• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पूर्वाधार निर्माणको पर्खाइमा ‘घण्टाचुली’


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • दमौली (तनहुँ) २ पुस 

    Advertisement

    तनहुँको धार्मिकस्थल देवघाटधामको शिरमा घण्टाचुली अवस्थित छ । समुन्द्र सतहदेखि एक हजार छ सय ३० मिटर उचाइमा देवघाट गाउँपालिका–२ मा पर्ने घण्टाचुली वडा नं १, २ र ३ को सिमाना पनि हो ।

    धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको यस ठाउँमा राजदरबार, राजगद्दी, चौकीका भग्नावशेष रहेका छन् । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्लमा अवस्थित यस ठाउँमा लालीगुराँस ढकमक्क फूलेको देख्न सकिन्छ । यस ठाउँबाट नेपालका १६ जिल्ला देख्न सकिन्छ । पर्यटकीयस्थल बन्ने प्रशस्त सम्भावना भएर यो प्रचारप्रसार र पूर्वाधारको आभावमा ओझेलमा परेको छ ।

    स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि आएपछि यस ठाउँमा पूर्वाधार निर्माणको काम अगाडि बढाइए पनि ठेकेदारको लापरबाहीले उक्त काम अलपत्र बनेको छ । देवघाट गाउँपालिका यस ठाउँको विकासका लागि अगाडि बढेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । “पौराणिक इतिहासअनुसार बाइसे र चौबिसे राजाको पालामा प्याउलीगढीमा दरबार र सिञ्चाङगढीमा गढी थियो”, उहाँले भन्नुभयो, “त्यो बेलाको सेना प्रहरीले चलाउने हातहतियार वर्षको एकपटक दसैँको अष्टमीमा पूजा गर्नका लागि घण्टाचुलीमा ल्याइने गरेको किंवदन्ती छ ।”

    व्यवस्था परिवर्तनसँगै प्याउलीगढी, सिञ्चाङगढी र घण्टाचुली मन्दिर संरक्षणको अभावमा विस्थापित हुँदै गएको थापाको भनाइ थियो । इतिहासलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यसहित विकास र निर्माणका काममा स्थानीय तह लागेको बताउँदै घण्टाचुलीलाई पर्यटकीयस्थल बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    अध्यक्ष थापाका अनुसार घण्टाचुलीलाई पर्यटकीयस्थल बनाउन पूर्वाधार निर्माणको काम थालिएको थियो । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन बनाएर काम अगाडि बढे पनि निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र भएको उहाँले जानकारी दिनुभयो ।

    सङ्घ सरकार र गाउँपालिकाको साझेदारीमा रू पाँच करोडको बोलपत्र आह्वान गरेर काम सुरु गरिएकामा ठेकेदारले काम अलपत्र बनाएर बजेट फ्रिज गराइदिएको थापाले बताउनुभयो । “यहाँ भ्यूटावर बनाउने योजना थियो । अन्य पूर्वाधारको काम अगाडि बढेको अवस्थामा ठेकेदार खराब पर्दा सङ्घ सरकारको समपूरक बजेट दुई वर्ष फ्रिज भयो”, उहाँले भन्नुभयो, “ठेकेदारलाई गाउँपालिकाले कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । बैंक ग्यारेण्टी तान्ने प्रक्रिया भएको छ । यसपछि नयाँ प्रक्रियाबाट काम थाल्ने छौँ ।”

    उक्त काम रोकिएपछि बजेट अभावमा पूर्वाधार निर्माण गर्न नसकिएको थापाले बताउनुभयो । गाउँपालिकाले यस वर्ष बजेट व्यवस्थापन गर्न नसकेको बताउँदै उहाँले घण्टाचुलीमा पर्यटकीय पूर्वाधार बनाउन करिब रू १० करोड आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको आन्तरिक बजेटबाट यो सम्भव छैन । करिब रू १० करोड लगानी आवश्यक पर्छ । यहाँ पोखरी, प्रतिक्षालय, विश्रामस्थल, मन्दिर निर्माण, भ्यूटावर बनाउने योजना अनुसार काम थालिएको थियो ।”

    घनाजङ्गल भएकाले पनि मनोरम दृश्य हेर्न उच्च ठाउँमा भ्यूटावरको आवश्यकता देखेर निर्माणको योजना बनाइएको थापाको धनाइ थियो । गाउँपालिकाको पहलमा सङ्घ सरकारसँग बजेट मागेर काम गरिने बताउँदै घण्टाचुलीसम्म आउने पदमार्ग भने पालिकाले बनाउने उहाँले जानकारी दिनुभयो ।

    घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्ग आलेका अनुसार यहाँबाट तराई, हिमाल र पहाडका १६ जिल्लाका भूभाग देख्न सकिन्छ । पूर्वाधार अभावका कारण यस ठाउँमा पर्यटकको आगमन बढाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँको प्रचारप्रसारका लागि बेलाबेलामा महोत्सव हुँदै आएका छन् । तर पनि यो पर्याप्त भइरहेको छैन ।”

    घण्टाचुलीमा रहेको घण्टाचुली कालिका देवी मन्दिरमा धेरै वर्ष पहिला घण्टी, तरबार, खुँडा रहे पनि अहिले उक्त सामग्री छैनन् । यस मन्दिरमा चैते अष्टमीमा गाउँले सामूहिकरुपमा भेला भई पूजा गर्ने गर्दछन् । यहाँ दर्शन गर्दा चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक आस्था रहँदै आएको स्थानीय बताउँछन् ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.