• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

भारतीय वरिष्ठ अर्थाेसर्जन शर्मा भन्नुहुन्छ- हाडजोर्नीको उपचार सरल हुँदैछ


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • काठमाडौँ१२ फागुन

    Advertisement

    भारतीय अर्थाेपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थाेपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताउनुभएको छ ।

    नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स), एपोलो हस्पिटल नयाँदिल्लीलगायतमा हाडजोर्नीसम्बन्धी फ्याकल्टी तथा सर्जनका रुपमा समेत काम गरिसक्नुभएका प्रा डा शर्मा अर्थाेपेडिक सर्जनहरुको एक ‘कन्फ्रेन्स्’ का लागि हालै काठमाडौँ आएका बेला हामीले यस विषयमा जिज्ञासा राखेका थियौँ ।

    कुराकानीकाक्रममा उहाँले भन्नुभयो, “मानवीय हाडजोर्नी तथा हड्डीसम्बन्धी रोगको उपचार अब पहिलेजस्तो जटिल छैन, सामान्य हुँदै गएको छ । अहिले शरीरका हाडजोर्नी, घुँडाको अत्याधुनिक मेडिकल प्रविधि प्रयोग गरेर सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न या फेर्न (रिप्लेस्मेन्ट) सकिन्छ । मेडिकल अनुसन्धान तथा प्रविधिले धेरै कुरा सफल र सम्भव तुल्याइदिएको छ ।

    ज्वाइन्ट रिप्लेस्मेन्ट सर्जन डा शर्माले केही वर्षअघि ९४ वर्षीय वृद्धको हिप प्रत्यारोपण गरेको प्रसङ्ग सुनाउँदै भन्नुभयो, “बालबालिका र यो उमेरका वृद्धवृद्धामा पनि ज्वाइन्ट रिप्लेस्मेन्ट हामीले गरिरहेका छौँ, हामी सफल भइरहेका छौँ, जटिलता देखिएको छैन । पहिला त यो उमेरका बिरामीमा प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने पनि भयो । बिरामीको पनि गरिदिए हुन्थ्यो भन्ने चाहना थियो । मैले नै ‘रिप्लेस्मेन्ट’ गरेँ, सफल पनि भयो । वर्षौंसम्म आफैँले फलोअप गरेँ । ‘रिप्लेस’ गरिएको अङ्गमा कुनै समस्या आएन, ठीक रहनुभयो । म पनि निकै खुसी भएँ ।”

    पहिले यस्ता समस्याहरु शल्यक्रिया गरेर निको पार्ने प्रयास गरिन्थ्यो । त्योभन्दा अहिलेको यो रिप्लेस्मेन्ट या प्रत्यारोपण ‘एड्भान्स’ हुँदै गयो, यो ठीक भएको छ । उहाँको आशय थियो अहिले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म पनि जोर्नी प्रत्यारोपण सम्भव मात्र होइन सामान्य हुँदै गएको छ । मानिसहरु प्रत्यारोपणका लागि तयार भए भने मेडिकल प्रविधि चुस्त दुरुस्त छ । मात्र चिकित्सकको दक्ष हात चाहिन्छ ।

    तर मानिसहरु अझै पनि अङ्ग प्रत्यारोपण गर्ने काममा आशङ्का गर्ने गरेको आफूले पाएको उहाँको भनाइ छ । “मानिसहरु अहिले पनि प्रत्यारोपण गर्ने अर्थात् कुनै पनि अङ्ग फेर्ने काम सफल हुँदैन कि भन्ने सोच्ने गर्दछन् । त्यसैले उनीहरु सुरुमा त तयार पनि हुँदैनन्”, प्रा डा शर्मा भन्नुहुन्छ, “अङ्गको प्रत्यारोपणपछि सङ्क्रमण हुन्छ या जटिलता उत्पन्न हुन्छ भन्ने मानिसहरु बताउने गर्दछन् । तर त्यसो नभएर अहिले यस क्षेत्रमा धेरै सफलता प्राप्त भइरहेको छ । त्यसप्रति आमनागरिकमा सचेतनाको आवश्यकता मैले देखेको छु ।”

