• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

ज्ञानकूपः पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • जनकपुरधाम२० फागुन

    Advertisement

    धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प भयो ।

    ऐतिहासिक महत्वको यो विद्यालय फेरि पुरानै अवस्थामा फर्किएला भनेर धेरैले अनुमान गरेका थिएनन् तर सशस्त्र द्वन्द्व सकिएको केही वर्षमै विद्यालयले पुरानै लक्ष्यका साथ पठनपाठन सुरु गर्यो । “द्वन्द्वले संस्कृत शिक्षा सङ्कटमा थियो । धेरै जना संस्कृत पढ्नसमेत डराउँथे । त्यसैले विसं २०६६ मा फेरि पठनपाठन सुरु गर्दा घरघर गएर खोज्दा पनि करिब २५–२६ जना विद्यार्थीमात्रै पाएका थियौँ । सबैको मेहनतका कारण हरेक वर्ष विद्यार्थी थपिँदै गए । अहिले हामीले विद्यार्थी खोज्न जानु नपर्ने अवस्था बनाएका छौँ”, प्रधानाध्यापक सञ्जयकुमार झाले भन्नुभयो ।

    उहाँले सशस्त्र द्वन्द्वका कारण निशानामा परेको संस्कृत शिक्षा प्रदान गर्ने विद्यालयमा काम गर्नु पनि चुनौतीपूर्ण अवस्थामा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीले हिम्मत गरेर पुरानै साख फर्काउन थालेको अभियानले २०७३ सालपछि मात्रै सार्थकता पाउन थालेको स्मरण गर्नुभयो । “ऋषि यज्ञवल्क्यको पालादेखि चलेको हाम्रो विद्यालयलाई संस्कृत शिक्षाको हबमात्रै होइन, आधुनिक प्राविधिक शिक्षासँग पनि जोड्नुपर्छ भनेर २०७३ सालमा प्राविधिक विषय पनि सुरु गर्यौँ । त्यसो गर्दा पनि एक सय २३ विद्यार्थीमात्रै हामीसँग थिए”, झाले भन्नुभयो, “तर अविचलितरूपमा गुणस्तरीय शिक्षा दिन सबै जिम्मेवार भएर लाग्यौँ । हाम्रो लगाव, अभिभावक र अरु सम्बद्ध निकायको सद्भावले त्यो सङ्ख्या अहिले दुई हजार पाँच सय पुगेको छ ।”

    विसं १९६६ मा याज्ञवल्क्य संस्कृत प्रधान पाठशालाबाट औपचारिकरूपमा कर्मकाण्डी शिक्षा (संस्कृत) दिन थालेको सो विद्यालयले यस दौरान थुप्रै सिद्धहस्त संस्कृत भाषाविद्हरू जन्माएको छ । ज्ञानकूपको नामले परिचित यस विद्यालयले संस्कृत शिक्षा पठनपाठनको संस्कृति नै ओझेलमा परिरहेको समयमा नयाँ पुस्तामा ‘संस्कृत ज्ञान’ को दीप जलाउन निरन्तर ‘ज्ञानकूप’को काम गरिहेको सहायक प्रधानाध्यापक सोमनाथ भट्टराई बताउनुहुन्छ । “मैले यस विद्यालयमा २०७१ सालमा अध्यापन सुरु गर्दा ७५–७६ जना विद्यार्थी थिए । पछि वैदिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा प्राविधिक विषय (कम्प्युटर) थप्यौँ । त्यो सन्देश घरघरमा गएर भन्याँै, त्यसपछि भने विद्यार्थी सङ्ख्या निरन्तर बढ्दो क्रममा छ”, भट्टराईले भन्नुभयो ।

    अहिले कक्षा १ देखि ५ सम्म एक सय अङ्कको संस्कृत, ६ देखि ८ कक्षासम्म भाषा र व्याकरण गरी दुई सय पूर्णाङ्क तथा ९ देखि १२ कक्षासम्म प्राविधिक, संस्कृत र साधारण शिक्षाको सुविधा रहेको उहाँले बताउनुभयो । त्रेतायुगमा जनकपुत्री सीताले शिक्षा–दीक्षा लिएको र यहीँ बसेर याज्ञवल्क्यले शुक्लयजुर्वेदको मध्यन्दिनीय शाखा लेखेको भनिने यस ऐतिहासिक विद्यालयमा अहिले ६५ विद्यार्थी आवासीयरूपमा र समग्रमा साढे चौबीस सयभन्दा बढी विद्यार्थी पढिरहेका छन् ।

