मंसिर ७ भरतपुर
नेपाली कांग्रेस चितवनले ईच्छाकामना मन्दिरबाट घुम्ती बैठक शुभारम्भ गरेको छ ।बुधवार पार्टी सभापति राजेश्वर खनालको अध्यक्षता एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङको विशेष उपस्थितिमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवनको घुम्ती (नियमित) बैठक इच्छाकामना गाउपालिका वडा नं.३ स्थित इच्छाकामना मन्दिर परिसरमा सम्पन्न भएको हो ।
बैठकमा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरू, महासमिति सदस्य, क्षेत्रीय सभापतिहरू, प्रदेशसभा सभापतिहरू, पालिका सभापतिहरू, वडा सभापतिहरू, पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेताहरूको उपस्थिति रहेको थियो । बैठकले स्थानिय समस्या र तिनको समाधानको लागि पार्टीको तर्फबाट गर्नुपर्ने पहल, समन्वय लगायतका थुप्रै विषयहरू उपर धारणा बनाएर कार्यान्वयन गर्ने प्रतिबद्दता घोषणा गरिएको छ।
कांग्रेसले ईच्छाकामनाको विकास र सम्भावना भन्ने संकल्प पत्र समेत बनाएको छ । यसलाई स्थानिय प्रदेश र संघिय सरकार संग समन्वय गरी कार्यान्वयन गरिने कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताए ।




