• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • काठमाडौँ१३ चैत 

    Advertisement

    बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् । यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाहे पर्छ ।

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ । बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ । उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ । जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि यो डाँडा अहिले निकै चर्चामा छ ।

    ढुङ्खर्क बजारदेखि सात किलोमिटर माथि देउराली चौरसम्म सवारी साधनमा जान सकिन्छ । त्यहाँबाट ४५ मिनेट अर्थात् दुई किलोमिटरको बाटो हिँडेर नारायणस्थान मन्दिरमा पुगिन्छ । पहिला पहिला नयाँ वर्षमा गोरेटो बाटो हिँडेर भक्तजन नारायणस्थान मन्दिरमा जाने गर्थे भने हाल उक्त मन्दिरसम्म पुग्ने पदयात्राका लागि रेलिङसहितको राम्रो बाटो व्यवस्था भएकाले सहजै आउन जान सकिन्छ ।

    बेथानचोकको किंवदन्ती

    भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको किंवदन्ती छ ।

    काठमाडौँ टुँडिखेलस्थित माहाङ्काल मन्दिरमा रहेका देवता पनि सोही मन्दिरबाट ल्याइएको तर पटकपटक फर्केर जाने गरेकाले सिक्रीले बाँधेर राखिएको किम्बन्ती छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रविन्दुका रूपमा रहेको बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनैपूर्णिमा, फागुपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । बेथानचोक नारायणस्थान मन्दिर परिसरभित्र मासुजन्य पदार्थ र मदिरा पूर्णरूपले निषेध गरिएको छ । उचित सरसफाइ र प्रचार प्रसारको पर्खाइमा रहेको यस मन्दिर पर्यटकीय हव बन्दै गएकाले उक्त गाउँपालिकाले थप व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

    बेथानचोक–३ का बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले भन्नुभयो, “नारायणस्थान मन्दिरको इतिहास धेरै पुरानो छ, भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा बेथानचोक गाउँपालिका–३ को मसानघाटमा आएर बसेको किंवदन्ती छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । सो ठाउँको पारिपट्टि नेवार बस्ती रहेको र सो बस्तीमा बिहानै कुखुरा कराउने, ढिकीजाँतो चलाएको आवाज आएका कारण शान्ति भङ्ग भएकाले त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने भनाइ रहेको उहाँले बताउनुभयो । विसं. २०७६ मा भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी नारायणस्थान मन्दिर निर्माण गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    मल्ल राजाको पालामा नारायण भगवान भक्तपुरको कोलाहल मन नपरेर बेथानचोकमा प्रतिस्थापित भएको किंवदन्ती रहेको बेथानचोक–३ का स्थानीय बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार गोकुल नाम गरेका एक व्यक्ति स्याउला काट्न जाँदा भिरबाट खसेको र खोज्दै जाँदा उनको शव खोल्सामा भेटिएका कारण नारायणस्थान जाने बाटोमा पर्नेे भिरको नाम गोकुले भिर रहेको छ ।

    उहाँले बेथानचोक नारायणस्थान क्षेत्रमा छ प्रकारका लालीगुराँस, लोपोन्मुख प्रजातिका जनावर, चराचुरुङ्गी तथा लौठसल्ला, ठिङ्ग्रेसल्ला, सुगन्धवाल, चिराइतो, कुरिलो, जेठीमधु आदि जडिबुटी पाइने बताउनुभयो । तिमिल्सनाले यहाँ घुम्न आउने पर्यटकसँगै आफू पनि डाँडामा जाने र बाटोमा पर्ने विभिन्न स्थानको जानकारी गराउँदै नारायणस्थान मन्दिर दर्शनका साथसाथै हिमालका मनमोहक दृश्य, तराईको समथर भूभाग र जिल्लाका विभिन्न स्थानको दृश्य देखाउँदै र वर्णन गर्दै पर्यटकको मन तान्ने गर्नुभएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो दिन प्रतिदिन बढ्दै गएको छ ।

    नारायणस्थान मन्दिरको धर्मशाला बाहिर बिक्रीका लागि थोरै चाउचाउ, बिस्कुटलगायतका सामान राखेर बस्नुभएका महाँकालथान, बेथानचोक–३ घर भएका प्रकाश सत्यालले आफू केही महिनाअघि मात्र विदेशबाट आएको र अब विदेश नगई यही नारायणस्थान मन्दिरको रेखदेख गर्ने, सरसफाइ गर्ने, मन्दिरमा आउने पर्यटकको व्यवस्थापन गर्ने सोच रहेको बताउनुभयो । उचित सरसफाइको पर्खाइमा रहेको यस मन्दिरको सरसफाइको जिम्मा पनि उहाँले पाएको बताउनुभएको थियो । यो स्थान पर्यटकका लागि अति नै रमणीय रहेको र यसको उचित प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने आफ्नो उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

    ललितपुरको सातदोबाटोबाट नारायणस्थान मन्दिर दर्शनसँगै घुम्न आउनुभएका श्याम गौतमले भन्नुभयो, “नारायणस्थान मन्दिर रहेको डाँडा घुम्नका लागि एकदमै रमणीय छ भनेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएको तर आज आफ्नै आँखाले देख्न पाउँदा आनन्द महसुस भइरहेको छ ।” यो ठाउँ हामी जस्तै घुम्नका लागि आउने आन्तरिक पर्यटकले पनि विभिन्न माध्यमबाट प्रचार प्रसार गरे आन्तरिक पर्यटकका साथसाथै बाह्य पर्यटकको हब बन्न सक्ने गौतमले बताउनुभयो ।