    विद्यालयको ऐतिहासिकता

    जनकपुर प्राचीनकालदेखि नै वैद्धिक दर्शन र आर्यचिन्तन परम्पराको केन्द्रका रूपमा रहँदै आएको छ । यहाँ यज्ञबल्क्य, मैत्रैयी, गार्गी, अष्टावक्रलगायत ऋषिमुनि, विद्वान् तथा विदुषीहरूको ध्यान, साधना, कर्मकाण्ड परम्परादेखि चलिरहेकै छ । त्यसैले त अध्ययन–अध्यापनका साथै ग्रन्थप्रणयनजस्ता कार्यहरू पनि यहाँ निरन्तर भइरहेको विभिन्न समयमा सुरु भएका गुरुकुल तथा विद्यालय परिसरमा अवस्थित ज्ञानकूप, विद्याकूप र शातानन्दकूपका अवशेषले त्यही प्राचीन परम्परालाई स्मरण गराउने गरेको जानकारहरू बताउँछन् ।

    अध्ययन–अध्यापनको त्यही गुरुकुल परम्पराको केन्द्र जनकपुरमा १९९६ सालमा सरकारी तबरबाट संस्कृत पाठशालाको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक झाले जानकारी दिनुभयो । उपलब्ध विवरणअनुसार त्यसअघि १८८५ वैशाख अक्षय तृतीयामा कर्मकाण्ड शिक्षालयका रूपमा लक्ष्मण मन्दिरको प्राङ्गणबाट पठनपाठन सुरु भएको थियो । पछि १९१० सालमा राममन्दिरको झुलाघर र १९६० सालमा यी सबैलाई एकीकरण गरी श्रीराम मन्दिर र जानकी मन्दिरको उत्तरपश्चिम भागमा एउटा फुसको आश्रममा विद्यालय स्थापना गरी वेद, व्याकरण, न्याय, ज्योतिष आदि विषयको पठनपाठन प्रारम्भ गरेको इतिहास भेटिन्छ ।

    तत्कालीन मालपोत विभागअन्तर्गतको संस्कृत बन्दोबस्त नागरिक फाँटबाट १९६६ वैशाखदेखि ‘राजकीय संस्कृत प्रधान पाठशाला’को नाममा वैधानिकता पाएको र त्यहीबेला व्याकरण, ज्योतिष र साहित्य गरी तीन विषयको स्वीकृति पाएको विद्यालयद्वारा प्रकाशित शताब्दी स्मारिका–२०६९ मा उल्लेख छ । यसबीचमा विसं १९७३ मा वेदवेदाङ्ग पाठशाला, १९९० वैशाख शुक्ल अक्षय तृतीयका दिन भारतको चित्रकुटबाट आएका साधु मौनीबाबाले मौनीय संस्कृत महाविश्वविद्यालय स्थापना गरेको र मौनीबाबाको प्रयासमा तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरको समेत सहयोग रहेको त्यहाँ उल्लेख छ ।

    “मौनिबाबाले तत्कालीन प्रधानमन्त्री पद्मशम्शेर तथा स्थानीय दातासँगको सहयोगमा विद्यालय निर्माणका लागि तीन बिघा सात कट्ठा १० धुर तथा सञ्चालन खर्चका लागि झण्डै ५१ बिघा जग्गा भिक्षाटनबाट प्राप्त गरेका र ६५ विद्यार्थीको पठनपाठन, आवासीय खर्च पूर्ति गर्ने शर्तमा त्यो सबै सम्पत्ति २००५ सालमा गुठी संस्थानमा सुम्पिनुभयो”, स्मारिकामा उल्लेख छ, “पछि १९६० सालमा एकीकृत गुरुकुल र सन् १९६६ मा वैधानिकता प्राप्त राजकीय संस्कृत प्रधान पाठशालालाई २००५ सालमा र २००८ सालमा वेदवेदाङ्ग पाठशालालाई समेत ज्ञानकूपमै समावेश गरेर बनेको त्रिगङ्गाको संयुक्त रूप यो विद्यालय हो ।”

