• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

सङ्कटमा रिग्दी खोलाका असला माछा


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • भरतपुर (चितवन)२३ माघ 

    Advertisement

    चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ । यही खोलाको पानीले उहाँले पानीघट्ट चलाउँदै आउनुभएको छ । रिग्दीको चिसो पानीमा दैनिक खेल्दै आउनुभएका प्रजाले यहाँको असला माछा खान नपाएको धेरै भइसक्यो । पहिले दैनिकजसो माछा मारेर खाने गरेको अनुभव सुनाउँदै उहाँले अहिले साना भुरा माछा पनि पाइन छाडेको बताउनुभयो ।

    चितवनको अग्लो पहाड सिराइँचुली क्षेत्रको मुहानबाट बग्दै त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो खोला कुनै समय असला माछाका कारण निकै परिचित भएकामा अहिले यहाँका असला माछा सङ्कटमा परेका छन् । खोलामा जथाभावी विषादीको प्रयोग, विद्युतीय माध्यमबाट माछा मार्ने र डोजरको प्रयोगका कारण खोलामा रैथाने माछा हराउन थालेको स्थानीयवासीले बताए । निकै स्वादिलो र सबैले रुचाउने माछा संरक्षण नहुँदा हराउँदै गएको पानीघट्ट सञ्चालक प्रजाले बताउनुभयो । “पहिले–पहिले गाई तर्दा पनि खुरले कुल्चेर माछा मथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले भुरा देख्न पनि मुस्किल छ ।”

    “विषादी हाल्ने र करेन्ट लगाउनेजस्ता गतिविधिलाई स्थानीय सरकारले रोक्न सक्नुपर्छ”, पानीघट्ट सञ्चालक प्रजाले जोड दिनुुभयो, “लुकिछिपी अझै यस्ता गतिविधि हुने गरेका छन् । परम्परागत शैलीमा माछा मार्न दिइए र करेन्ट लगाउनेलाई सरकारले कारबाही गर्ने हो भने यहाँको माछा संरक्षण गर्न सकिन्छ । ”

    मायाटारका टीकाबहादुर गुरूङले पहिले पहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा फुर्लुङ भरिने गरे पनि अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको बताउनुभयो । स्थानीय सरकारले रिग्दीको असलालाई संरक्षण र यसैलाई ‘ब्रान्ड’ बनाएर समग्र इच्छाकामनालाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

    गाउँपालिकाले भने खोलामा जथाभावी गर्नेलाई कारबाही गर्दै आएको जनाएको छ । पछिल्लो केही वर्षदेखि खोलामा विषादी नराख्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको भन्दै पहिलेको तुलनामा केही कमी आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो । “हामीले सूचना पनि जारी गर्दै आएका छौँ । स्थानीयवासीलाई पनि सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “सूचनालाई बेवास्ता गर्नेलाई कारबाही पनि गर्दै आएका छौँ । त्यसकारण पहिलेको तुलनामा असला संरक्षणमा टेवा पुगेको छ ।”

    आउँदो वर्षदेखि बजेट नै छुट्याएर रिग्दीको असला संरक्षणको योजना ल्याउने तयारी गरिरहेको अध्यक्ष गुरूङले बताउनुभयो । इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीको वरिपरिबाट बगेका साना दुई खोला तल्लो काउलेमा आएर मिसिएको छ । वडा नं १ पछि वडा नं २ र ७ सँगै त्रिशूलीसम्म आइपुग्दो वडा नं ६ र भरतपुर महानगरपालिकाको वडा नं २९ लाई सिमाना छुट्याएर बगेको छ । रिग्दीमा मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको संरक्षणकर्मीको भनाइ थियो ।

    असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने गँगटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञले बताए । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । दसदेखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ ।
    यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक÷मङ्सिर र माघ÷फागुनमा प्रजनन गर्छ । मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा छ सयदेखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.