    मध्यबानेश्वर, काठमाडौँबाट आउनुभएका सरगमजङ ठकुरी र विशाल वलीले काठमाडौँबाट नजिकको दूरीमा रहेको नारायणस्थान डाँडा हाइकिङका लागि जति माथि गयो त्यति रमणीय वातावरण रहेको बताउनुभयो । नारायणस्थान डाँडा घुम्नका लागि आकर्षक छ भन्ने कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा उहाँहरूले सामाजिक सञ्जाल र युट्युबबाट आफूहरूले जानकारी पाएको बताउनुभयो । यहाँ आउने पर्यटकको सुविधाका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ ।

    यहाँँ बिहानीको सूर्योदय तथा सूर्यास्त हेर्नका लागि पनि आन्तरिक पर्यटक जाने गरेको पाइएको छ । पर्यटकहरू बेलुका नै टेन्ट हालेर बिहानीको झुल्के घाम चराचुरुङ्गीको सुमधुर आवाज, नारायणस्थान मन्दिरको दर्शनका साथै वरिपरिको दृश्यावलोकन गरी भरपुर मनोरञ्जन लिएर फर्कने गरेको स्थानीय बासिन्दा बताउँछन् । यस स्थानमा जाँदा आकासै छुन खोजे जस्तो अनुभव हुने र लहरै देखिने हिमालले मोहित पार्ने गर्दछ । वरिपरि देखिने पहाड, डिलैमुनि रहेको गुफा वर्णन केको मात्र गर्नु सीमा नै छैन ।

    बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । बेथानचोक घुम्न आउने पर्यटकले उचित सडकको निर्माण नहुँदा दुःख पाएकोदेखि आफू निर्वाचित हुने बित्तिकै पहिलो प्राथमिकतामा सडक निर्माण नै राखेको बताउनुभयो । बेथानचोक नारायणस्थान मन्दिरमा घेराबारसहित सडक व्यवस्थित गर्नका लागि ढुङ्गा बिच्छ्याउने काम भइसकेको र थप काम पनि दु्रतगतिमा भइरहेको जानकारी दिनुभयो । सङ्घ सरकारको समपूरक कार्यक्रममा पनि बेथानचोक नारायणस्थान मन्दिरको पूर्वाधार विकासका लागि कार्यक्रम रहेको अधिकारीले बताउनुभयो ।

    अध्यक्ष अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिरलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउनका लागि दीर्घकालीन योजना बनाई पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले यस ठाउँमा प्रशिक्षार्थीका रूपमा आउने विद्यार्थीहरूलाई मध्यनजर गरी घेराबार लगाएको बताउनुभयो । पनौतीको सिमानादेखि निजी स्रोतबाट दिगो विकास लक्षित कार्यक्रम गरेका छौँ, स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि केबुलकारको व्यवस्था गर्ने र हेलिकप्टरबाट माथि जान सक्ने व्यवस्था गर्ने पालिकाको दीर्घकालीन सोचलाई अन्तर्राष्ट्रिय संघसंस्थाले पनि चासो व्यक्त गरेका जानकारी गराउनुभयो

    अर्को वर्ष बेथानचोक महोत्सव गर्ने योजना बनाएका छौँ । यहाँसम्म पानी लैजान लिफ्टिङको प्रबन्ध मिलाइएको छ । बाटोका विभिन्न स्थानमा फोहर सङ्कलन गर्ने भाँडाहरूको व्यवस्था गर्नाका साथै पदयात्रीका लागि ठाउँठाउँमा बस्ने बेन्चको व्यवस्था पनि गरिएको छ । खानेपानी व्यवस्थाका लागि पाइप बिच्छ्याइसकिएको र अब पानीको व्यवस्था पनि छिट्टै गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    पर्यटकलाई बस्ने ठाउँको व्यवस्था, फोहर व्यवस्थापन, पर्यटकको विवरण सङ्कलन, स्वदेशी तथा विदेशी पर्यटकमा वृद्धि, पानीको व्यवस्थापन, वनभोज गर्ने ठाउँको व्यवस्थापन गर्न सके यो ठाउँ साँच्चै नै भविष्यमा ‘पर्यटकीय हव’ बन्ने निश्चतप्रायः छ । ढकमक्क फुलेका लालीगुराँस, हिमाल, पहाड र तराईका मनोरम प्राकृतिक दृश्य एकैपटक अवलोकनसँगै भगवान नारायणको दर्शन गर्न पाइने भएकाले पनि यहाँ एकपटक अवश्य पुग्नै पर्ने देखिन्छ ।

    कसरी पुग्ने त नारायणस्थान डाँडा ?

    भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौँदेखि ४५ किलोमिटरको दूरी पार गरेपछि पुगिन्छ । काठमाडौँदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ । बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घन्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ । आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन् ।

    बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घन्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ । वरिपरि स्टिलको बारले घेरी बीचबीचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्ग देखिने चट्टाने ढुङ्गा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहुँ जस्तो देखिन्छ । नारायणस्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेषगरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन् ।

    मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ । मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । यो मन्दिरमा विशेष गरी फागुपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । उक्त मन्दिरमा जङ्गलै जङ्गलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ । छिनमै ड्याम्म तुवाँलेले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन ।

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.