    ती सबै संस्कृत पाठशालाको एकीकृत रुप मानिएको यो विद्यालय २०२४ सालमा याज्ञवल्क्य संस्कृत महाविद्यालयका रुपमा स्थापित भएको हो । विसं २०२० बाट त्रिभुवन विश्वविद्यालयबाट परीक्षा सञ्चालन हुनुअघि यहाँ भारतका विहार संस्कृत समिति र कामेश्वर संस्कृत विश्वविद्यालयसँग मिलेर परीक्षा हुने गरेको थियो । विसं २०३० मा महाविद्यालय स्थान्तरित भएर महोत्तरीको मटिहानीमा लगियो तर राजनीतिक व्यवस्था परिवर्तनपछि फेरि २०४७ सालमा यसै विद्यालयमा हजारी जनक विद्यापीठ स्थापना भयो ।

    संस्कृतका जानकार एवं जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार याज्ञवल्क्य माता जानकी प्रादुर्भावभन्दा धेरै पूर्वका जनक राजाहरूका शिक्षादीक्षाका गुरु र विद्वतसभाका प्रमुख हुनुहुन्थ्यो । तिनै यज्ञवल्क्यले वेद शिक्षा त्यागेर हिँडेपछि दूधमति नदी किनारको किनार अर्थात् ज्ञानकूप क्षेत्रमा उपसना गरी यजुर्वेद प्राप्त गरेको पनि किंवदन्ती छ । “यो विद्यालय तिनै याज्ञवल्क्यजस्ता सिद्धहस्त विद्वानहरूले साधना गरेको स्थल हो । पहिले नितान्त वैदिक कर्मकाण्डी शिक्षा दिने गरिएकामा अहिले त्यो शिक्षा नाममात्रको छ । त्यो गरिमा राख्न सकिएको छैन । त्यसतर्फ कसैको ध्यान छैन”, महन्थ दासले भन्नुभयो, “त्यो मात्रै होइन, वैदिक धर्मसँग जोडिएका सबै पक्ष कमजोर हुँदै गएका छन् । यसमा ध्यान दिइनुपर्छ ।”

    विद्यार्थीको चाप

    विद्यालयमा अहिले करिब दुई हजार पाँच सय विद्यार्थी छन् । अबको केही वर्षमै त्यो सङ्ख्या पाँच हजार पुर्याउने लक्ष्यसहित काम भइरहेको छ । यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक, संस्कृत र साधारण गरी तीन सङ्कायमा पठनपाठन भइरहेको छ । प्राविधिकतर्फ कम्प्युटर र साधारणतर्फ व्यवस्थापन तथा विज्ञान सङ्कायको पठनपाठन हुने गरेको छ तर त्यसका लागि आवश्यक भौतिक पूर्वाधार, कक्षाकोठा, शिक्षक–शिक्षिका र लगानीको अभाव रहेको उहाँको भनाइ छ ।

    प्रधानाध्यापक झाले कक्षा ६ देखि १० सम्म एक सय विद्यार्थी हुँदाको दरबन्दी र वेदविद्यातर्फ १९६६ सालकै दरबन्दीअनुसार पढाउनु परेकाले धेरै समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जम्मा निजी स्रोत, काजसहितका ३२ जना शिक्षक–शिक्षिका छौँ । विद्यार्थीको चाप बढेपछि बिहान र दिउँसो गरी दुई चरणमा अध्ययन–अध्यापन भइरहेको छ । पाँच वर्षदेखि नमूना विद्यालय भएपछि त झन् भौतिक पूर्वाधारमा सहयोग नहुँदा समस्यामा छौँ ।”

    कर्मकाण्डी शिक्षामा जातीय आरक्षण

    यस विद्यालयमा साधारण र प्राविधिकतर्फ सबैका लागि खुला छ तर आवासीय कर्मकाण्डी शिक्षा पढ्ने ६५ सिटमा भने जातीय आरक्षण छ । यहाँ ब्राह्मणबाहेक अहिलेसम्म अन्य जातिलाई पढ्न बर्जित छ । सुरुदेखि गुठी संस्थानले ५४ र ब्रह्मचारीले दिने नौ गरी ६५ जनालाई भोजनवृत्तिसहित आवासीय सुविधा दिइरहेको छ ।

    गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द कर्मचार्यले संस्थानले कुनै जातिलाई पढाउनु वा नपढाउनु भनेर छात्रवृत्ति दिने नगरेको बताउनुभयो । “आवासीयरूपमा कर्मकाण्डी शिक्षा दिने कार्यको सहजताका लागि संस्थानले स्थापनाकालदेखि नै छात्रवृत्ति दिइरहेको हो । हामीले समग्रमा दिने हो । कसलाई पढाउने वा नपढाउने विषय विद्यालयको क्षेत्राधिकारको विषय हो”, कर्माचार्यले भन्नुभयो ।

    रासस

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.