• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • सौराहा (चितवन) १५ चैत 

    Advertisement

    सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ ।” उहाँ पर्यापर्यटन नै आफूहरुको जीविकोपाजर्नको आधार भएको बताउनुहुन्छ ।

    रत्ननगर नगरपालिका–६ सौराहाको रिभर साइडमा कोल्डस्टोरको व्यापार गर्दै आउनुभएकी सीता भट्ट पनि चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक यहाँका वन्यजन्तु, नदी, ताल, वनजङ्गल हेर्न नै आउने भएकाले तिनको संरक्षणका लागि सरोकारवाला निकायसँगै स्थानीय सबै लाग्नुपर्ने बताउनुहुन्छ । सो क्षेत्रका अधिकांश जनताको रोजगारी र आयको मुख्य स्रोत निकुञ्जको पर्यापर्यटन समेत बनेको उहाँको भनाइ छ ।

    मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमध्ये राजस्व सङ्कलनमा अब्बल बन्दै आएको छ । अपार जैविक विविधताको धनी यो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकको केन्द्र हो । यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी चार जिल्लामा फैलिएर रहेको छ । निकुञ्जको राजस्व आम्दानीको प्रमुख स्रोत नै पर्यापर्यटन हो । संरक्षण क्षेत्रमा पर्यापर्यटन, काठ दाउरा र गैरकाष्ठ वन पैदावार बिक्री तथा न्यायिक दण्ड सजायलगायत शीर्षकमा राजस्व सङ्कलन गरिन्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका संरक्षित क्षेत्रबाट आर्थिक वर्ष २०७९÷८० मा रु ७५ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट मात्र रु २८ करोड १३ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चालु आवमा निकुञ्जमा गत फागुनसम्म दुई लाख पर्यटक प्रवेश गरेको र रु २६ करोड हाराहारी राजस्व आम्दानी भएको छ । उहाँ भन्नुहुन्छ, “पर्यटक प्रवेशबापतको राजस्व सानो अंश मात्र हो । योभन्दा कैयौँ गुणा अन्य विभिन्न लाभहरु छन्, यसले समग्र मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ, होटल, रेष्टुराँ, पर्यटन व्यवसाय, होमस्टे, यातायातका साधनको सञ्चालन तथा स्थानीय उत्पादनको खपतले ठूलो मात्रामा रोजगारी र आम्दानी समेत सिर्जना भएको छ ।”

    विश्व सम्पदा सूचीमा रहेको यस निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी, दृश्यावलोकन, स्थानीय सांस्कृतिक भेषभूषा आदि पर्यटकका मुख्य आकर्षकका केन्द्र रहेको प्रमुख संरक्षण अधिकृत पुनको भनाइ छ ।

    पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरन भइरहेको दृश्यावलोकनको लागि विभिन्न स्थानमा टावर निर्माण, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवा उपलब्ध गराइएका छन् । “यसबाहेक सौराहा सङ्ग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको सुरुआत र सञ्चालनले पर्यापर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको छ”, उहाँ भन्नुहुन्छ ।

    एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोही यस निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु हुन् । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानको रुपमा रहेको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । निकुञ्जमा स्तनधारी, पन्छी, घस्रने, उभयचर, माछा, गौर, घडियाल गोहीलगायत विविध प्रजाति र वनस्पतिका साथै ठूला घाँसे मैदान, ताल र सिमसार छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग किमी रहेको छ ।

    क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहा विभिन्न होटलमा चार हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् । “रोजगारी पाएका व्यक्तिका परिवारदेखि स्थानीय कृषि उत्पादन बिक्री वितरण र अन्य विभिन्न कार्यबाट थप हजारौँले रोजगारी पाएका छन्”, उहाँ भन्नुहुन्छ । सौराहा क्षेत्रमा मात्रै १६८ पर्यटकीय होटल छन् ।

