६ फागुन
केसरमा आइरन, क्यााल्सियम, भिटामिन सी, फस्फोरस जस्ता पोषक तत्वहरु पाइन्छन् । दुधमा केसर राखेर पिउँदा यसका पोषक तत्वहरु अझै बढ्छन् ।
दैनिक केसर दुध पिउँदा शरीरमा हुने फाइदाका बारेमा–
केसरमा पाइने यौगिक सेरोटोनिनले निद्रा राम्रो बनाउँछ । दैनिक सुत्नुअघि एक गिलास केसर दुधले तनाव पनि कम गर्न सक्छ ।
यसमा म्याग्नीज, भिटामिन सी, भिटामिन ए जस्ता पोषक तत्वहरु पाइन्छन् । यसको सेवनले हड्डीको राम्रो विकास हुन्छ ।
यदी तपाईं पाचनसँग जोडिएको समस्याले ग्रस्त हुनुहुन्छ भने दैनिक केसर दुध पिउनुहोस् । यसको सेवनले पाचन प्रणाली राम्रो बनाउनुका साथै कब्जियतबाट पनि छुट्कारा दिन्छ ।
केसरमा हुने राइबोफ्लेविन र थायमिन जस्ता पोषक तत्वले मसि्तष्कलाई स्वस्थ बनाइराख्न सहयोग गर्छन् । दैनिक केसर दुध पिउनाले दिमाग पनि तेज हुन्छ ।
गर्भावस्थामा हुने मुड स्वीङ र रक्तचापलाई नियन्त्रण गर्नका लागि पनि केसर दुध एकदमै राम्रो मानिन्छ । यसले गर्भवती महिलाको स्वास्थ्य पनि एकदमै राम्रो बनाउँछ ।
केसरमा हुने बीटा क्यारोटिनले आँखाको रेटिनालाई बलियो बनाउने काम गर्छ । दुधसँग यसको सेवन गर्नु आँखाको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
केसर दुधले शरीरमा भएको हानिकारक कोलेस्ट्रोल कम हुन्छ । यसले रक्तकोषिका तथा धमनीहरुमा पोषण दिन्छ । जसले गर्दा मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ ।
एजेन्सी




