• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

निकुञ्जभित्रका होटलको झल्को दिने गरी सौराहामा खुल्यो बनबास रिसोर्ट


  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित
  • चितवन २९ असोज 

    Advertisement

    चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएकोे छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका–१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले नौ वर्षअघि रिसोर्ट निर्माण सुरु गर्नुभएको थियो ।

    बन्दै गर्दा संविधानसभा सदस्य एवं व्यवसायी उमेश श्रेष्ठ पनि जोडिनुभयो । यससँगै नेपालमा हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ ग्रुपसमेत यसमा जोडिएर रिसोर्ट सञ्चालनमा ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित सात वटा होटल विसं २०६८मा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकामा यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ग्रुपका होटल, रेष्टुरेन्ट, बेकरी क्याफे, होटल व्यवस्थापनजस्ता हस्पिटालिटी क्षेत्रमा ३० वटा शाखा सञ्चालनमा छन् । उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यो होटल सहयोगी बन्ने बताउनुभयो । रिसोर्ट निर्माणमा रु ४५ करोड खर्च भएको जानकारी दिँदै बनबास चितवन प्रालिका अध्यक्ष वासु ढङ्गानाले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताउनुभयो ।

    तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । उहाँले भन्नुभयो “भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन् । सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ ।” रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ ।
    पोखरीमा माछाका भुरा नियमित राखिन्छ । अध्यक्ष ढुङ्गानाले भन्नुभयो “त्यहाँ हुर्किएका माछा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट चरा आएर खान्छन् ।” रिसोर्ट परिसरमा विभिन्न प्रजातिका चराको बासस्थान देख्न सकिन्छ । विचरणका लागि पनि चरा टाढाटाढाबाट यहाँ आउने गर्दछन् । रिसोर्ट परिसरमा रोपिएका रुख पनि चराचुरुङ्गीले मन पराउने फलफलूलका बिरुवा रोपिएको छ ।

    उहाँले भन्नुभयो “खुल्ला जङ्गलभित्र छुट्टाछुट्टै भिल्ला भएका कारण एक अर्का कसैलाई कुनै किसिमको असर गर्दैन ।” त्यसैले यसलाई बनबासा नामाकरण गरिएको उहाँले बताउनुभयो ।

    रिसोर्टमा दुईवटा सभा कक्ष रहनाका साथै नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुराँ पनि छ । यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि चार सय डलरसम्म तिर्नुपर्छ । यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन् । आन्तरिक पर्यटक एक जोडीलाई रु दस हजारमा एक रात बसाइँ र ब्रेकफास्टको सुविधा रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

    होटलका अर्का सञ्चालक श्रेष्ठले पर्यापर्यटनको क्षेत्रमा संरक्षणकर्मी ढुङ्गानाको यो अभियानलाई सफल बनाउन आफूहरु जोडिएको बताउनुभयो । एक व्यक्तिले गर्न नसक्ने काम समूहबाट सम्भव हुने भन्दै उहाँले बनबास समूहमै सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    नेपालमा पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै उहाँले देशभर सर्किट निर्माण गरेर होटल रेष्टुरेन्ट सञ्चालनमा ल्याउने अभियानमा आफू पनि जोडिएको उल्लेख गर्नुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटकीय महत्वको बारेमा व्यापक प्रचारप्रसार गरेर विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले नीतिमा परिवर्तन गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जनोड दिनुभयो। होटल आइतबार घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । रासस

    सोमबार, असोज २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.