पुलजिप १६ पौष
पुलजिप युवा क्लब आँबुखैरेनी-४, संगम टोल तनहुँको आयोजनामा आइतबार तमु ल्होसार विशेष बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा आयोजित ८ औं पुलजिप साँस्कृतिक कार्यक्रम क्लबका अध्यक्ष बिजय गुरुङ सभापतित्व तथा वडा नं. ४ का वडा अध्यक्ष मिलन भुजेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता नेत्र गुरुङ, ईच्छाकामना गाउँपालिकाका निर्वतमान उपाध्यक्ष कृती कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस तनहुँका सल्लाहकार चिजा श्रेष्ठ, नेवि संघ तनहुँका सदस्य बोनिश अधिकारी, मर्स्याङ्गदी स्कुल मुग्लिङ्गका अध्यक्ष किशोर गुरुङ्ग, ई.त्रिवेणी कलाकेन्द्र मुग्लिङ्गका अध्यक्ष काजीमान थापा, साँस्कृतिक संयोजक तथा क्लबका उपाध्यक्ष विशाल गुरुङ्ग लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा गुरुङ समुदायको विभिन्न कला, सँस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो । यस्तै, कार्यक्रममा राष्ट्रिय कलाकार पृथ्वी गुरुङ, चन्द्र परियार, गोविन्द बाबू रिजाल लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको क्लबका सचिव एवं कार्यक्रम संचालक जय गुरुङले जानकारी दिए ।




