• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • काठमाडौँ २८ मङ्सिर 

    Advertisement

    राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताउनुभएको छ । बाह्रौँ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उहाँले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

    राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकिन्छ ।”

    हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिनुका साथै आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिने राष्ट्रपति पौडेलको विश्वास छ । उहाँले नेपाली हस्तकलाका सामग्री विभिन्न जातजातिको पुख्र्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने बताउनुभयो ।

    राष्ट्रपति पौडेलले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।”

    प्रत्यक्षअप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको हस्तकला क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको उल्लेख गर्दै राष्ट्रपतिले यसखालका उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्‍याएको बताउनुभयो । “थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पदार्थ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछिको गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो”, उहाँले भन्नुभयो, “सहजै स्थानीय स्रोतको उपयोग गरी गर्न सक्ने व्यवसाय पनि हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकलाको सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।”

    राष्ट्रपति पौडेलले परम्परागत सीप र प्रविधि हस्तान्तरण गर्न आवश्यक कार्यक्रम, तालिम सञ्चालका लागि सङ्घ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको बताउनभुयो । उहाँले भन्नुभयो, “मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले पर्यटन व्यवसायमा पनि योगदान पुर्‍याएको छ । यस्ता सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न निकायबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।”

    राष्ट्रपति पौडेलले विश्वबजार प्रतिस्पर्धी बन्दै गइरहेका बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा उत्पादन, बजारको माग, वस्तुको डिजाइन, विका, गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, व्यापार मेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेकामा जोड दिनुभयो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकको पहिचानसँग जोडिएको हस्तकला क्षेत्रको विकासमा सरकारले ध्यान दिएको भन्दै उत्पादित सामग्रीको निर्यात सहजीकरण गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । “हस्तकला क्षेत्रले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन हस्तकला क्षेत्रको उल्लेख्य योगदान रहेको छ ।”

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले परम्परागत सीप तथा प्रविधि पछिल्ला पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै हस्तकला क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो । विदेशमा रहेका युवालाई स्वदेश फर्काउने तथा स्वदेशमा रहेका युवालाई यही उद्यमशील बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलालाई समृद्धिको सम्भावना मान्ने अवधारणा अघि सारिएको उल्लेख गर्दै मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला क्षेत्रले महत्त्वपूर्ण सहयोग मिलेको बताउनुभयो । उहाँले हस्तकला क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएको जानकारी दिनुभयो ।

    हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासङ्घले २०४८ सालदेखि हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला एक लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएका छन् ।

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.