• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

फेरियो निसी गाउँको स्वरुप


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) १२ माघ

    Advertisement

    छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरलो भू–भागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् ।

    बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । एक दशक अगाडिसम्म सेवासुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ । वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो । बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो । अहिले बुर्तिबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ ।

    सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला–ठूला पक्की घर भवनहरु बन्न थालेका छन्भने मौलिक घरहरु विस्थापित हुँदैछन् । गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ । दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दङ्ग छन् । स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको बताउनुहुन्छ । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचल दैनिक घरै गाडी दजनौँ गाडी खुड्दा खुसी लागेको बताउनुहुन्छ ।

    “अहिले घरहरुले निसी भरिन थाल्यो, पहिले घर थोरै थिए, बिरामी हुँदा अस्पताल थिएन, ओखतीमुलो गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन, धामीझाँक्रीले बचाए बचाउँथ्यो नत्र मर्ने हो, अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ । उतिबेला जुत्ताचप्पल हुँदैनथ्यो, खाली खुट्टा हिँड्थ्यौँ, पीठो बेलुकी पाँच मुठी खान्थ्यो, बिहान पाँच मुठी खान्थ्यौँ,” सुनारले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “यहाँ गाडी आउला भन्ने, यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन, २० वर्षको उमेरमा पहिलो पटक गाडी देखेको थिएँ, हाम्रो पालामा गाउँमै यति ठूलो परिवर्तन होला, सुविस्ता (सुविधा) होला भन्ने सोचेको थिएन ।”

    शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ । स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छभने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै म्ंभावनाका ढोकाहरु खुलेका छन् । लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ ।

    पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्मार्फत उज्यालो बनेको छ । कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ । सयौँको सङ्ख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार–व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताउनुभयो । समयसँगै गाउँको रुप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उहाँको भनाइ छ । घर्ती मगरले पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या पनि बढ्न थालेको बताउनुहुन्छ ।

    “हाम्रो पालामा मोटरगाडी देख्न बटौली पुग्नु पथ्र्यो, बाउबाजे विदेश गएनन्, गाउँमै भेडाबाख्रा पाल्ने, खेतबारीमा काम गर्ने गर्थे, हामीहरु पनि लेकबेँसी गरेर उनीहरुले गरेकै काम ग¥यौँ, तर अहिलेका युवा हामीहरुले गरेको काम गर्न मान्दैनन्, यो गाउँमा पहिला खरका घरहरु थिए, पछि ढुङ्गा माटोले बनाउन थाले, अहिले त कङ्क्रिटका घर बनेका छन्,” घर्ती मगरले भन्नुभयो, “पहिले सहर बजार हेर्न टाढा पुग्नु पथ्र्यो, अहिले हाम्रै गाउँ बजार बन्न थाल्यो, उति बेला तानसेन, खसौलीमा पाइने नुन तेल अहिले यही पाइन्छ, सुविधाको हिसाबले धेरै आयो ।”

    जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरु सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउनुभयो । त्यसबेला सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङबजार पुग्न सकिने उहाँ बताउनुहुन्छ । सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ । चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको उहाँले बताउनुभयो ।

    लोकमार्गले जोडिएपछि लोकमार्ग आसपासको जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले बताउनुभयो । उहाँले एक दशकअगाडि पाँच लाखमा पाइने जग्गा अहिले रु २० लाखमा पनि पाउन मुस्किल हुने गरेको बताउनुहुन्छ । सडक छेउछाउका खाली ठाउँमा धमधम घरहरु बनिरहेको भन्दै निसी गाउँका व्यापारिक केन्द्रका रुपमा विकास हुन थालेको उहाँले बताउनुभयो । यस क्षेत्रमा सिमी, भाँगो र भेडाबाख्राहरु बढी मात्रामा उत्पादन हुने हुँदा बजारीकरणका लागिसमेत सडको ठूलो टेवा पु¥याएको उहाँ बताउनुहन्छ । पछिल्लो समय स्थानीय उत्पादनले बजार पाउँदै गएको विकको भनाइ छ ।

    उहाँले भन्नुभयो, “पहिले खेतीपाती नहुने खाली ठाउँ अहिले ठूला–ठूला घडेरीका रुपमा लाखौँमा बिक्री हुन थालेका छन्, खाली ठाउँमा घर बनाउन थालेका छन्, अहिले बिस्तारै बजारका रुपमा विकास हुँदैछ, अबको पाँच÷१० वर्षमा यो ठाउँ निकै विकसित हुने देखिन्छ, अहिले त जग्गाको भाउ पनि निकै आकासिएको छ, सडकको छेउछाउमा त अहिले जग्गा किन्नै सकिन्न, त्यसबेला हजारमा पाइने जग्गा अहिले लाखौँ रुपैयाँ पर्छ, पहिले बागलुङ पुग्न एक सातासम्म लाग्थ्यो, अहिले बिहान सबेरै हिँडियो भने खाना खान पुगिन्छ, दिउँसो काम सकाएर फेरि साँझ घरमै आउन सकिने भएको छ, राज्यले चाह्यो भने विकास हुन धेरै समय लाग्ने रहेनछ ।”

    लोकमार्गले बागलुङलाई मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । पूर्वमा पर्वत र पश्चिममा पूर्वी रुकुमसँग जोडेको लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये सबैभन्दा बढी खण्ड निसीखोला गाउँपालिकामै पर्ने गरेको छ । निसीसँगै लोकमार्गले अन्य गाउँलाई पनि बजारका रुपमा परिणत गर्दै छ । विगतमा भौगोलिक विकटता र विकासका हिसाबले निकै पछाडि परेको निसी लोकमार्गका कारण मुहार फेरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । पहिले जिल्लामै हेपिएको ठाउँका रुपमा रहे पनि अहिले यस ठाउँमा विकासले फड्को मारेको उहाँको भनाइ छ । लोकमार्ग यहाँका हजारौँ नागरिकका लागि वरदान साबित भएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “राष्ट्रिय सडकले जोड्यो त्यसपछि स्थानीय तह पनि आयो । अहिले विस्तारै विकासले गति लिएको छ, यस ठाउँको कुरा गर्ने हो भने पश्चिम क्षेत्रकै सबैभन्दा राम्रो र सम्भावना बोकेको गाउँ बनेको छ, पश्चिम र पश्चिम नेपाललाई जोड्ने सडक गाउँको बीचबाट जोडिएपछि अन्य सम्भावनाका ढोका खुलेका छन्, अब स्थानीय व्यापार–व्यवसाय र उद्यामसँग जोडिनाका साथै उत्पादनमा पनि लाग्नु पर्छ, रोजगारदेखि अन्य अवसर यहाँ सिर्जना गर्न सकिन्छ ।”
     रासस

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.