• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • भोजपुर २९ मङ्सिर 

    Advertisement

    होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । भोजपुरको हतुवागढी गाउँपालिकामा अनुमानित कूल रु ३० करोड ९० लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । पानीको समस्यामा रहेका हतुवागढीको वडा नं १, ५ र ६ का करिव एक हजार चार सय ६९ घर परिवारलाई पिउने पानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुर अन्तर्गत निर्माण भइरहेको यो आयोजनाको मुख्य पाइपलाइन विस्तार, ट्याङ्की, पालेघर, शौचालय निर्माण लगायतको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ । हालसम्म करिव चार हजार दुई मिटर मुख्य पाइपलाइन मध्ये दुई हजार चार सय ६० मिटर विस्तार सम्पन्न भएको छ ।

    त्यस्तै आयोजनाको लागि पालेघर, शौचालय, ३० घन मिटर(को ट्याङकी ,४० घन मिटरको ट्याङकी , ७५ घन मिटरको ट्याङकी र मुहानमा पानी तान्न सम्फवेल(इनार) निर्माण सकिएको उपभोक्ता समितिका सचिव राजेन्द्र राईले जानकारी दिनुभयो ।

    आयोजनाको लागि शाखा पाइप लाइन, शाखा लाइन ट्याङ्की निर्माण र बराङ डाँडाँबाट जैसी धारासम्म मुख्य लाइन विस्तार गर्न बाँकी रहेको उहाँको भनाइ छ । प्रदेश सरकारबाट बर्सेनी आउने बजेट कम हुँदा काममा केहि ढिलाई भएको सचिव राईले बताउनुभयो । “आयोजना निर्माणका काम तीव्र गतिमा अघि बढाएका छौँ”सचिव राईले भन्नुभयो,“बस्तीमा चाडो पानी पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । वर्सेनी थोरै थोरै मात्र बजेट आउने गरेकोले काममा केहि ढिलाई हुने अवस्था बनेको छ ।”

    हालसम्म भौतिक संरचनाको करिव ७० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विजय राईले बताउनुभयो । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गरिने उहाँको भनाइ छ । वर्सेनी थोरै बजेट विनियोजन हुँदा काममा केहि ढिलाई भएको अवस्था रहेको अध्यक्ष राईको भनाइ छ ।“योजनालाई चाडो सम्पन्न गराउने उद्धेश्यका काम गरिरहेका छौँ” उहाँले भन्नुभयो,“विद्युत् विस्तारको काम शुरु गर्ने तयारी भईरहेको छ । विद्युत् विस्तार सम्पन्न भएपछि पानी वितरण गछौँ ।”

    योजनाको कामको भौतिक निर्माण अन्तिम चरणमा पुगेकोले अब पानी वितरणको काम अघि बढाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले जनाएको छ । पानी तान्नको लागि पम्प जडानको लागि विद्युत् विस्तारको सर्वे भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंहले बताउनुभयो । विद्युत् जडान पश्चात सवै पाइपलाइन तथा ट्याङ्कीको परीक्षण गरेर पानी वितरणको काम गरिने उहाँको भनाइ छ ।“लामो समयबाट यहाँको भौतिक निर्माणको काम भइरहेको छ” प्रमुख सिंहले भन्नुभयो,“यो काम अन्तिम चरण पुगेको अवस्था छ । अव हामी यहाँ विद्युत् जडान गरेर पानी तान्ने कामलाई अघि बढाउछौँ ।”

    यस वर्ष आएको करिव रु. एक करोड ५० लाख बजेटबाट आयोजनाको लागि विद्युत् जडान गरिने प्रमुख सिंहको भनाइ छ । थप कामलाई तीव्र गतिमा अघि बढाएर स्थानीयलाई चाडो पानी खुवाउनको लागि सवै संरचनाको कार्यालयले स्थलगत अनुगमन गरेको छ । प्राविधिकहरुसहितको समुहले अनुगमन गर्दा मुहानमा निर्माण भएको ट्याङ्कीमा खोलाले धार परिवर्तन गरेकोले कम पानी देखिएकाले त्यसको सुधार गर्नु पर्ने देखिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।
    “उपभोक्ता समितिद्धारा यहाँ निर्माण भएका सवै संरचनाहरुको विस्तृत रुपमा अनुगमन गरेका छौँ” उहाँले भन्नुभयो,“ अनुगमनका क्रममा देखिएका प्राविधिक समस्यालाई समाधानको पहल गछौँ ।” प्रदेशबाट आवश्यक बजेट आएको खण्डमा आगामी वर्ष भित्र योजनालाई पूर्णता दिने लक्ष्य रहेको कार्यालयको भनाइ छ । कम बजेट विनियोजन हुँदा कामलाई सम्पन्न गराउन चुनौति रहेको कार्यालयले जनाएको छ ।

    यो आयोजना सम्पन्न भएपश्चात गाउँपालिकाका धेरै स्थानीयको पानीको समस्या अन्त्य हुने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । विगतका वर्षहरुमा कम बजेट विनियोजन हुँदा काममा ढिलाई हुने अवस्था देखिएको उहाँको भनाइ छ । योजनालाई चाडो सम्पन्न गराउन स्थानीय सरकारले पनि आवश्यक भूमिका खेलिरहेको अध्यक्ष राईले बताउनुभयो । “यो हाम्रो गाउँपालिकाको निकै ठुलो खानेपानी योजना हो” अध्यक्ष राईले भन्नुभयो,“यसले तीन वटा वडालाई समेटेको छ । यहाँका पानीको समस्या रहेका स्थानीयलाई प्रत्यक्ष राहत पुग्ने छ । निर्माण कामलाई चाडो सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।”
    प्रदेश सरकारबाट प्रयाप्त बजेट नआउँदा काममा केहि ढिलाई भएको अवस्था रहेको उहाँको भनाइ छ । करिव पाँच वर्षअघिबाट शुरु भएको योजना रहेकाले यसलाई चाडो सम्पन्न गराउन सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने अध्यक्ष राईले बताउनुभयो ।

    योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने हतुवागढी ६ का अध्यक्ष मोहनकुमार राईले बताउनुभयो । “हाम्रो वडामा पानीको निकै समस्या छ” वडाध्यक्ष राईले भन्नुभयो,“स्थानीयबासी पानीको पर्खाइमा छन् । पानी बस्तीमा आएपश्चात वर्षौबाट रहँदै समस्या अन्त्य हुनेछ । आयोजना समयमा सम्पन्न वडाले आवश्यक पहल गर्दै आएका छौँ ।”
    स्थानीयको बहुप्रतिक्षित योजना रहेकोले कामलाई चाडो सम्पन्न गराउन राज्य गम्भिर बन्नु पर्ने हतुवागढी ५ का वडाध्यक्ष सुरेसकुमार राईले बताउनुभयो । योजना सम्पन्न भएपश्चात यसको दिगोव्यवस्थापनको लागि वडाले पनि पहल गर्ने उहाँको भनाइ छ ।

    स्थानीबासीको पानीको समस्या समाधानको लागि पिखुवा खोलाबाट सात लिफ्ट गरेर पानीलाई बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५÷०७६ बाट आयोजना निर्माण थालिएको हो

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.