• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

म टुहुरो भएँ : १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • गण्डकी २० मङ्सिर 

    Advertisement

    “म टुहुुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।

    संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा वालिङको पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास भएपछि युवा स्वदेशमा बस्ने मनस्थितिमा नहुनु गम्भीर चुनौतीको विषय भएको बताउनुभयो ।

    उहाँ जस्तै पेखुका सर्वसाधारण सहभागी उक्त सुनुवाइमा जनताका गुनासा सुन्न प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेशसभा सदस्य कल्पना तिवारी उपस्थित हुनुहुन्थ्यो । जनताले राज्यलाई यथेष्ट कर तिरे पनि त्यसअनुरुप सेवासुविधा नपाउने गरिएको उल्लेख गर्दै उहाँले सानोतिनो जागिर यहीँ खाउँभन्दा पनि वातावरण नभएपछि युवा पलायन रोक्न नसकिएको दुःखेसो गर्नुभयो । गाउँ गाउँमा बाटो पानीलगायत धेरै समस्या भए पनि त्यसको समाधान नहुँदा बस्ती दिनानुदिन उजाड बन्दै गएको उहाँको भनाइ छ । वर्षौंदेखि सुरु गरिएका बाटो अहिले पनि राम्रो बन्न नसकेको प्रति उहाँले प्रश्न गर्नुभयो ।

    वालिङ–१४ देउरालीकी उषाकुमारी सार्की नागरिक सुनुवाइमा आफ्ना कुरा राख्ने भनेर आधा मेलो छाडेर आउनुभएको थियो । गाउँमा आफूले जिताएर पठाएका नेता आउने र त्यहाँ आफ्ना पीरमर्का, गुनासा सुनाउन र्पाने भन्ने थाहा पाएपछि उषाजस्तै गाउँघरबाट अन्य बासिन्दा पनि मेलापात र घरको काम छाडेर सुनुवाइमा उपस्थित थिए ।

    आफूहरू बाटो र पानीका कारण लामो समयदेखि समस्यामा परिरहेको बताउँदै उहाँले राजनीतिक दलका नेताहरूबाट पटकपटक आश्वासन पाउने गरे पनि समस्या ज्यूकात्यूँ रहेको सुनाउनुभयो । समस्या सुनाउन पाउने सभा तथा बैठकमा घरका काम नै छाडेर आई आफूले सुनाउने गरेको उहाँले बताउनुुभयो । “अब कुरा होइन बाटो र पानी दिनूस्”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार १४ घर दलित समुदाय बस्दै आएको देउरालीमा अझै मोटर बाटो पुगेको छैन । साथै वर्षौंदेखि खानेपानीको अभावमा दैनिकी कष्टकर बनेको छ । “हामी काम गरेर खाने सोझा र सिधा गाउँले हौँ, आज पनि काम गर्दा गर्दै मेलो छाडेर आएका छौँ, आजको दिनको रु चार सय गुम्यो”, उहाँले भन्नुुभयो, “हजुरहरुले हाम्रा समस्या बुझेर समाधान गर्न सक्नुहुन्छ भने गर्दिनुस्, नत्र भने हामीलाई झुक्याउन नआउनूस् ।”

    उषा कुमारीले गाउँमा खानेपानी छैन, कहाँ डुबिल्को (पानीको कुवा) छ भनेर खोज्दै हिँड्नुपर्छ भन्दै गर्दा उपस्थित सर्वसाधारणले होस्टेमा हैँसे मिलाए । यो समस्या उषाको मात्रै नभई गाउँले सबैको थियो । उहाँले आफ्नो दुःख पीडा सुनाउँदा त्यो सबैको सामूहिक विषय बन्यो ।

    उषा कुमारी जस्तै अर्की स्थानीय गोमा श्रेष्ठले पनि वालिङदेखि शिरकोटसम्मको बाटोको निर्माण कार्यलाई चाँडो सकेर गाउँमा भएको पानीको विकराल समस्या यथासक्य चाँडो समाधान गर्न प्रदेशसभा सदस्यहरूको ध्यानाकर्षण गराउनुुभयो । जनताले अब कुरामा नभई काममा मात्रै विश्वास गर्ने अवस्थामा पुगेको बताउने अर्की स्थानीय जौमाया पौडेलले भन्नुभयो, “सधैँ बन्छ र हुन्छ मात्रै सुनियो, तर काम भएन, अब गर्न सक्नुहुन्छ गरिदिनोस् नभए आशा नदेखाउनुहोस् ।”

    अर्का स्थानीय मेघनाथ पौडेलले गाउँलाई मानिसले माया मान्न छाडेको जिकिर गर्नुभयो । विकास गर्दा गाउँलेलाई माया मान्ने र गाउँलेले पनि गाउँलाई माया मान्ने वातावरण नबन्दासम्म नेपालको विकास हुने अवस्था नदेखेको उहाँले बताउनुभयो । आफूले लामो समय यही क्षेत्रमा कृषि पेसा गरेर बिताएको उहाँले अनुभव सुनाउनुुभयो ।

    गाउँमा युवा रहने गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मैले ३०÷४० वर्षको युवालाई विदेश नजा यहीँ बस भनेर धेरै बोलेँ, कतिलाई रोकेर राखियो, तर आज ३५ वर्षको युवालाई गाउँमा देखेँ एक मिनेट पनि गाउँमा नबस् भन्न थालेको छु, भनेर केही अर्थै भएन ।” गाउँका विद्यालय, स्वास्थ्य चौकीलगायत अत्यावश्यकीय पूर्वाधारलाई गुणस्तरीय एवं सुविधासम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्षौंदेखि खनिएको गोरेटो अहिले पनि जस्ताको त्यस्तै रहँदा जनतामा निराशा छाएको उहाँले बताउनुभयो ।

    नागरिक सुनुवाइमा स्थानीय सुरज श्रेष्ठ, विष्णु खवास, खगेन्द्र कुँवर, इन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र खाण, कृष्ण डुम्रेलगायतले वर्षांैदेखि बन्न नसकेको बाटोकै कारण गत स्थानीय निर्वाचनमा भएको अकल्पनीय दुर्घटना र त्यसबाट सिर्जित समस्याका विषयमा ध्यानकर्षण गराउनुभएको थियो ।

    वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले वडास्तरबाट हुने र गर्न सकिने कामका लागि आउने जोकोहीलाई खाली नफर्काएको बताउनुुभयो । खानेपानी तथा सडकका सम्बन्धमा सकिने काम वडाबाटै र नसकिने कामका लागि प्रदेश तथा सङ्घ सरकारसँग पुगिएको उहाँको भनाइ छ ।

    गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति अर्यालले २०५४ सालमा आफू स्वयं स्थानीय तहको नेतृत्वमा हुँदा खनिएको बाटो हालसम्म पनि राम्रो बन्न नसक्नुले प्रश्न खडा गरेको बताउँदै प्रदेशसभाको यस कार्याकालयमा बाटो सम्पन्न गर्नेगरी सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रदेशसभा सदस्य कल्पना तिवारीले नागरिक सुनावाइका क्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा उठेका समस्याको समाधान गर्नेतर्फ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
     रासस

     

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.