• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

स्केट खेललाई हेर्ने दृष्टिमा परिवर्तन हुँदै


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • काठमाडौँ २६ पुस 

    Advertisement

    तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उहाँ यस खेलप्रति आकर्षित हुनु भएको हो । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा आयोजना गरिएको ‘पाँचौ दक्षिण एसियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा’ मा हेर्न आउनु भएका रामकृष्ण भन्नुहुन्छ, “आजकाल त मलाई पनि खेल मन पर्न थालेको छ, म बुढो मान्छेलाई खेल्न त आउँदैन तर छोराले खेलेको देखेर खुसी लाग्छ, हामी बूढाबूढी छोराको स्केट खेल हेर्न तीन दिनदेखि दैनिक आउने गरेका छौँ ।”

    आफ्नो छोराले राम्रो खेलेको देखेर रामकृष्णकी श्रीमती अर्जनालाई पनि यो खेल राम्रो लाग्न थालेको छ । “सुरुमा त छोराले घरमै स्केट बोर्ड लिएर आउँदा अब छोरो बिग्रिने भयो, गलत बाटोमा लाग्ने भयो भन्ने चिन्ता लागेको थियो, यो खेलको बारेमा बुझेपछि विस्तारै हामीलाई पनि मज्जा लाग्दै गयो, अहिले छोराले राम्रो खेलेको देख्दा रमाइलो लाग्छ” अर्चनाले भन्नुभयो ।

    तिलोत्तमा–४ स्थित ड्राइभरटोलका अमर विकलाई पनि आफ्नो छोराले स्केल खेलमा प्रगति गरेको देख्दा खुसी लाग्छ । १९ वर्षिय छोरा सुनिलले स्केट खेलबाटै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार समेत जितिसक्नुभएको छ । उहाँ स्केट खेलका लागि भारत र थाइल्याण्डसमेत पुग्नुभएको छ । “हामीलाई छोराले यही स्केट खेलमै राम्रो गर्न सक्छ भन्ने लागेको छ” विकले भन्नुभयो ।

    ड्राइभरटोलकै बाबु रामबहादुर कामु र आमा प्रेमकुमारी कामुका १५ वर्षिय छोरा यमबहादुर कामुले पनि जात्रामा आयोजना गरिएको प्रतियोगितामा भाग लिनु भएको थियो । छोराले प्रतियोगितामा भाग लिएको देख्दा बाबु रामबहादुर र आमा प्रेमकुमारी ढङ्ग हुनुहुन्थ्यो । यो स्केट खेल पनि अरु फूटबल, भलिबल जस्तै खेलिने खेल रहेछ भन्ने लागेको छ उहाँहरुलाई । अर्का खेलाडी खुसी विकेका बाबु मधु विके पनि स्केट जात्रा हेर्नका लागि लगातार तीन दिनदेखि उपस्थित हुनु भएको थियो ।

    जात्रामा पाँच हजार खेलप्रेमीको सहभागिता रहेको थियो । युवादेखि वयस्क र वृद्धवृद्धाले समेत चासोका साथ जात्राबाट मनोरञ्जन लिएका थिए । जात्रामा सहभागी रमेश रानाभाटले भन्नुभयो,“आफूले अहिलेसम्म यस किसिमको खेल खेलेको देखेको थिएन, निकै रमाइलो लाग्यो । अब यो खेललाई पनि सरकारले प्राथमिकता दिनुपर्छ, यस्को संरक्षण गर्नुपर्छ र नेपालले यस खेलमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सफलता पाउन सक्छ ।”