    त्यस्तै दुखाई बढी हुने, यसरी प्रत्यारोपण गरिएको अङ्गको दिगोपना कम हुने अर्थात् पटक–पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था पनि आउनसक्ने तर्क गर्ने गरेका कारण मानिसहरु जोर्नी प्रत्यारोपणका लागि तयार नहुने गरेको आफूले पाएको उहाँको भनाइ छ । पछिल्लो समयमा निकै ‘एड्भान्स’ प्रविधि आएकाले ती प्रविधिको प्रयोग गरेर कुनै पनि दक्ष चिकित्सकले नदुखाई र सफलरुपमै जोर्नी प्रत्यारोपण गर्न सक्ने उहाँ बताउनुहुन्छ । हाल मुलचन्द हस्पिटल नयाँ दिल्लीमा ज्वाइन्ट रिप्लेस्मेन्ट विज्ञका रुपमा कार्यरत उहाँले आफूसँग हाडजोर्नीसम्बन्धी समस्या लिएर आउने कुनै पनि बिरामी निको नभई नफर्कने दाबी गर्नुहुन्छ । जोर्नी प्रत्यारोपण गरिएका बिरामीलाई आफूले २० वर्षसम्म नै ‘फलो’ गरेको र उनीहरुमा कुनै समस्या नदेखिएको पनि उहाँको भनाइ छ ।

    सुनिन्छ, हिजोआज मानिसका हाड कमजोर हुँदै गएका छन् । सानातिना ठाउँबाट सामान्य लड्दा पनि हाड भाँचिने गरेको सुनिन्छ, यस्तो किन हुन्छ ? हाम्रो प्रश्नमा उहाँको उत्तर छ “मानिसहरु दिनप्रतिदिन आफैँले आफ्ना हाड कमजोर बनाइरहेका छन् ।”

    कसरी ? उहाँ भन्नुहुन्छ, “पहिलो कुरा त खानपिन नै हो । मानिसमा पछिल्लो समय मीठो अर्थात् स्वादिलोमात्र खान खोज्ने र सुख अर्थात आरामदायी जीवनको खोजीका कारण उसको शरीर नै रोगको घर बनिरहेको छ । हाड र जोर्नीमा पनि यो लागू भैहाल्छ । मानिसको आफ्नै आनिबानी र खानपिनले हड्डी कमजोर हुँदै गएको देखेका छौँ । पछिल्लो समय यो अवस्था झन् बढ्दो छ ।”

    धेरै खाना र बजारीया अस्वस्थकर खाना (जङ्क फुड तथा फास्ट फुड) ले शरीरमा धरै प्रकारका रोग भित्र्याएपछि त्यसले पनि हाडलाई कमजोर पारेको उहाँको भनाइ छ । मानिसमा पछिल्लो समय बढ्दो मोटोपनाले पनि हाडलाई कमजोर बनाएको र हाडजोर्नीमा समस्या देखिने गरेको उहाँ बताउनुुहुन्छ । शरीरमा बढ्दो मासुको भार पनि हाडले नै बोक्नु परेको छ । मोटोपनको भार शरीरको हाडमा परेको छ र यसले पनि हाड कमजोर बनाउँदै गएको छ । जस्तो कि शरीरमा अत्यधिक मोटोपन छ भने शरीरको त्यो वजनको भार घुँडाले धान्नुपर्दछ । यसले शरीरको भार बढाइरहेको छ र हाडलाई कमजोर बनाइरहेको छ ।

    शर्मा भन्नुहुन्छ, “मानिसमा शारीरिक व्यायामको कमी हुँदै गएको छ र ‘टेबल वर्क कल्चर’ बढ्दो छ । यसरी मानिसको शरीरका हाडहरु खुम्चिएर रहनुपरिरहेको अवस्था छ । शरीर चलायमान हुन सकेन र हाडलाई आवश्यक अभ्यास पुगेन । यसकारण पनि हाड कमजोर बन्दै गएको छ । त्यसैगरी आवश्यक पोषण एवं क्याल्सियमको कमीले पनि मानिसका हड्डी कमजोर बनाएको छ । अनि मानिसहरु व्यस्तताका कारण घाममा बस्न छोडिसकेका छन् । यी सब भारतका मात्र नभएर नेपाल तथा समग्र दक्षिण एसियाकै साझा समस्यामा पर्दछन् । यस्तै कारणले नै मानिसको शरीर र शरीरसँगै उसका हड्डी र जोर्नीहरु कमजोर बन्दै गएका छन् ।

