• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

प्रतिनिधिसभा शून्य समयः विविध समस्याबारे सरकारको ध्यानाकर्षण


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • काठमाडौँ १४ फागुन

    Advertisement

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    बैठकको शून्य समयमा उहाँहरुले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी र मिटरब्याजी पीडितलाई न्याय दिलाउन माग गर्नुभयो ।

    बैठकमा सांसद अनिसा नेपालीले पीडित किसानका कुरा सरकारले सम्बोधन गर्न नसकेको भन्दै समस्या समाधानको माग गर्नुभयो । सांसद अब्दुल खाँनले बालकुमारी घटना जस्तै मधेसमा पछिल्लो समयमा मृत्यु भएका घटनाका सन्दर्भमा पनि छानविन गरी न्यायको माग गर्नुभयो ।

    सांसद अम्बिका बस्नेतले सहकारीमा बदमासी गर्नेलाई कारबाही गरेर पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयो । साथै उहाँले मिटरब्याजपीडित र दूधको मूल्य नपाएका किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसदद्वय अमृतलाल राजवंशी र अमरबहादुर थापाले लघुवित्त र मिटरब्याजपीडितका समस्या समाधानमा सरकारको ध्यान पुगोस् भन्नुभयो ।

    सांसद अमरबहादुर रायमाझीले बजेटअन्तर्गत लागू भएका योजना बजेटको कमीले कार्यान्वयनमा कठिनाइ भएको भन्दै उचित बजेट विनियोजनको व्यवस्था गर्न माग गर्नुभयो ।

    सांसद अमृतादेवी अग्रहरीले सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन र विवादित मन्त्रीलाई मन्त्रीपरिषद्बाट हटाउन माग गर्नुभयो । सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको माग गर्नुभयो ।

    सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको उल्लेख गर्नुभयो । साथै उहाँले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

    सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद असिम शाहले नक्कली सवारी साधन चालक अनुमतिपत्रका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।

    सांसद डा आरजु राणाले गत कात्तिक १५ गते आफू नेतृत्वको संसदीय समितिले दुग्ध किसानका समस्या समाधानका लागि सरकारलाई दिएको निर्देशनबारेमा जवाफ माग गर्नुभयो । सांसद ईश्वरबहादुर रिजालले दोलखामा अवस्थित जलविद्युत् आयोजनाअन्तर्गत बाँकी रहेको सडकमा कालोपत्र गर्न माग गर्नुभयो ।

    सांसद ईश्वरी घर्तीले आविस्कार केन्द्रसँग विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्नुभयो । सांसद ईश्वरी देवी न्यौपानेले संसद्मा सांसदहरु आरोपप्रत्यारोपभन्दा सहकारी, लघुवित्त र मिटरब्याजपीडितको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।

    सांसद उदयशम्शेर जबराले सवारी साधन चालक अनुमपति पत्र स्मार्ट बनाउने नाममा नयाँ र नवीकरण गर्न २१ महिना लाग्ने गरेको अवगत गराउँदै ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद उर्मिला थेबेले गत वर्षको वर्षायममा आएको बाढीपहिरोबाट पीडित ताप्लेजुङका बासिन्दाका समस्या सुनाउँदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले विगतको सशस्त्र युद्धलगायत विभिन्न पहिचानका आन्दोलनले नै पिछडिएका जाति, वर्ग र समुदायले अधिकार पाएको उल्लेख गर्नुभयो ।

    सांसद ऋषिकेश पोखरेलले लोप हुने खतरामा रहेको ताजपुरीया जातिको विशेष संरक्षण गर्न माग गर्नुभयो । सांसद एकनाथ ढकालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको टिप्पणी गर्दै विशिष्ट व्यक्तिको नेपाल भ्रमण गराउन माग गर्नुभयो ।

    सांसद कल्पना चौधरीले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनमा प्रभावकारीताका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद कान्तिका सेजुवालले कर्णालीमा यस वर्ष हिउँदमा पानी नपर्दा कृषिमा समस्या भएको र खडेरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद डा कालुराम राईले अर्थतन्त्रको आधार बैंक तथा वित्तिय संस्थाप्रति केही व्यक्ति र समूहले गरेको अराजकता नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सांसद किरणकुमार साहले स्वास्थ्य क्षेत्र सेवाभन्दा पनि बढी व्यापारिक भएको, सरकारी सेवा झन्झटिलो भएको र शिक्षा व्यावहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद कुसुमदेवी थापाले दुध किसानका समस्या समाधान गर्न र किसानलाई लम्पीस्किन रोगको क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गगनकुमार थापाले आरोपप्रत्यारोप मात्र गरेर संसद् बैठक प्रभावकारी नहुने भन्दै अख्तियारमा उजुरी परेका, सरकारी जग्गा विवादमा मुछिएका, सहकारी ठगीमा परेका, दुई वटा नागरिकता राखेकाहरुका सन्दर्भमा संसद् बैठक बाहिर अनुसन्धान गर्न माग गर्नुभयो ।

    सांसद गणेश पराजुलीले सरकारले प्रभावकारी काम गर्न नसकेका कारण नै सहकारी र मिटरब्याजपीडितका समस्या भएको उल्लेख गर्दै यसमा आवश्यक छानविन गरी कारबाहीको माग गर्नुभयो ।

    सांसद गोमा लाभ (सापकोटा)ले सरकारी कार्यालयमा घुस र पहँुचविना जनताको काम समयमा नहुने गरेको आरोप लगाउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद गङ्गाप्रसाद यादवले सिराहाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव देखिन थालेको बताउँदै समाधानका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद गङ्गाराम चौधरीले विकास निर्माणका योजना वितरणमा पक्षपात देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नहुने बताउनुभयो ।

    सांसद चन्दा कार्की भण्डारीले मुलुकमा पछिलो समयमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारले सुशासन कायम गर्न नसक्दा जनताले सहजरुपमा सरकारी सेवा प्राप्त गर्न नसकेको बताउनुभयो । सांसद छिरिङ डम्डुल लामाले सिमकोट जोड्ने सडकका लागि आवश्यक बजेटको माग गर्नुभयो ।

    सांसद छिरिङ ल्यामु लामाले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसक्दा कृषि सामग्रीको आयात पछिल्लो समय बढ्दो दरमा रहेको बताउँदै समाधानका लागि माग गर्नुभयो । सांसद जीवन परियारले सिक्लेस हुँदै मनाङ जोड्ने सडक निर्माणका लागि सरकारसँग माग गर्नुभयो ।

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.