• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

दमौली खानेपानीद्वारा रु सात करोड भुक्तानी गर्न बाँकी


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • दमौली (तनहुँ) २१ चैत 

    Advertisement

    तनहुँको सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब रु सात करोड भुक्तानी गर्न बाँकी छ ।

    दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु छ करोड ९८ लाख ६८ हजार तीन सय १८ भुक्तान गर्न बाँकी रहेको छ । विसं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ ऋण उपलब्ध गराएको थियो ।

    खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६, उपभोक्ता संस्थाको रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि रु १२ करोड दुई लाख ७७ हजार एक सय ७४ संस्थाले र रु ६४ लाख ५५ हजार एक सय २२ जनताबाट उठाएको थियो ।

    दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार छ सय ५० निजी धारा र एक सय २२ कार्यालय तथा सङ्घसंस्थाका गरी तीन हजार सात सय ७२ धारा जडान गरिएको संस्थाका सचिव योगिता श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

    आयोजनाको मुख्य स्रोतहरु गुणादी बाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९.२ किमी, मादी नदी सम्वेलदेखि बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किमी, बाघभञ्ज्याङस्थित फिल्टर ट्याङ्कीदेखि साँखरसम्म १.१९५ किमी र साँखरदेखि शीतलचोक ट्याङ्कीसम्म ०.४४० किमी हुन् ।

    आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्बर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेको श्रेष्ठले बताउनुभयो । मादी नदीस्थित पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चौपक्षीय सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकता अनुसारको पानी वितरण हुन नसकेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो ।

    संस्थाले तीन वडामा चौबिसै घण्टा पानी उपलब्ध गराउने लक्ष्य राखे पनि सफल हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको आर्थिक मन्दी, सडक विस्तारका कारण पानीका संरचनामा क्षति, गुणादी बाराही मूलमा समय समयमा समझदारीको उपयुक्त वातावरण नहुनुजस्ता कारणले उपभोक्तालाई लक्ष्यअनुसारको सेवा दिन सकिरहेको छैन ।”

    बढ्दो जनसङ्ख्याको चापलाई यथास्थितिमा थेग्न कठिन भएकाले सहरी खानेपानी विकास आयोजनाबाट सवा तीन करोडको योजना स्वीकृत गराई ठेक्का बोलपत्र हुँदा रु एक करोड ८० लाख छ हजार चार सय ९१ को आयोजनाको काम पनि अगाडि बढेको जनाइएको छ । श्रेष्ठले भन्नुभयो, “सो आयोजना विस्तार भएपछि दमौली बजारभित्र पानीको अभाव देखिएका सत्यवती लाइन, मालपोत लाइन, देउराली नगरमा पानीको अभाव हुनेछैन ।”

    संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम् रु एक सय महसुल दर निर्धारण गरेको छ । साथै ८ देखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट रु ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट रु ५० कायम गरिएको छ ।

    संस्थाले व्यास नगरपालिका–२, ३ र ४ क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरता दिनाका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई दृष्टिगत गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ ।

    भावी योजना

    संस्थाले सहरी विकास खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत स्वीकृत थप आयोजना सम्पन्न गर्ने कार्यलाई भावी योजनाका रुपमा अघि सारेको छ । व्यास २, ३ र ४ मा थप तीन किलोमिटर पाइप लाइन विस्तार, बाराही मूल गुणादीबाट परम्परागत रुपमा ल्याइएको खानेपानीको सुनिश्चितता व्यवस्थापन गर्नेलाई भावी योजनाका रुपमा राखिएको छ ।

    आर्थिक वर्ष २०८१÷८२ देखि खानेपानी सुरक्षा लागू गर्ने र नगर विकास कोषलाई तिर्नुपर्ने ऋणको साँवाब्याज किस्ताबन्दीका रुपमा भुक्तानी दिने कार्य अघि बढाइने संस्थाका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.