• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • नारायणगढ (चितवन) २१ चैत 

    Advertisement

    हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएकामा यस वर्षदेखि महानगरले व्यवस्थापन गर्ने भएको हो ।

    मेला व्यवस्थापनका लागि महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा सात सदस्यीय पूजा व्यवस्थापन मूल समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, महानगर–२३, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि रहेका भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको सदस्यसचिवमा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल रहनुभएको छ । मेला व्यवस्थापन तयारीका लागि वडाध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमिति समेत गठन गरिएको उहाँले बताउनुभयो ।

    कार्यसमितिले मूल समितिअन्तर्गत रहेर पार्किङ व्यवस्थापन, मेलामा राखिने स्टल व्यवस्थापन, खानेपानी, शौचालय, वनभोज स्टल र फोहोर व्यवस्थापनलगायत काम गर्ने वडाध्यक्ष दवाडीले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्जभित्र हुने पूजा व्यवस्थापनका लागि पूजा समन्वय समिति गठन भएको छ । निकुञ्जको नेतृत्वमा महानगरका प्रतिनिधि रहने गरी समिति गठन गरिएको भन्दै समितिले पूजा कार्यविधिअनुसार काम गर्ने उहाँको भनाइ छ ।

    मेला हुने समयमा स्थानीय जग्गाधनीले स्टल राख्नका लागि हातको हिसाबले एक हातको रु तीन देखि १५ हजारसम्म लिने गरेको जनगुनासो बढेपछि यस वर्ष महानगरले मेलाको कामलाई अघि बढाएको वडाध्यक्ष दवाडीको भनाइ छ । उहाँको नेतृत्वमा बनेको कार्यसमितिले स्टल राख्दा जग्गाको मूल्यसमेत निर्धारण गर्ने जनाइएको छ ।

    वडाध्यक्ष दवाडीले भन्नुभयो, “मेला व्यवस्थापन र यहाँको महङ्गी नियन्त्रणका लागि महानगरले चासो देखाएको छ । यसपालिको मेला पहिलेको भन्दा निकै व्यवस्थित हुने विश्वास लिएका छौँ ।” यही चैत २६ गतेदेखि आगामी वैशाख ११ गतेसम्म चितवन राष्ट्रिय निकुञ्जको कसराभित्र रूखहरुको फेदमा थान बनाएर बिक्रमबाबाको पूजा गरिन्छ भने भरतपुर–२३ मा पर्ने केरुङ्गा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बिक्रमबाबा मेला लाग्ने गर्दछ ।

    मूल समितिका संयोजक एवं महानगरका उपप्रमुख अधिकारीले मेलामा देखिएका अस्तव्यस्ततालाई नियन्त्रण गर्न महानगरले काम अघि बढाएको बताउनुभयो । उहाँका अनुसार यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने, सन्तान सुख तथा समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ । विशेषगरी, थारू समुदायले मनाउँदै आएको यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायले पनि उत्तिकै आस्थाका साथ सहभागिता जनाउँदै आएका उपप्रमुख अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “पूजा गर्न आउने भक्तजनदेखि मेला भर्न आउने दर्शकसम्मलाई सुरक्षित महसुस हुने गरी महानगरले काम गरिरहेको छ ।”

    यस वर्ष करिब छ लाख ५० हजार भक्तजनले विक्रमबाबाको दर्शन गर्ने अनुमान गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । एसइई परीक्षा सकिने र नेपाली नयाँ वर्ष हुने भएकाले भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गत वर्षहरुमा पाँच लाख हाराहारीमा भक्तजन पूजा गर्न आउने गरेका थिए । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई यस मेलाले सहयोग पुग्ने अधिकारीले बताउनुभयो ।

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.