• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

स्वरोजगार महिलालाई उपमहानगरको सम्मान


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • बुटवल १५ चैत 

    Advertisement

    बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ ।

    उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन् ।

    स्थानीय महिलाले जीविकोपार्जनका लागि सडक पेटिमा हरियो मकै पोलेर, सालको पात तथा टुना, टपरी बनाएर बिक्री गरेर गर्दै आएका छन् । यसरी काम गर्दा परिवारको दैनिक खर्चमा सहज भएको बुटवल–७ मा बसोबास गर्ने ५२ वर्षीया लक्ष्मीदेवी आर्चायले बताउनुभयो । विगत २२ वर्षदेखि हरियो मकै पोलेर बेच्ने गर्दै आएको भन्दै उहाँले यही व्यापारबाट जीविकोपार्जन भइरहेको बताउनुभयो ।

    सोमबार, बिहीबार बुटवलको दीपनगरको हाटबजारमा र शनिबार, बुधबार, आइतबार र मङ्गलबार अन्य हाटबजारमा मबै पोलेर बेच्ने गरेको आचार्यले सुनाउनुभयो । “पहिला सुरुमा हरियो सागसब्जी बेच्ने गर्थे”, उहाँले भन्नुभयो, “पहिलेको व्यवसायबाट घाटा भएपछि दैनिक जीवनयापनका लागि मकै पोल्ने पेसा थालेकी हुँ ।”

    आचार्यले दीपनगर बजारमा दैनिक एक सय बढी मकै पोलेर बिक्री गर्नुहुन्छ भने अन्य हाटबजारमा एक सय ५० भन्दा बढी बिक्री गर्ने गर्नुभएको छ । उहाँले यो व्यवसायबाट दैनिक रू एक हजारदेखि रू एक हजार पाँच सयसम्म मुनाफा हुने गरेको बताउनुभयो । काम सानो वा ठूलो नहुने भन्ने कुरा उपमहानगरले सम्मान गरेपछि महसुस भएको उहाँले बताउनुभयो ।

    बुटवल–३ गोलपार्कका ६६ वर्षीया राधा राना मगरले विगत २० वर्षदेखि मकै पोलेर जीवनयापन गर्दै आएको बताउनुभयो । गुल्मी जिल्लाको भार्से घर बताउने राधा विसं २०३४ मा बुटवल झर्नुभएको थियो । सुरुमा कालिकानगरमा ढाका कपडा बुन्ने तथा बुटवल औद्योगिक क्षेत्रमा मजदुरी गर्ने गरेको बताउँदै उक्त कामबाट घर खर्चमा समस्या भएपछि मकै बिक्री गर्न थालेको उहाँले सुनाउनुभयो ।

    राधाले पोलेका मकै प्रतिगोटा रू २५ देखि ३० र हरियो रू २० मा बिक्री हुने गरेको छ । कहिलेकाहीँ दिनको ३० देखि ७० वटासम्म पोलेको मकै बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो पेसालाई प्रत्साहन गर्न उपमहानगरले रू पाँच हजारसहित सम्मान गरेका भन्दै यसबाट थप उर्जा प्राप्त भएको बताउनुभयो ।

    बुटवल–१ स्थित फूलबारीमा बस्दै आउनुभएकी २८ वर्षीया दिलमाया विक तिनाउ पुल छेउमा मकै पोलेर बेच्ने गर्नुहुन्छ । मकै बिक्रीबाट दैनिक रू पाँच सय मुनाफा आर्जन हुने गरेको उहाँले बताउनुभयो । विगत १० वर्षदेखि यही व्यवसाय गर्दै आएकी विकले पोलेको मकै रू २५ देखि ३० सम्ममा बिक्री हुने गरेको छ । विकले बिहान उपमहानगरमा सरसफाइको काम गर्नुका साथै अन्य समयमा मकै पोलेर बेच्ने गर्नुहुन्छ ।

    बुटवल–१ को दीपनगरमा बसोबास गर्दै आउनुभएकी ५२ वर्षीया तारा गिरीले विगत ३० वर्षदेखि सालको पात बिक्री गर्दै आउनुभएको छ । उहाँले पहिला हरियो सागसब्जीको व्यापार गर्नेगरेकामा तरकारी व्यवसायबाट नोक्सान धेरै भएपछि पेसा परिवर्तन गरेको बताउनुभयो ।

    गिरीले श्रीमान् अस्वस्थ्य भएकाले केही गर्न नसक्ने भन्दै तीन छोरी र एक छोराको सबै खर्च सालको पात बेचेर नै भइरहेको बताउनुभयो । उहाँले दीपनगरको बजार र बुटवल हाटबजारमा पात बेच्ने गर्नुहन्छ ।

