• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

कास्कीका किसानलाई अनुदानमा आलुको बीउ


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • लेखनाथ (पोखरा) २४ कात्तिक

    Advertisement

    पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ माग्दै गाउँवासी सापकोटाको घरमा पुग्नेमात्र हैन, उहाँको मोबाइल फोनमा समेत उन्नत जातको आलुको बीउ छिटो दिनुप¥यो पटकपटक फोन आइरहन्छ ।

    अघौँ फाँटका किसानले धानबाली काटेर आलु रोप्न खेतबारी तयार पारेको पनि एक हप्ता बितिसकेको छ, तर उन्नत आलुको बीउ भने घरमा आइपुगेको छैन । मनसुली धान रोप्ने किसानले त आलुको उन्नत बीउ उपलब्ध हुन ढिला हुने अवस्था देखेपछि १५ दिनअघि नै एग्रोभेटबाट आलु खरिद गरी रोपिसकेका छन् ।

    कृषि तथा पशुपालन सञ्जाल अघौँले सरकारी अनुदानमा उन्नत आलुको बीउका लागि गत असोज महिनामा कृषि विकास निर्देशनालयअन्तर्गत कृषि ज्ञानकेन्द्र कास्कीको कार्यालयमा किसानले फाराम भरेका थिए । कृषि ज्ञान केन्द्रबाट उन्नत आलुको बीउ अघौँ फाँटका एक सयको सङ्ख्यामा रहेका किसानसम्म पु¥याउने जिम्मेवारी कृषि सञ्जालका सचिव लेखनाथ सापकोटालाई छ ।

    ज्ञानकेन्द्रको कार्यालय कास्कीको पार्दीस्थित कार्यालयको गोदाममा बुधबार मात्र झरेको ७५ प्रतिशत अनुदानको उन्नत रोजिका जातको चिप्स र ५० प्रतिशत अनुदानमा एमएस ४२ जातको आलुको बीउ बिहीबारदेखि कास्कीका ४० कृषि समूहलाई वितरण सुरु गरिएको छ ।

    बीउको आलु लिनकै लागि बिहीबार दिउँसो ज्ञान केन्द्रको कार्यालय पार्दीमा पुगी आलु लोड गरिरहनुभएका सापकोटालाई तारम्तार मोबाइलमा किसानको फोन आइरहेको थिए आलुको बीउ बेलुकासम्म आइपुग्छ कि पुग्दैन, भन्नुहोस्, तिहार पर्वले छोप्यो एक दुई दिनभित्र आलु रोप्न पाइएन भने तिहारपछि पुग्छ, जसरी भएपनि बेलुकाका आलुको बीउ लिएर मात्र गाउँमा आउनुहोला ।

    कृषि ज्ञानकेन्द्रले अनुदानको उन्नत जातको आलु ल्याउन १५ दिन ढिला गर्दा अघौँ फाँटका ४० प्रतिशत किसानले महँगोमा आलु खरिद गरी आफ्नो बारीमा लगाएको जानकारी सचिव सापकोटाले दिनुभयो । अघौँ फाटमा मात्र एक सय ५० रोपनी क्षेत्रफलमा आलुखेती गरिँदै आइएको जानकारी सञ्जालका सचिव सापकोटाले दिनुभयो ।

    सापकोटा मात्र हैन कास्कीको आलुखेतीको मुख्य केन्द्र पोखरा–२५ का हेम्जा फाँटका किसान बुद्धिबहादुर भण्डारीले ज्ञानकेन्द्रले आलुको बीउ ढिलो उपलब्ध गराउँदा किसानले समयमै आलु रोप्न नपाएको गुनासो व्यक्त गर्नुभयो ।

    गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको कृषि ज्ञान केन्द्र कास्कीले किसान समूहको माग अनुसार ७५ प्रतिशत र ५० प्रतिशत अनुदानमा दुई जातका पाँच सय २५ क्विन्टल आलु नेपालकै काभ्रे, रसुवा, स्याङ्जा, नवलपुरलगायतका जिल्लाबाट आयात गरेको हो ।

    कृषि ज्ञानकेन्द्र कार्यालय कास्कीका प्रमुख विकरण सिग्देलले किसानलाई अनुदानमा उन्नत जातको आलु उपलब्ध गरी विदेशबाट आयात गरिने आलुको मात्रा घटाउन गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले किसानलाई अनुदानमा आलु उपलब्ध गराउने कार्यक्रमअन्तर्गत बीउको आलु ल्याइएको र आलु आउन एक हप्ता ढिलो भएको बताउनुभयो ।

    केन्द्रका कृषि विकास अधिकृत रामकृष्ण अर्यालले एमएस ४२ जातको आलुको बीउमा ५० प्रतिशत अनुदान दिई किसानलाई प्रतिकेजी ३५ रुपैयाँमा उपलब्ध गराउने र चिप्स आलुमा ७५ प्रतिशत अनुदान दिएर कृषकलाई १८ रुपैयाँ ५० पैसामा उपलब्ध गराउने बताउनुभयो । उन्नत आलुको बीउ माग गरी गत असोज महिनामा निवेदन दिएका कृषि समूहलाई अनुदानको आलुको बीउ उपलब्ध गराएको गरिएको जानकारी उहाँले दिनुभयो ।

    अनुदानको आलु प्राप्त गर्ने कृषि समूहका किसानलाई ज्ञानकेन्द्रले प्राविधिक सहयोग र बिक्री वितरणको व्यवस्थापनसमेत गर्नेछ । उन्नत जातको आलुको बीउबाट उत्पादन अत्यधिक बढ्ने दाबी अर्यालको छ । कास्कीको ७० हेक्टर जमिनमा एक करोड ४० लाख रुपैयाँको उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी ज्ञानकेन्द्रले दिएको छ ।

    नेपालमा चिप्स आलुमात्र वार्षिक विदेशबाट नेपालमा छ अर्ब रुपैयाँ बराबरका आउने गरेको जानकारी ज्ञानकेन्द्रले दिएको छ । किसानले आफैँले गाडीको ढुवानी रकम बुझाएर गाउँसम्म लानुपर्ने भएकाले लामो दूरीका किसानललाई मर्का पर्ने गरेको जानकारी रुपा गाउँपालिकाका किसान जनकराज जोशीले बताउनुभयो ।

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.