    अध्यक्ष गिरी चितवनलाई विश्वले चिनेको कारण नै निकुञ्ज भएको बताउँदै यहाँ पर्यटकको मुख्य आकर्षक निकुञ्ज र यसमा रहेका वन्यजन्तु नै भएको उल्लेख गर्नुहुन्छ । “यहाँको पर्यापर्यटन वन्यजन्तुसँग सम्बन्धित छ, संरक्षण गर्न वन्यजन्तुको बासस्थानको थप सुरक्षा र प्रवद्र्धन आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “चोरी शिकार नियन्त्रणका लागि सुरक्षा पोष्ट वृद्धि गर्नुपर्ने देखिएको छ । निकुञ्जको दिगो व्यवस्थापनका लागि स्थानीयमा जनचेतना र वैकल्पिक आयआर्जनका अवसर प्रदान गर्नुपर्छ ।” पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै राज्यले पनि पर्यापर्यटन विविधिकरणका लागि लगानी बढाउनुपर्ने अध्यक्ष गिरीको सुझाव छ ।

    पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल ७५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कुल पाटे बाघको सङ्ख्या तीन सय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ वयस्क बाघ रहेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् भने नारायणी, राप्ती र रीउ नदी तथा स–साना खोल्सा रहेका छन् । अनुपम भौगोलिक बनावट तथा अद्वितीय जैविक विविधताले भरिपूर्ण यो निकुञ्ज २०४१ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो ।

    सौराहाका स्थानीय सुनिमा चौधरी निकुञ्जको पर्यापर्यटनले गर्दा नै घरआँगनमै रोजगारीका अवसर प्राप्त भएको बताउनुहुुन्छ । “आफ्नो योग्यता र सीपअनुसारको आयआर्जन गर्ने अवसर सिर्जना भएको छ । अर्काेतिर कृषि उत्पादनले बजार पाएको छ । गाउँगाउँमा बजारीकरण भएको छ । यसले स्थानीय जनतामा निकुञ्जको संरक्षणप्रति अपनत्वको अनुभव समेत भएको छ”, उहाँ भन्नुहुन्छ ।

    यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यअन्तर्गत जैविक विविधता संरक्षण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, प्रजाति संरक्षण तथा व्यवस्थापन, पूर्वाधार विकास निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको चोरी शिकार नियन्त्रण, स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकास, पर्या–पर्यटन प्रवद्र्धन, मध्यवर्ती सामुदायिक वन व्यवस्थापन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत गतिविधि सञ्चालन हुँदै आएका छन् । यसमा निकुञ्ज र सम्बन्धित कर्मचारी, नेपाली सेना, उपभोक्ता समिति, दातृ निकाय तथा साझेदार संस्था, संरक्षणकर्मी स्थानीयलगायत सरोकारवालाको योगदान छ ।

    निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

    नेपालमा संरक्षित क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रमुख गन्तव्य स्थानको रुपमा रहेका छन् । आव २०७९÷८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार ३९२ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये नेपाली दुई लाख एक हजार आठ सय ८१, सार्क मुलुकका ३५ हजार सात सय ११ र विदेशी ५४ हजार आठ सय पर्यटक रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।

    निकुञ्जको सौराहा, घटगाई, कसरा, वनकट्टा, मेघौली, कुजौली लौखानी र अमलटारी गरी नौ स्थानबाट पर्यटकलाई निकुञ्ज प्रवेश गर्ने सुविधा दिइएको छ । सौराहा प्रवेशद्वारबाट सबैभन्दा बढी ९०.८० प्रतिशत पर्यटक निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना निकुञ्जकै कारण यस क्षेत्रमा प्रत्यक्ष रोजगारीका साथै किसानले उत्पादन बिक्री गर्न पाएक बताउनुहुन्छ ।

    “स्वरोगारका सम्भावना पनि बढेका छन् । यस क्षेत्रको ८०÷९० प्रतिशत रोजगारीका सिर्जनाको आधार नै पर्यापर्यटन हो । नमूना जैविक विविधता नै पर्यटकको आकर्षणका आधार हुन्”, उहाँ भन्नुहुन्छ । निकुञ्जको दिगो व्यवस्थापन लागि वातावरणमैत्री पूर्वाधार निर्माण आवश्यकतामा जोड दिँदै अध्यक्ष ढुङ्गाना यसका लागि तीनै तहका सरकारबीचको समन्वयमा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिनुहुन्छ ।

    यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइसरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राले यस निकुञ्जलाई अझ धनी बनाएका छन् ।

    रासस

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.