    कपिलवस्तुलगायत जङ्गलमा पुगेर दिनभरिमा सालका पात टिपेर ल्याउने गरेको भन्दै भोलिपल्ट बजार प्रतिमुठा रू ५० देखि रू ६० सम्ममा बिक्री गर्ने गरेको गिरीले जानकारी दिनुभयो । यसबाट दैनिक रू पाँच सयदेखि रू एक हजारसम्म मुनाफा आर्जन हुने गरेको उहाँको भनाइ छ ।

    उपमहानगरले यसरी स्वरोजगार बन्दै आएका यहाँका महिलालाई रू पाँच हजारसहित सम्मान गरेको निकै खुसी लागेको बताउँदै गिरीले यसबाट काम गर्न थप हौसला प्राप्त भएको बताउनुभयो । आफूसँगै आफूजस्ता अन्य दिदीबहिनी पनि सम्मान हुनुभएपछि उपमहानगरले हानमीलाई ठूलो गुन लगाएको जस्तो महसुस भएको छ”, उहाँले भन्नुभयो ।

    रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–२ योगीकुटीमा बसोबास गर्ने ४० वर्षीया रमा बस्यालले विगत ११ वर्षदेखि सालको पात बिक्री गर्दै आउनुभएको छ । उहाँ नजिकैको चरङ्गे, भलुहीको जङ्गलमा पुगेर सालको पात टिप्नुहुन्छ । उहाँले उक्त पात बुटवल बजारमा पु¥याएर बिक्री गर्दै आउनुभएको छ । बुटवल नजिकको जङ्गलमा पात नपाउँदा नवलपरासीको चोेरमारा जङ्गलसम्म पुगेर पात टिप्ने गरेको बस्यालले सुनाउनुभयो ।

    बुटवल उपपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी, फलफूलसँगै सालको पात बिक्री गर्दै आउनुभएकी ७७ वर्षीया सावित्रा गुरुङ ठकुरी (नानी)को जीविकोपार्जनको प्रमुख आधार नै यही पेसा बनेको छ । “चिडियाखोला सुकुम्बासी टोलमा बस्छु । १६ वर्षको उमेरमा भारतीय सेनामा कार्यरत गोपाल ठकुरीसँग विवाह भयो । श्रीमान्को सेनाबाट अवकाश भएपछि स्वदेश आउनुभएको थियो । बुटवलमा मजदुरी गर्दागर्दै उहाँको क्षयरोगले थलिएर निधन भयो”, उहाँले भन्नुभयो ।

    उमेर ढल्किँदै जाँदा श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि छोरी निरुको सहयोगमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको ठकुरीले बताउनुभयो । हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने हाटबजारमा जाने गरेको उहाँले बताउनुभयो ।

    ठकुरीले भन्नुभयो, “घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, त्यसैले यहाँ आएपछि दिदीबहिनीसंँग कुराकानी गरेर दिन काट्छु । केही आम्दानी पनि हुन्छ, जीविकोपार्जन यसैबाट भइरहेको छ ।” व्यापार गर्ने दिदीबहिनीले पनि एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गरेका उहाँले बताउनुभयो ।

    बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मकै पोल्ने, सालको पात बिक्री गर्ने, फलफूल तथा तरकारी बिक्री गरी स्वरोजगार बनेका महिलालाई सम्मान गरिएको बताउनुभयो गत वर्षको नीति तथा कार्याक्रममा स्वरोजगार महिलालाई सहयोग तथा सम्मान गर्ने विषयम समावेश गरिएको बताउँदै सोहीअनुसार रू पाँच हजारसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख पाण्डेयले यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । महिला सशक्तीकरण अभियानअन्तर्गत उहाँहरुलाई रू पाँच हजार नगदसहित सम्मान गरिएको उहाँको भनाय छ । नगरले इ रिक्सा चलाउँदै आएका ७५ जना महिलालाई केही महिना अगाडि तालिम र सम्मान गरिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

    उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले सबै क्षेत्रमा सबैसँग जोड्न बजेटमा यस्ता कार्याक्रम समावेश गरिएको बताउनुभयो । उहाँका अनुसार महिलालाई आवश्यकता अनुसार तालिम तथा सीपको समेत व्यवस्था गरिँदै आइएको छ ।

    मानवीय विकासबिना महिला सशक्तीकरण नहुने भएकाले तल्लो क्षेत्रमा रहेर श्रम गरिरहेका महिलाको जीवनस्तर उठाउने उद्देश्यले सम्मान गरिएको उपप्रमुख अर्यालले बताउनुभयो । आगामी आवमा पनि सीपमा पहुँच पु¥याउने किसिमका योजना नीति तथा कार्यक्रममा ल्याउने उहाँले जानकारी दिनुभयो ।

    रासस

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.