काठमाडौं २० फागुन
चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल मकवानपुरमा भेटिएका छन्।
केही बेरअघि उनी मकवानपुरको हडौडा बसपार्कमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए।




