, परिवार एवं टोलवासीले साथ दिइरहे । महाद्विप बोकेर उहाँले सुरु गर्नुभएको थिमिदेखि पशुपतिनाथसम्मको अविचलित यात्रा सफल पारेर नयाँ इतिहास रच्नुभयो ।

    बालकरामले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महाद्विप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, सिद्धिकाली मन्दिर पुग्नुभयो । त्यसपछि सिद्धकाली चोकबाट पुरानो थिमिको मूल सडक हुँदै सानोठिमी, सिनामङ्गल, महादेव चोक, पेप्सीकोला चोक, विमानस्थलको पूर्वीद्वार, सान बैंक्वेट चोक, गुहेश्वरी मन्दिर पुगेर परिक्रमा गर्दै पशुपतिनाथको मन्दिर पुग्नुभयो । राति १०ः४० बजे पशुपति मन्दिरमा बालकरामको जिब्रोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चाँदीको कचौरामा रहेको तेल सुनको चम्चाले झिकेर हालिदिनुभयो ।

    त्यसपछि पशुपति मन्दिरलाई परिक्रमा गरी त्यही मार्ग हुँदै फर्किनुभयो बालकराम । सयांै स्थानीयलाई अगाडि पछाडि लगाएर जयजयकार गर्दै १७ किमीको यात्रा पार गर्दै थिमि आएर बालकुमारी मन्दिरमा सियो झिकेर नित्यनाथको माटोे जिब्रोमा राखेपछि मध्यराति २ बजे जात्रा सम्पन्न गर्दै बालकरामले पहिलोपटक इतिहास रच्न सफल हुनुभयो ।

    उहाँको खाली खुट्टाको पैदल यात्रालाई जात्रा व्यवस्थापन समिति, परिवार तथा आफन्त, टोलवासी र मध्यपुरथिमिका सयौले पशुपति मन्दिरसम्म जयजयकार गर्दै पैदल यात्रालाई साथ दिए । जात्रामा हौसला प्रदान गर्न मध्यपुरथिमि प्रमुख सुरेन्द्र श्रेष्ठदेखि उपप्रमुख विजयकृष्ण श्रेष्ठले समेत थिमिदेखि पशुपतिसम्म नै पुगेर साथ दिनुभयोे ।

    पहिलोपटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुरथिमिको द्विगुली पुग्नुभएका मन्त्री किरातीले यो जात्रालाई विश्वव्यापीरुपमा ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्र्याउन सकिने बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानुपर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनुपर्छ, यो जात्रालाई विश्वव्यापीरुपमा ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन सकिन्छ ।”

    लोप भइसकेको जात्रालाई थिमिवासीले दिए पुनःजीवन

    यसअघि २०७५ सालमा जिब्रो छेडाएर आफ्नो टोल घुम्नु भएका बालकरामले यसवर्ष दोस्रो पटक जिब्रो छेडाएर इतिहास रच्न सफल हुनुभयो । बालकरामले भन्नुभयोे, “यसपटक मैले इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने अठोट गरेको थिएँ, त्यो अठोट पूरा गरेँ । मेरो आँटलाई सबैको सहयोग, साथ र पशुपतिनाथ तथा बालकुमारीकोे शक्तिले मेरो यात्रा पूरा भयो ।”

    देशमा आउन सक्ने कुनै पनि सङ्कट, प्राकृतिक प्रकोप, डर, त्रास, भय रोक्दै पुर्खाले सिर्जेको संस्कृतिलाई बचाउन आफूले जिब्रो छेडेर पशुपतिसम्मको यात्रा पूरा गरेको उहाँले बताउनुभयो । पुर्खाले पूर्वमा काभ्रे पनौतीसम्म, उत्तरमा चाँगुनारायण मन्दिरसम्म र पश्चिममा पशुपतिनाथ मन्दिरसम्म जिब्रो छेडेर महाद्धिप बोकेर गएको भन्ने सुन्दै आएको भए पनि यसपटक आफूले पशुपतिसम्मको यात्रा पूरा गरेर पुर्खाले गरेका कठिन यात्रा सम्भव थियो भन्ने सन्दे दिन पनि सफल भएको उहाँको भनाइ छ ।

    दुई दशक रोकिएर लोपोन्मुख अबस्थामा पुगेकोे यो जात्रालाई २०७४ सालमा वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुनर्जीवन दिनुभयो भने २०७५ सालमा बालकरामले जिब्रो छेडाउनु भयोे । विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा २०७९ पुनः वीरेन्द्रभक्तले जिब्रो छेडाएर पुनः निरन्तरता दिनुएको थियो ।

    मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामले कठिन यात्रा पूरा गरेको बताउदै भन्नुभयो, “त्यति ठूलो सियोले जिब्रो छेडाएर काठबाँसबाट बनेको लहरै बलेको महाद्विप बोकेर पशुपतिसम्म पुगेर फर्किनु कम चुनौती र कठिन काम होइन, यसलाई बालकरामले पूरा गरेर थिमिको शान उच्च राख्न सफल हुनुभयो । उहाँको यो साहसले भावी पुस्तालाई जात्राप्रति प्रेरित गर्ने र नयाँ पुस्तामा जात्रालाई निरन्तरता दिन आँट प्रदान गर्ने विश्वास लिएको छु, नगरपालिकाले यस्ता मूर्त अमूर्त कला, संस्कृतिको संरक्षणमा नियमित सहयोग गर्नेछ ।”

    नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने सफल भएको बताउनु भयो । उहाँले नेपालमा मात्रै नभएर विश्वमै अनौठो मानिने यो जात्रालाई यहाँको ठूलो विशेषता हो भन्दै उपप्रमुख श्रेष्ठले ३५० वर्षभन्दा अगाडिदेखि यो जात्रालाई निरन्तरता दिन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    उपप्रमुख श्रेष्ठले भन्नुभयो, “जिब्रो छेडेर महाद्धिप बोकेर थिमि घुम्नु निकै थाकिन्छ, त्यसमाथि खाली खुट्टाले पशुपतिसम्म महाद्धिप बोकेर परिक्रमा गरेर फर्किन सफल हुनु आफैंमा अब एउटा इतिहास बन्यो, यसले युवा र नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिएको छ ।”

    यस्तो छ पौराणिक कथन

    परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दाहरुमा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिशाचले दुःख दिए । यस्तो भयलाई पार लाउन एक तान्त्रिकले आराध्यदेवी श्री बालकुमारी माईको साधना गरी उहाँको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो ।

    ती साहसिक व्यक्तिले आफनो बस्तीबाट भूत, प्रेत, पिशाच भगाउन र बस्ती नजिकका अर्को बस्तीहरु चाँगुनारायण, गुहेश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिउन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महाद्विप बोकेर घुमेर यहाँका बासिन्दालाई भयरहित बनाउन, बस्तीमा सुरक्षा एवं सहकाल भित्रयाउन जिब्रो छडेने गरेको पौराणिक कथन रहेको जात्राका नाय पमा श्यामकाजी पमा श्रेष्ठ बताउनुहुन्छ ।

    यो ऐतिहासिक जात्रा २०२६ सालदेखि लोप भइसके पनि २०५० सालबाट मध्यपुरथिमि पोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गर्नु भएको जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ बताउनुहुन्छ । जिब्रो छेड्ने जात्रामा थुप्रै व्यक्तिहरुलाई आफैले भोज खुवाउनु पर्ने सबै खर्च व्यवस्थापन आफैंले गर्नु पर्दा हुने आर्थिक अभावले जात्रा लोपोन्मुख अबथामा पुगेको उहाँको भनाइ छ ।

    विसं २०७४ बाट स्थानिय युवाहरु, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न यया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुरथिमि–४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले २०७४ र २०७९ सालमा जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु भएको उहाँले जानकारी दिनुभयो ।

    जात्राको लागि एक महिना अगाडि नै नातु (सुइरो) बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ । नकर्मीले तीन तीर भएको नातु बनाई एक महिना शुद्द तोरीको तेलमा डुबाएर राखिन्छ ।

    त्यसपछि जिब्रो छेड्नु भन्दा आठ दिन अगाडि द्यः दुसालेगु भनि बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) दिइन्छ । जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर ल्याएको राज खड्गलाई जात्रामा डबलीमा राखिन्छ । इन्द्रजात्राको दिनमा बालकुमारीमा रातो भालेको बलि दिएर पूजा गरी भोज खाइन्छ ।

    येंया पुन्हीको दिनमा दुतानं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ति दिनु पर्छ । त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेसँगै जिब्रो छेड्ने व्यक्तिमा दैवि शक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

    जात्राको दिन सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाइकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुइरो कर्मी नायाले जिब्रो छेडेर महाद्धिप बोक्न लगाई उहाँको इच्छाअनुसार नगरपरिक्रमा गराउने प्रचलन छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिन्छ ।

    मन्दिर परिसरमा ठोकेको सुईरोलाई हेर्दा यो जात्रा करिब ३५० वर्षभन्दा पुरानो हो भन्ने यकिन गर्न सकिने नाय पमा श्यामकाजी बताउनुहुन्छ । वर्षौ पहिले एकै पटक १७ जना व्यक्तिले, एकै परिवारको छ जनालेसम्म जिब्रो छेडेको पाईएको उहाँ बताउनुहुन्छ ।

    बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने, भोलिपल्टको बिहान नातु पूजा भनि जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोक्ने र द्यः लित तवनेगु भनि विसर्जन पुजा गर्न गरिन्छ ।

    जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशद्वीप बोक्ने मानन्धरहरु नै हुनु पर्ने प्रचलन छ । यस्तै नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखि बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेको छ । मध्यपुरथिमिको बोडेमा प्रत्येक बैशाख २ गते हुने जिब्रो छेड्ने जात्रासँग यो जात्रा मिल्दोजुल्दो भएपनि यसको रुट भने फरक रहेको छ ।
    रासस

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.