• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

आन्तरिक पर्यटक आकर्षित गर्दै चिन्डेडाँडा


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • धरान ९ माघ 

    Advertisement

    धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले चिन्डेडाँडामा दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

    चिन्डेडाँडा घुम्न जानेहरु कोही ‘हाइकिङ’ गर्दै त कोही गाडी या मोटरसाइकलमा पुग्ने गर्छन् । त्यहाँ पुग्दा डाँडामा बसेर गीतसङ्गीतका साथ रमाइलो गर्नेहरु धेरै भेटिन्छन् ।

    हाल अमेरिका बस्दै आउनुभएका धरान–१६ का राजेन्द्र ताम्राकार घर आएको मौकामा नजिकै घुम्ने ठाउँको खोजीमा हुनुहुन्थ्यो । साथीहरुको सल्लाहमा उहाँ चिन्डेडाँडा पुग्नुभयो । पहिला नाङ्गो डाँडाका रुपमा देखेको चिन्डेडाँडा अहिले घुम्ने नयाँ गन्तव्यका रुपमा विकास भएको देख्दा उहाँ चकित पर्नुभयो । “पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ यति रमाइलो होला भन्ने सोचेकै थिएन”, चिन्डेडाँडामा घुम्दै भेटिनुभएका उहाँले भन्नुभयो, “यहाँबाट धरान बजारको दृश्य राम्रोसँग हेर्न सकिने रहेछ ।”

    धरानकै मिङ्मा शेर्पा पनि साथीभाइसँग रमाइलो गर्न चिन्डेडाँडा पुग्नुभएको थियो । रमाइलो र घमाइलो चिन्डेडाँडामा बसेर दृश्यावलोकन गर्नुको आनन्द वर्णन गरेर साध्य नहुने उहाँको अनुभव छ । धरानबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँ धरान, इटहरीलगायत पूर्व क्षेत्रका आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बाटो अलि राम्रो बनाउने हो भने यहाँ अझ धेरै पर्यटक आउने निश्चित छ ।”

    चिन्डेडाँडा आसपासको क्षेत्रमा तामाङ समुदायको पुरानो बस्ती छ । अलि तल गुरुङ, राई, क्षेत्री, ब्राह्मणको बस्ती पनि छ । गुरुङ छाप, कार्की छापजस्ता नामले चिनिने ठाउँहरु यहाँ छन् । त्यहाँको अग्लो र खुल्ला डाँडा चाहिँ धरान बजारबाट देखिन्छ । धरानबाट उत्तरतर्फ हेर्दा नाङ्गो डाँडा देखिने भएकाले धरानबासीले चिन्डेडाँडाभन्दा भन्दै यसको नामै चिन्डेडाँडा रहनगएको स्थानीय बताउँछन् ।

    स्थानीय भने यो डाँडालाई रमितेडाँडा भनेर चिन्छन् । पहिलादेखि नै यहाँबाट धरान र तराईका फाँटको रमणीय दृश्य देखिने भएकाले बाटो हिँड्ने मान्छेहरु अडिएर रमिता हेर्थे । रमिता हेर्ने डाँडा भएकाले रमितेडाँडा भन्ने गरिएको स्थानीयको कथन छ । धरानबासीले चिन्डेडाँडा भन्दाभन्दै बाहिरका मान्छेले चिन्डेडाँडा भनेर चिन्न थालेपछि अहिले सबैले चिन्डेडाँडा भन्ने गरेका छन् ।

    पहिला उजाड र सुनसान गाउँका रुपमा रहेको यो ठाउँमा पर्यटकको चहलपहल हुन थालेको एक दशक भयो । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङको उडान पनि हुने गरेको थियो । प्याराग्लाइडिङले पनि यो ठाउँमा पर्यटकलाई आकर्षित गरेको भए पनि पछिल्लो समय त्यस ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द भएको छ । बरु अहिले प्याराग्लाइडिङ उडाउने ठाउँमा होटल खुलेका छन् ।

    अहिले दिनमा दुई सयजनाको हाराहारीमा मान्छे घुम्न आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङको भनाइ छ । उहाँका अनुसार यो ठाउँमा घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् । लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचार र भट्टु धानको भात यहाँको मौलिक परिकार हो । त्यसबाहेक बजारमा पाइने अन्य चाउमिन, मःम, चटपटेजस्ता खानेकुरा पनि पाइने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ तोङ्बा र सुकुटी धेरै बिक्छ, एकपटक आएका मान्छे फेरि फर्केर आइरहन्छन् ।”

    यो डाँडामा अहिले बास बस्नका लागि होटल र खानाका लागि खाजाघर खुलेका छन् । धेरैजसो दुई चार÷घन्टा बसेर फर्किने गरी आन्तरिक पर्यटक चिन्डेडाँडा आउने गरेका र केही भने बास बस्दै आउने गरेको स्थानीय होटल व्यवसायी वसन्ती तामाङको भनाइ छ । उहाँका अनुसार धरान, इटहरीका मात्र नभई झापा, चितवन, काठमाडौँदेखिका मान्छे पनि धरान घुम्न आएको मौकामा यहाँ आउने गरेका छन् । “टाढादेखि आएका मान्छे पनि रमाइलो मानेर फर्किनुहुन्छ, हामी त्यसमै खुसी छौँ”, उहाँ भन्नुहुन्छ ।

    चिन्डेडाँडाभन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा दृश्यावलोकन स्तम्भ पनि निर्माण भएको छ । अलि तल पर्यटन व्यवसायी वासु बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गरेका छन् । केही परको तामाङ बस्तीमा घरबास पनि सञ्चालित छ । पर्यटन व्यवसायी मगर चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास भइरहेको बताउनुहुन्छ ।

    धरानबाट चिन्डेडाँडा पुग्न कच्ची बाटो छ । हिँडेर जाँदा करिब एक घन्टा लाग्छ भने मोटरसाइकल वा गाडीमा जाँदा १५ देखि २० मिनेटमा पुगिन्छ । सर्दु खोलामा पुल निर्माण भएपछि चिन्डेडाँडा पुग्न सहज भएको छ । अझै कच्ची बाटो भएकाले कतिपयले अप्ठ्यारो मान्ने गरेका कारण राम्रो बाटो बनाउन ध्यान दिनुपर्ने अवस्था रहेको व्यवसायी मगर बताउनुहुन्छ ।

    धरानका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ । सुम्निमा पारुहाङको प्रतिमा स्थापनापछि यो क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढ्ने नगरप्रमुख साम्पाङको विश्वास छ ।

     रासस

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.