    हिजोका दिनमा यो खेल सडकमै खेल्नुपर्ने अवस्था थियो भने आज पार्कमै खेल्न सक्ने अवस्था रहेको अध्यक्ष पहाडीको भनाइ छ । “हिजोका दिनमा सडकमा खेल्न प्रहरीले दिंदैनथे, अभिभावकले पनि नकारात्मक रुपमा लिने गरेका थिए, तर आजको दिनमा विस्तारै सबैलाई बुझाउन सकिएको छ”, उहाँले भन्नुभयो । पछिल्लो समयमा नेपाली स्केट खेलाडीहरु भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन् । कतिपयले स्केट खेलबाटै आम्दानीको स्रोत पनि बनाउन सुकेका छन् । विस्तारै नेपालमा स्केट खेललाई हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउन थालेको छ ।

    स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडीहरु जापान, दुवै, थाइल्याण्ड, भारत र इन्डोनेसियालगायतका मुलुकमा पुगिसकेका छन् । सन् २०१६ मा थाइल्याण्डमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगितामा मिलन शाह ठकुरी विजयी हुनुभएको थियो । पहाडीले भन्नुभयो, “हिजोका दिनमा हामी सात दोबोटोको सम्म भागमा खेल्नुपर्ने थियो भने अहिले सडकबाट स्केट पार्कमा छिरिसकेको छ, पछिल्लो जात्रामा भाग लिनका लागि भारतलगायतका देशबाट लामो यात्रा गरेर पनि खेलाडीहरु आएका थिए ।”

    स्केट–एड नेपालले स्केट खेलको सकारात्मक प्रभावका लागि विभिन्न विद्यालय र क्याम्पसहरुमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । स्कूल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाको रुचीको खेल स्केट बन्दै गएको छ । संस्थाले सचेतनाको साथसाथै स्केट खेलसम्बन्धी सामग्री पनि हस्तान्तरण गर्दै आएको छ । सुरुको चरणमा नेपालमा स्केट खेल शून्य मात्रामा थियो भने आजकाल स्केट खेल खेल्ने खेलाडीको संख्यामा पनि वृद्धि भएको छ । स्केट पनि एउटा खेल हो भन्ने धेरैको बुझाइ भएको छ । पहिला स्केट भन्ने बित्तिकै दुव्र्यसनमा लागेका मानिसले खेल्ने खेल हो भनेर चिन्ने गरिन्थ्यो भने अहिले सोचाइमा परिवर्तन आएको छ । यो पनि भलिबल, फुटबल जस्तै एउटा खेल हो भन्ने चेतनाको विकास भएको छ ।

    विश्वमा खेलिने फुटबल र क्रिकेटलगायतका खेलहरूमा जस्तै स्केट खेलमा पनि नेपालका युवाहरूको पछिल्लोपटक आकर्षण बढ्दै गएको हो । खासगरी अमेरिका, अस्टे«लियालगायत युरोपियन देशहरूमा साहसिक खेलको रूपमा खेलिने स्केट खेलप्रति नेपालका युवाहरू पनि सक्रिय बन्दै गएका छन् । सन् १९६० तिर अमेरिकाको एक शहरमा स्केट बोर्डलाई साधनको रुपमा लिने गरेको पाइन्छ । त्यसपछि युरोपियन देश हुँदै विश्वका अन्य देशहरुमा विकास भएको पाइन्छ ।

    नेपालमा स्केट खेलको इतिहास हेर्ने हो भने सुरुसुरुमा विदेशहरु नेपाल आउँदा स्केट बोर्ड लिएर आउने र खेल्ने गरेको पाइन्छ । नेपालमा पहिले धनी परिवारका छोराछोरीले विदेशबाट ल्याएर खेल्ने गरे तापनि त्यसको व्यवस्थापन हुन सकेको थिएन । सन् २०११ मा स्केट खेलाडीहरुको एउटा सूमह बन्यो । यसले यो खेललाई व्यवस्थित बनाउन कोसिस ग¥यो । पछि सन् २०१३ मा युवा फर चेन्जलगायत निजी क्षेत्रबाट विभिन्न सङ्घसंस्थाले स्केट खेलको संरक्षण र प्रवद्र्धनमा काम सुरु गरेको पाइन्छ । अहिले नेपालभरि करिब एक हजार स्केट खेलाडी सक्रिय रहेका छन् ।

