• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना


  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
  • गलकोट (बागलुङ) ४ फागुन 

    Advertisement

    विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन ।

    बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष हुँदासमेत खानेपानीको पहुँच पुग्न सकेको छैन । गण्डकी प्रदेश सरकारले सबै नागरिकको घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यका साथ लिफ्टमार्फत काठेखोला गाउँपालिकाको पानी लामिचौर पु¥याएर वितरण गर्ने योजना बनाए पनि बजेट अभावमा उक्त आयोजनाको २५ प्रतिशत मात्रै काम भएको पाइएको छ ।

    अहिले आयोजनाका रिजर्भ ट्याङ्की अलपत्रजस्तै देखिएका छन् । दुई सय घरपरिवार रहेको एउटै गाउँमा खानेपानीको चरम समस्या समाधानका लागि रु चार करोड ९३ लाखमा डिपिआर गरेर उक्त लिफ्ट आयोजना निर्माण गर्न २०७७ साल माघमा सुरु गरिएको भए पनि गत वर्षदेखि उक्त काम बजेट अभावका कारण रोकिएको छ ।

    देशमा सङ्घीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले आठ वर्ष बित्दासमेत खानेपानी पाउन सकेको छैन । योजनामा बजेट नआउँदा आयोजना सम्पन्नताको टुङ्गो नलागेको स्थानीयको भनाइ छ । नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्तीमा निर्माण भइरहेको लिफ्ट खानेपानी आयोजना बजेट अभावमा थलिएको हो ।

    रु चार करोडमाथिको लिफ्ट खानेपानी आयोजनाको लागि वर्षमा रु १० लाखका दरले बजेट आउँदा काम गर्न समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी सञ्जय कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार हालसम्म उक्त खानेपानी योजनामा जम्मा रु ५३ लाख ८४ हजार बजेट खर्च भएको छ ।

    “प्रदेश सरकारले बजेट थोरै पठाउँदा समस्या भयो, आयोजना सम्पन्न गर्न धेरै वर्ष लाग्ने देखिएको छ, गत वर्षदेखि आयोजनामा काम ठप्प छ, गत वर्षको कामको रकम बल्ल यस वर्ष भुक्तानी गर्न थालिएको छ, यस वर्षका लागि विनियोजन भएको रु १० लाख बजेट गत वर्षको रकम भुक्तानीमै ठिक्क हुने भएपछि यस वर्ष काम गर्न नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “मुख्य समस्या बजेटको हो, बहुवर्षे आयोजना भए पनि बजेट रु १० लाख मात्रै विनियोजन भएको छ, यो अवस्थामै आयोजना जाने हो भने आयोजना सम्पन्न हुँन १० वर्ष लाग्न सक्छ ।”

    कोइरालाका अनुसार आयोजनाको काठेखोला–७ खानीदुलोमा ट्याङ्की, विद्युत् घर र बागलुङ–८ लामिचौरमा रिजर्व ट्याङ्की निर्माण भएको छ । दुई सय घरमा जम्मा दुई धारामा मुस्किलले खानेपानी आउने गरेको जनाउँदै स्थानीय सुर्यबहादुर विश्वकर्माले अझै कति वर्षसम्म खानेपानीको अभावमा दलित बस्ती बस्नुपर्ने भन्ने प्रश्न सरोकारवालालाई रहेको बताउनुभयो ।

    “चिटिक्क मिलेको पुतली बजार गाउँको पीडा अर्कै छ, २० वर्षदेखि खानेपानी समस्यामा तड्पिएका यहाँका जनता अझै कति समय यस्तै अवस्थामा रहने हुन् भन्ने थाहा छैन”, विकले भन्नुभयो, “बल्ल बहुवर्षे योजनामा लिफ्ट आयोजना परे पनि चार वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ, अहिले उक्त आयोजना अलपत्र जस्तै बनेको छ, बजेट नहुँदा गत वर्षदेखि काम हुन सकेको छैन ।”

    लामिचौर गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा सो आयोजना जीर्ण अवस्थामा छ । बागलुङ नगरपालिकाका गाउँमा एक–घर एक धारा बनिसक्दा यहाँ भने छनोट भएर काम अघि बढेको आयोजना बजेट अभावमा अलपत्र परेको उहाँको भनाइ छ । खानेपानीलाई राजनीतिक मुद्दा बनाउँदा दलित बस्तीले वार्षोदेखि यो नियति भोग्दै आएको विकको भनाइ छ ।

    काठखोला–७ खानदुलोमा रहेको मुहानबाट लिफ्टमार्फत पानी पुर्याउने गरी आयोजना सुरु भए पनि बजेट अभावमा आयोजना सम्पन्न हुन ढिलाइ भएको लामिचौर दलित बस्ती लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो । उहाँले गत वर्षदेखि उक्त आयोजनाको काम ठप्प भएको जनाउँदै काम गरेकै भुक्तानी हालसम्म नपाएको बताउनुभयो ।

    कार्कीले लिफ्ट आयोजनाका लागि खानीदुलो र लामिचौरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको तथा अब मोटर तथा पाइपलाइन र घर–घरमा धारा विस्तारको काम बाँकी रहेको बताउनुभयो । चार करोड बढीको योजनामा वार्षिक रु १० लाख बजेट आउँदा उक्त आयोजना सम्पन्न गर्न नसकिने निष्कर्षमा उपभोक्ता समिति पुगेको छ ।

    दुई हप्ताअघि मात्रै उक्त लिफ्ट खानेपानीको अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष बजेट थप गरेर पठाउने स्थानीयसित प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले दलित बस्तीको खानेपानी समस्या अन्य समस्याभन्दा बढी प्राथमिकतामा पारेर बजेट विनियोजन गर्ने बताउनुभएको थियो ।

    शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.