• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

मिथिलामा जितीया पर्वको तयारी


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • महोत्तरी १६ असोज

    Advertisement

    महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन् । यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रबार परेको छ ।

    असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितीया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु आमाहरु आफ्ना सन्तान सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । केही वर्ष पहिलेसम्म यो पर्व छोराको कल्याणका लागि गर्ने गरिएकामा अहिले सबै सन्तानका लागि गरिने व्रतको भन्न थालिएको छ । अब ‘पुत्रवती आमा’ हैन ‘सन्तानवती आमा’ ले गर्ने व्रत भन्न थालिएको पर्वको तयारीमा रहेका नयाँ पुस्ताका मिथिलानी आमा बताउँछन् । पुत्रका लागि भनिनु पुत्रीप्रतिको विभेद भएको हुँदा यो छोरीप्रतिको उपेक्षा सच्याइँदै अब सन्तानका लागि भन्न लागिएको उनीहरूको भनाइ छ ।
    “यो सन्तानको कल्याणको कामनाका लागि गरिने व्रत हो, मेरा छोरा छैनन् , दुई छोरी छन्, म यिनकै लागि व्रतको तयारी गर्दैछु” भङ्गाहा–४ की रश्मी चौधरी थारु भन्नुहुन्छ ।
    मिथिलामा रैथाने सबै जातजातिले यो पर्व मनाए पनि थारु बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारु बस्तीमा जितीयाका लागि घर रङ्गरोगन र लितपपोत पितृपक्ष सुरु हुनासाथै गरिन्छ । घरैघर देखिने उक्त बस्तीमा घर सफा गरेर अन्य तयारीका लागि भएको व्यस्तताले यो पर्वका लागि केही दिन पहिलेदेखि रौनक छाउने गरेको हो ।

    केही वर्ष पहिलेसम्म छोराका लागि कठोर व्रत बस्दै आएका पुरानो पुस्ताका आमा पनि अब नयाँ पुस्ताका छोरी÷बुहारीसँग सहमत हुँदै सन्तानका लागि भन्न थालेका छन् । “हँ , पहिने बेटाक लेल कहायत छल इ पावैन, मुदा आब हमसभ बेटाबेटी सबके लेल करैछी” बर्दिबास–९ पशुपतिनगरकी रासवती महतो बताउनुहुन्छ ।
    मेरा छोराछोरीले कसैको बिगार गर्दैनन्, भगवान्को आशिर्वादले उनीहरूले परोपकारी काममा मन लगाउनेछन्् भन्ने भाव व्रतालु महिलामा भेटिन्छ । पछिल्ला केही दशकयता लैङ्गिक विभेदविरुद्ध घनिभूत आवाज उठ्दै आएपछि परम्परागत चाडपर्वमा लादिएका विभेदपूर्ण मान्यता सच्चिदै गएका भङ्गाहा–९ की सामाजिक कार्यकर्ता किरण यादव बताउनुहुन्छ ।
    पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडी कटाएर व्रत समापन गरिन्छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडी पूर्व नै खाइसक्नु पर्छ तर एक अहोरात्र पूरा व्रत बस्नुपर्ने हुँदा यसपालि बिहीबार मध्यरातपछि (राती १२ बजेसँगै ) व्रत सुरु गर्नुपर्ने सम्बद्ध पुरोहितको भनाइ छ । यो व्रत कहिलेकाँही ४० घण्टाभन्दा बढी भएको पाका मिथिलानी बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने चलनले अहिले मिथिला बस्तीमा जितीयाकै लागि शुद्ध दूधको जोहो गर्न थालेका छन् ।
    यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै हुँदै आएको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा मार्न र झारपात चुँँड्न नहुने धार्मिक मान्यता छ । आउँदो शुक्रबार बिहान साढे नौ बजेअघि नै अष्टमी तिथि सुरु हुने हुँदा त्यसको ‘ओगटन’ (दर) मध्यरातअघि खाइसक्नु पर्ने हुन्छ । निराहार व्रत बस्ने महिलाले शनिबार बिहान साढे १० बजेअघि नवमी लागेपछि त्यसको एक घडि कटाएर व्रत समापन गर्नेछन् । यस हिसाबले यसपालि झण्डै ३५ घण्टाको व्रत बस्नुपर्ने देखिन्छ ।
    “सन्तानको दीर्घजीवन, सौर्यबृद्धि र कल्याणको कामना गर्दै आमाले बस्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर बढ्ने जनविश्वास छ” धार्मिक कर्मकाण्डका ज्ञाता झा भन्नुहुन्छ, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गर्छिन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने उहाँ भनाइ छ ।
    पुत्रको कल्याण र सौर्य बृद्धिको कामना पूरा गराउन मिथिलानीे यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण पनि गर्छन् । यस व्रतमा पुरुषहरुले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको भङ्गाहा नगरपालिका—६की रामवती चौधरी बताउनुहुन्छ ।
    यस पर्वमा सप्तमीका दिन बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य दिएर व्रतको सङ्कल्प गरिन्छ । व्रर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द—आमाजु र तीन पुस्ता भित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवनको आशिर्वाद मिलोस् भन्ने कामना गरिन्छ ।

    व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।
    राजा जितवाहन र जितीया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख भएकाले यसको थालनी द्वापरयुगमै सुुरु भएको हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक मनोज झाको भनाइ छ ।
    रासस

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.