• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

अस्थायी पुल राखेर आउने रकम सामाजिक क्षेत्रमा खर्च गरिने


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • कञ्चनपुर ८ माघ 

    Advertisement

    शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा गाउँका बासिन्दाले मिलेर अस्थायी काठको पुल निर्माण गरेका छन् ।

    पुलमा दुईपाङ्ग्रे सवारीसाधन गुडाएबापत स्थानीय बासिन्दाले शुल्क लिने गरेका छन् । मोटरसाइकल चालकबाट रु ४० र साइकलबाट रु १० शुल्क लिइने गरिएको छ भने पुल प्रयोग गरेबापत पैदल यात्रुबाट शुल्क लिइने गरिएको छैन ।

    गाउँका ९२ घरघुरीका सबै जनाले पालैपालो पुल छेउमा बसेर रसिद काटेर सवारी चालकबाट शुल्क लिने गरेका छन् । पुल प्रयोग गरेबापत आउने रकम भने स्थानीय बासिन्दाले आफूखुसी खर्च गर्ने र लैजाने गरेका छैनन् ।

    गाउँलेले मिलेर इटाहा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरेका छन् । त्यही समितिको कोषमा पुलमा लगाइएको शुल्कबाट आउने रकम जम्मा गरिँदै आएको छ । नदीमा अस्थायी पुल वर्षायाम सकिएसँगै कात्तिकदेखि राखिन्छ । असार सुरु हुनअगावै पुल नदीबाट हटाइने गरिन्छ । सोक्रम एक दशकअघिदेखि चल्दै आएको छ ।

    “दुई वर्षअघि मात्रै नदीमा झोलुङ्गे पुल बनेको थियो”, विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गलबहादुर चौधरीले भन्नुभयो, “बनेको एक वर्ष नपुग्दै नदीको बाढीले पुल बगाएपछि अस्थायी काठको पुल राख्न बाध्य भएका छौँ ।” उहाँका अनुसार पुल प्रयोग गरेबापत वर्षमा रु एक लाख हाराहारी रकम जम्मा हुने गरेको छ ।

    “पुलमा शुल्क उठाउनका लागि दैनिक गाउँका चार परिवारलाई जिम्मा दिइन्छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “पालोअनुसार परिवारका एक÷एक जनाले पालो मिलाएर बिहानको झिसमिसेसँगै साँझसम्म खटिएबापत विपद् समितिले खाजा खर्च उपलब्ध गराउने गरेको छ ।”

    दिनभर उठाएको रकम कोषमा जम्मा गरिन्छ । कोषमा जम्मा भएको रकम गाउँका बासिन्दाको सल्लाह र समितिको निर्णयअनुसार सामाजिक क्षेत्रमा खर्च गरिन्छ । यस वर्ष कोषको केही रकमबाट बाँस खरिद गरी श्रमदानमा जैविक तटबन्ध मर्मतको काम गरिएको स्थानीय रामवती रानाले बताउनुभयो ।

    “आपत्विपद पर्दा कोषकै रकम विनाब्याजमा पाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्योपचार, अत्यावश्यक घरायसी खर्चका लागि कोषबाट रकम पाइँदा मद्दत पुगेको छ ।” कोषमा रकम जम्मा हुँदा आवश्यकता पर्दा अरु कहाँ गुहार माग्नु नपरेको उहाँले बताउनुभयो ।

    कोषकै रकमबाट बगर संरक्षण, सेफहाउस मर्मत, सार्वजनिक शौचालय निर्माणलगायत कार्य गरिएका छन् । गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजानुपर्ने भए कोषबाट रु पाँच हजार तीन महिनासम्म विनाब्याज उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    हालसम्म कोषबाट त्यसरी रकम लिने महिलाको सङ्ख्या ७० भन्द बढी रहेको विपद् समितिका सदस्य लक्ष्मी चौधरीको भनाइ छ । उहाँका अनुसार वैदेशिक रोजगारीमा जाने गाउँका १९ युवालाई रु ५० हजारका दरले कोषबाटै रकम उपलब्ध गराइएको छ । “कोषबाट वैदेशिक रोजगारीमा जाने युवाबाट तीन महिनासम्म ब्याज लिदैनौँ”, उहाँले भन्नुभयो, “तीन महिनाभित्र रकम कोषमा जम्मा नगरे १८ प्रतिशतका दरले ब्याज लिने नियम बनाइएको छ ।” नदीको धार परिवर्तन गर्न रु ६६ हजार र जैविक तटबन्ध निर्माण गर्न रु एक लाख ७५ हजार जति खर्च भएको विपद् समितिका पदाधिकारीको भनाइ छ ।

    समितिको खातामा अझै रु चार लाखजति रकम जम्मा रहेको छ । तिलकी गाउँको उत्तर र दक्षिणतर्फ गरी दुईतिर वनहरा र दोदा नदीले घेरिएको छ । दुवै नदीले वर्षात्काबेला निकै जमिन कटान गर्ने र बाढीको पानीको बहाव उच्च भएकाबेला नदी बस्तीमा छिर्ने गरेको छ ।

    बाढीजन्य विपद्बाट जोगिनकै लागि स्थानीय बासिन्दाले विपद् समिति गठन गरेका हुन् । विपद् समितिले खडा गरेको कोषको रकम बाढीजन्य प्रकोपमा परेकालाई मात्रै नभएर अन्य सामाजिक क्षेत्रमा खर्च हुन थालेपछि यस क्षेत्रका बासिन्दाले निकै सहजता महसुस गरेका छन् । नदीमा स्थायी पुल निर्माणका लागि माग गरेर स्थानीय बासिन्दाले गएको चुनावकाबेला उम्मेवारलाई बस्ती छिर्नमा रोक लगाएका थिए ।

    उम्मेदवारले पुल बनाउने प्रतिबद्धता गरेपछि मात्रै बस्तीमा चुनाव प्रचारप्रसारको काम गर्न दिएका थिए । चुनाव जितेर गएकाले पुल निर्माणको काम एक महिनाभित्रै सञ्चालन गर्ने प्रतिबद्धता गरे पनि हालसम्म बन्न नसकेकोप्रति स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.