• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • वासिङ्टन डिसी १५ माघ

    Advertisement

    तपाईकोे बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् ? त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्टे«स डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ ।

    वास्तवमा मानव जीवनमा आईपर्ने यस्ता अनेकन विस्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर राख्ने सुक्ष्म कोषिकाहरु र त्यसअनुसारको निर्मित प्रोटिनहरुले मस्तिष्कलाई क्रियाशील वनाउनका लागि कसरी काम गरिरहेको छ ? त्यो आममानिसहरुको लागि चासो हुने कुरा पनि भएन । अझ मानिसको मस्तिष्कमा रहेका सुक्ष्म कोषिकाहरुले प्रोटिनको ‘सिन्थेसिस’ संयन्त्रमा भावनात्मक रुपले कसरी प्रतिक्रिया दिन प्रेरित गरिरहेको हुन्छ भन्ने विषय झन जटिल हो ।

    नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहनुभएकी डा प्रेरणा श्रेष्ठ भने यही विषयलाई नै आफनो अध्ययनको प्रमुख विषय बनाउनु भएको छ । सोही विषयको प्राथमिकताले उहाँले अहिले लोभलाग्दो सफलता हासिल गर्दे अगाडि बढ्नुभएको छ ।

    अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आउनु भएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराउने भएको छ ।

    अनुसन्धानको लागि उपलब्ध हुने २२ लाख डलरको अनुदान पश्चात रासससँगको कुराकानीमा प्रतिक्रिया दिदै श्रेष्ठले भन्नुभयो – यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।

    श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उहाँको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरि अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउनुहुन्छ ।

    अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ तीन दशमलव ६ प्रतिशत वयस्कमा जीवन कालमा भएका कुनै घटना,दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् । यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेशनल इष्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दे आएको छ । सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनीकरण गर्दे मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिनेलगायत उद्देश्य अनुरुप काम गर्दे आएको छ । श्रेष्ठले दिनुभएको जानकारी अनुसार उहाँको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ ।
    उहाँ भन्नुहुन्छ – हामीले अनुसन्धान गर्ने मुख्य दुई पक्ष एक, गम्भीर दुर्घटनाले व्यक्तिगत रुपमा पार्ने असर र उनीहरुले यसलाई स्वत ः दिने प्रतिक्रिया । यसरी दुई कुरामा केन्द्रित हुनुको कारण उक्त दुर्घटनापछि मानिसलाई जीवन पर्यन्त मनोवैज्ञानिक सन्त्रासमा राख्न यसले वल पुरयाईरहेको हुन्छ भन्ने तथ्यमा आधारित छ । हामीहरुको अनुसन्धान टिमले मनोवैज्ञानिक सन्त्रासमा परेका मानिसको मस्तिष्कमा स्मरण गराईराख्न कोषिकाले कसरी निर्देशित गराइरहेका हुन्छन् भन्ने विषयलाई अध्ययन गर्नु र पर्याप्त सूचना सङ्कलन गर्नु हुनेछ – उहाँ थप्नु हुन्छ – यो अनुदानबाट हाम्रो अनुसन्धानले केही खोजलाई उजागर गर्नेछ ।

    प्रेरणा श्रेष्ठको अमेरिकाको आगमन रमाइलो छ । सन् १९९९ मा उहाँलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने । त्यसैबेला उहाँ अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आउनुभयो । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चारवर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल हुनुभएको थियो । अमेरिका आएपछि सन् २००२को ग्रीष्मयाममा उहाँले वैज्ञानिक अनुसन्धानको लागि हार्डवर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिनु भएको परीक्षामा सफलता हात पारेपछि उहाँलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उहाँले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल हुनुभयो ।

    न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आउनु भएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुरयाउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्नुहुन्छ । उक्त ल्याबमा उहाँले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाउनुभयो ,सोही अनुसन्धान सकिएपछि उहाँलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्तभयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गर्नुभयो ।

    मानव मस्तिष्कका बहुआयामकि पाटोलाई केलाउने क्रममा आफूले महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको उहाँको भनाइ छ । हाल स्टोनी बु्रक युनिभर्सिटीमा सहप्राध्यापकका रुपमा काम गर्दे आउनु भएकी श्रेष्ठले तीन वर्ष अगाडि श्रेष्ठ ल्याब भनेर अनुसन्धान केन्द्र स्थापना गर्नुभएको छ । दश जनाको टोलीले उक्त प्रयोगशालालाई सञ्चालन गरेको छ । नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गर्नु भएकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो ।

    रासससँग आफनो सफलताको कथा भन्ने क्रममा श्रेष्ठले मानव भएर केवल व्यक्तिगत फाइदाको विषयमा मात्र केन्द्रित हुननहुने भएकाले त्यसलाई अझै विस्तार गर्न योगदान गर्नु पर्ने धारणा राख्नुहुन्छ । काठमाण्डौँको कमलादीमा जन्मनुभएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि हो की भन्नु हुन्छ । मेरो पिताजी मङ्गलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्र्सन भनेर खोल्नु भएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ की भन्ने अनुभूतिमा ममा हुन्छ – मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको वारेमा उहाँको टिप्पणी रहेको थियो ।

    सन् २०१५ को नेपालको भूकम्प र २०१९ कोरोना महामारीका कारण कतिपय मानिसमा मानसिक स्वास्थ्यमा असर परेको हुनसक्ने भन्नुहुँदै श्रेष्ठ थप्नु हुन्छ मैले हासिल गरेको अनुभव र सीपलाई नेपाली भूमिमा साटासाट गर्न म सदैव तयार छु । उहाँले नेपालमा पनि सरकारी निकायबाट अध्ययन अनुसन्धान ,विज्ञानको क्षेत्रलाई महत्वमा राखेर कुनै न कुनै तरिकाले प्रोत्साहन दिन सक्नुपर्छ । उहाँ भन्नुहुन्छ – स्रोत र साधनको परिचालनलाई विविधीकरण गर्न गाह्रो पर्ने नेपालजस्ता देशमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्नसकिन्छ ।
    भावी पिढीलाई सुझाव दिदै श्रेष्ठ भन्नुहुन्छ – कुनै पनिैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्नसकिन्छ ।रासस

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.