    स्केट खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७१ सालमा नेपाल स्केटिङ तथा स्केट बोडिङ सङ्घसमेत गठन गरेको छ । युवा फर चेन्ज संस्थाले बुटवलमा स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गरेको छ । स्वदेशी एंम विदेशी खेलप्रेमी, उद्योगी, व्यवसायी, शिक्षाविद्, राजनीतिकर्मी, सञ्चार तथा कलाकर्मीहरुको समेत सहयोग र सद्भावमा आर्थिक सङ्कलन गरी बुद्धजन्मस्थल पवित्र भूमि लुम्बिनीस्थित रुपन्देहीको तिलोत्तमा–४ मा ‘इनडोर स्केट पार्क एवं रिर्सोर्स सेन्टर’ निर्माण प्रारम्भ गरिएको हो । पार्कमा सबै वर्गका खेलप्रेमी युवायुवतीलाई समान अवसर सिर्जना गर्ने गरी प्रशिक्षण, तालिम एवं होस्टेल र कार्यक्रम हल, पुस्तकालय समेत निर्माण गरी निःशुल्क सेवा प्रदान गरिँदै आएको छ । स्केट पार्क फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रमा लागेका र अन्य सहयोगी व्यक्तिहरुको सक्रियतामा निर्माण गरिएको हो ।

    स्थानीय उत्पादनको प्रवद्र्धनका साथै बालबालिका र युवा वर्गलाई लक्षित गरी यसपटक स्केट जात्राको आयोजना गरिएको हो । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा यही पुस ५ देखि ७ गतेसम्म आयोजना गरिएको जात्रामा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्सका तीन सय खेलाडीको सहभागिता रहेको थियो । जात्रामा स्केटिङ प्रतियोगिताका साथै विभिन्न स्टलहरुसमेत राखिएको थियो । आगामी वर्षको छैटौँ संस्करण भारतमा गरिने भएको छ । पहिलो संस्करण काठमाडौँ हुँदै पाल्पा, र तेस्रो, चौँथो र पाँचौ रुपन्देहीमै आयोजना गरिएको थियो ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याक्र्याल लामाले आफू विभिन्न देशमा जाने क्रममा त्यहाँ स्केट र स्केटिङको बारेमा जान्ने र बुझ्ने मौका पाएको र नेपालमा पनि त्यसको विकास गर्नुपर्नेमा जोड दिनुभयो । “ओलम्पिकमा गइसकेको खेल भएका कारण पनि स्केट खेललाई नेपालमा मात्रै नभएर दक्षिण एसियामै प्रवद्र्धन गर्नुपर्छ, जापान र युरोपियन मुलुकहरुमा राम्रो प्रवद्र्धन भइरहेको छ”, उहाँले भन्नुभयो ।

    नयाँ संविधानको कार्यान्वयनसँगै नेपाललाई सम्वृद्ध नेपाल बनाउने भनिएको छ । सम्वृद्ध नेपाल निर्माण हुँदैगर्दा नेपालको खेलकुद क्षेत्रको विकासलाई पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव गोविन्द भट्टराईले स्केट र स्केटिङको विकासको निम्ति स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहका सरकारले उत्तिकै चासोका साथ प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

    सन् २०२० को जापानमा भएको ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई पनि फुटबल, भलिबल वा अन्य खेलहरुलाई जस्तै मान्यता दिँदै सकारात्मक सोचका साथ सरकारले त्यसको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । विश्वका अन्य मुलुकहरुमा स्केट खेलको विकाससँगै खेलाडीहरु उत्साहका साथ अगाडि बढिरहेका सन्दर्भमा नेपालमा पनि अबका युवा पुस्तालाई प्रोत्साहन र हौसला दिन जरुरी छ ।

    रासस

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.