    उहाँका अनुसार धुमपान हाड कमजोर पार्ने अर्काे प्रमुख कारण बनेको छ । त्यसैगरी पछिल्लो समय व्यायामशाला जाने प्रचलन जुन सुरु भएको छ, यो पनि हाडजोर्नीका लागि स्वस्थकर नभएको उहाँको भनाइ छ । “शरीरको हाड र जोर्नीका लागि सबैभन्दा राम्रो व्यायाम त ‘साइक्लिङ’ र ‘स्वीमिङ’ हो, यो ‘जिम कल्चर’ पनि त्यति राम्रो होइन”, उहाँले भन्नुभयो ।

    हाडजोर्नीसम्बन्धी रोगको निदानका उपाय के होलान् त ? उहाँको सुझाव छ, “सरकारहरुले हाडजोर्नीसम्बन्धी रोगको उपचारलाई सबै सर्वसाधारणको पहुँचसम्म पुग्नेगरी विस्तार गर्नुपर्छ । नागरिकको स्वास्थ्य बीमामार्फत कार्डको व्यवस्था गर्नु राम्रो हुन्छ । भारतमा वर्षमा निश्चित रकमको उपचार कार्ड नागरिकलाई दिइएको छ । नेपाललगायतका देशका सरकारले पनि यस्तो व्यवस्था गर्न सक्छन् । योभन्दा पनि महत्वपूर्ण त शिक्षा हो । शिक्षाका माध्यमबाट हाडजोर्नीसम्बन्धी रोग निदानको नीति अख्तियार गर्न सकिन्छ । यससम्बन्धी शिक्षा र पछिल्लो समयमा विकसित प्रविधि र उपचार विधिका विषयमा तालिमलगायतका कार्यक्रममा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ । हाडजोर्नीसम्बन्धी रोग र यसबारे नागरिकमा आवश्यक चेतना जागृत गराउनु पनि आवश्यक छ ।”

    भारतका एक प्रतिष्ठित चिकित्सकका छोरा डा शर्मा अर्थाेको एम एस अध्ययनमा स्वर्णपदक प्राप्त हुनुहुन्छ । अर्थाेपेडिक क्षेत्रमा ३२ वर्षको अनुभव सङ्गाल्नुभएका उहाँले अहिलेसम्म १५ हजारभन्दा बढी जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ । उहाँ उत्तरी भारतमा घुँडाको ‘कम्प्युटर नेभिगेटेड अर्थाेप्लास्टी’ गर्ने पहिलो चिकित्सक पनि हुनुहुन्छ । सन् २००५ मा उहाँले कम्प्युटरको माध्यमबाट घुँडाको सो उपचार गर्नुभएको थियो । उहाँले करिब एक हजार घुँडाको अर्थाेप्लास्टी गर्नुभएको छ भने घुँडामात्र तीन हजार प्रत्यारोपण गर्नुभएको छ ।

    नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हिपको प्रत्यारोपण पनि उहाँले नै गर्नुभएको थियो । क्यान्सरका कारण हिपमा समस्या देखिएपछि पूर्वराष्ट्रपति भण्डारीको हिप प्रत्यारोपण गरिएको थियो ।

    डा शर्मा नेपालमा हाडजोर्नीसम्बन्धी उपचारका पनि सहयोगी हुनुहुन्छ । जोरपाटीस्थित अर्थाेपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीका अनुसार डा शर्माले सो अस्पताललाई समय समयमा सहयोग गर्दै आउनुभएको छ । सो अस्पतालका साथै नेपालका यस क्षेत्रका चिकित्सकहरुलाई उहाँले विकसित पछिल्लो प्रविधि र उपचार विधिबारे तालिम प्रदान गर्दै आउनुभएको छ । त्यसैले नेपाल सरकारले उहाँलाई केही वर्षअघि नेपालका सहयोगी एवं ख्यातिप्राप्त विदेशी नागरिकलाई प्रदान गरिने जनसेवाश्री पदकबाट सम्मान गरेको थियो ।

    विश्वका विभिन्न देशमा भिजिटिङ प्रोफेसरका रुपमा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै आउनुभएका डा शर्मा नेपालमा शिक्षा र चेतनाको स्तर बढेको देख्नुहुन्छ । “धेरै वर्षदेखि म नेपाल आइरहेको छु । यहाँ शिक्षाको विकास उल्लेखनीय छ । नेपाली नागरिकमा बढ्दो शैक्षिक र चेतनाको स्तर प्रशंसनीय छ । यस कुराले मलाई खुसी लाग्छ । यो देश र यहाँका नागरिकको भविष्य राम्रो छ”, उहाँ भन्नुहुन्छ । रासस

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.