• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  •  

    Advertisement

    सौराहा (चितवन)२३ चैत

    चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ ।

    बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो । साथै नदीजन्य निर्माण सामग्रीको अत्यधिक दोहनले नदीको प्राकृतिकस्वरुप सङ्कुचन भएको छ । नदी क्षेत्रमा बालुवाको ‘रास’ कम हुँदा प्राकृतिकरुपमै पानी फिल्टर हुने प्रक्रियामा बाधा पुगेको छ ।

    काभ्रे र मकवानपुरको डाँडाबाट सुरु भई बग्ने राप्ती नदी ससाना अन्य नदी तथा खोला सङ्कलन गरेर इन्द्रसरोवर जलाशय हुँदै हेटौँडा भएर चितवनतर्फ बग्ने गर्दछ । चुरेको दक्षिण सिमाना भएर बग्ने यो नदी पर्सा र चितवन राष्ट्रिय निकुञ्जका जीवजन्तुको पिउने पानीको मुख्य स्रोत हो ।

    राप्ती नदीको प्रदूषणको अवस्थाबारे अध्ययन गर्नुभएका काठमाडौँ विश्वविद्यालयका प्रा डा सुवोध शर्माले नदीको प्रदूषण र नदीजन्य सामग्रीको जथाभावी उत्खनन ठूलो समस्याका रुपमा रहेको बताउनुभयो । उहाँले चितवनअन्तर्गत नदी आसपास ७१ उद्योग रहेका र उद्योगबाट निस्कने फोहर र तरल पदार्थ प्रत्यक्ष÷अप्रत्यक्षरुपमा नदीमै मिसिने गरेको बताउनुभयो ।

    हेटाँैडा क्षेत्रमा नदी आसपासमा ६२ उद्योग भए पनि त्यहाँ औद्योगिक क्षेत्र भएकाले उद्योगले शुद्धीकरण गरेर फोहर विसर्जन गर्ने गरेका छन् । चितवनमा भएका उद्योग छरिएर रहेकाले शुद्धीकरणका लागि सो व्यवस्था गर्न खर्चिलो हुन्छ ।

    नदी आसपास सिमेन्ट कारखानाका साथै कपडा र साबुन उद्योग, रक्सी र बियर उत्पादक उद्योग, बोटलिङ र अन्य बहुर्राष्ट्रिय कम्पनी रहेका छन् । राप्तीमा मिसिने लोथर र मनहरा दक्षिणतिर बग्ने नदी हुन् भने दक्षिणबाट उत्तरतिर अन्य ससाना आधा दर्जन नदी र खोला छन् । राप्तीमा मिसिने अन्य नदी र खोलाले पनि प्रदूषण बोकेर ल्याउछन् ।

    “नदीको प्रदूषण नियन्त्रण र उत्खनन बन्द नगर्ने हो भने पर्सा र चितवन निकुञ्जमा भएका वन्यजन्तु प्रदूषित पानी खाएर बिरामी हुने सम्भावना छ”, प्रा डा शर्माले भन्नुभयो, “वन्यजन्तुहरुले पिउने पानीको स्रोत नै राप्ती हो । नदीबाट पानी रसायर भूमिगत भई जङ्गलका बीचमा सिमसार बनेका छन् । त्यही पानी हात्ती, गैँडा, बाघलगायत वन्यजन्तुले पिउँछन् ।”

    चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् । चितवन निकुञ्जअन्तर्गत नारायणी, राप्ती र रिउ नदी तथा ससाना खोल्सा छन् । राप्ती नदी चितवन निकुञ्जभित्रै नारायणी नदीमा मिसिन्छ ।

    विश्वविद्यालयको जलीय पर्यावरण केन्द्रका निर्देशकसमेत रहनुभएका उहाँले रयायनयुक्त पानीमा सिसाको मात्रा पनि हुने र पानीसँगै वन्यजन्तुको शरीरमा पुगेपछि स्वास्थ्यमा असर पर्ने उल्लेख गर्नुभयो । प्रा डा शर्माले आगामी दिनमा निकुञ्जभित्रका सिमसारको अवस्था, सिमसारमा पानी पिउने वन्यजन्तु र उनीहरुको स्वास्थ्यबारे अनुसन्धान गर्ने तयारीमा रहेको बताउनुभयो । प्रदूषित पानीकै कारण ठूला वन्यजन्तुलाई क्षयरोग लाग्ने गरेको उहाँको भनाइ छ ।

    विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु पर्यटकका मुख्य आकर्षक हुन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल सात सय ५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कूल पाटे बाघको सङ्ख्या तीजसय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ बाघ छन् ।

    क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीले हेटौँडादेखि नै नदीमा ढलका साथै उद्योग कलकारखानाको फोहरमैला मिसिने गरेको बताउनुभयो । “लोथर र मनहरी क्षेत्रबाट पनि फोहर मिसिने गरेको छ । राप्ती किनाराका क्रसर उद्योगको फोहर मैला पनि नदीमा मिसिन्छ”, उहाँले भन्नुभयो ।

    हालै सौराहा बजारको सडक दायाँबायाँ आकाशको पानी मात्र बग्ने गरी निर्माण गरिएको ड्रेनबाट पनि भविष्यमा राप्ती नदीमा फोहर मिसिने अध्यक्ष गिरीको चिन्ता छ । “होटल र रेष्टुरेन्टका लागि जग्गा क्षेत्रफलको मापदण्ड लागू गर्न कडाइ नहुँदा सानो क्षेत्रफलमा समेत ठूला होटल खुल्ने गरेको छ । यस्ता होटलले बाध्य भएर नदीमा फोहर मिसाउने सम्भावना रहन्छ । यसबारेमा बेलैमा सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्रका आयोजना व्यवस्थापक रचना शाहले नदीमा प्लास्किजन्य फोहर देखिएको बताउनुभयो । नदीमा प्रदूषण बढ्नाले जलचर प्राणीका साथै वन्यजन्तु र निकुञ्जको पारिस्थितिकीय प्रणालीमै असर पुग्ने उहाँले बताउनुभयो । “माथिल्लो भेगीय क्षेत्र हेटौँडा मनहरीलगायत क्षेत्रमा भएको फोहर बगेर आउने मुख्य समस्या हो । तल्लो भेगमा प्रदूषण कम छ”, उहाँले भन्नुभयो, “यकिन अध्ययन भएको छैन । प्लास्टिक प्रदूषण देखिएको छ । रसायन प्रदूषण देखिएको छैन । “यो पर्यावरणीय संरक्षणका लागि मुख्य चुनौती हो । हामी यसमा काम गर्न खोजिरहेका छौँ ।”

    निकुञ्जमा दुर्लभ वन्यजन्तुका साथै घडियाल र मगर गोही, अजिङ्गरलगायत सरिसृप, उभयचर र बसाइँसरी आएका तथा रैथाने गरी पाँच सय ४६ भन्दाबढी जातका चराचुरुङ्गी छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भूपरिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ ।

    निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने नदी प्रदूषणमा आफूहरुले कडाइ र नियन्त्रणको प्रयास जारी रहेकाले धेरै फोहर हुन नपाएको उल्लेख गर्नुभयो । “यस क्षेत्रमा त प्रदूषण नियन्त्रण र कडाइमा हाम्रो प्रयास जारी नै छ । तर माथिल्लो भेगमा हुने फोहर बढाउने क्रियाकलाप र भएको प्रदूषणका स्रोतले यहाँ (निकुञ्ज) पनि असर गर्नेतर्फ हेक्का राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

    वर्षामा नदीमा प्लास्टिजन्य वस्तु तथा बोतल बगेर आउने गरेको बताउँदै वरिष्ठ संरक्षण अधिकृत पुनले यसमा सबैले सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ढलको निकास सिधै खोलामै पु¥याउनुपर्छ भन्ने सोच परिवर्तन गरी शुद्धीकरण गरेर मात्र विसर्जन गर्नुपर्ने सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    निकुञ्ज क्षेत्रमा पर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नदी प्रदूषण नियन्त्रणका लागि विभिन्न सचेतना कार्यक्रम गरिरहेको बताउनुभयो । “निकुञ्ज क्षेत्रको नदी भएकाले उद्योगलाई दूषित पानी, ढल र अन्य फोहर सिधै नदीमा मिसाउन कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो, । नगर प्रमुख सापकोटाले भन्नुभयो, “केही उद्योगले यसअघि राप्ती नदीको सहायक खोलामा फोहर पानी मिसाएपछि हामीले रोकेका थियौँ ।”

    उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले सम्बन्धित उद्योगले अनुमति लिने क्रममा प्रदूषण नियन्त्रणका लागि अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । साथै उहाँले मापदण्ड प्रतिकूल प्रदूषण गर्ने उद्योगलाई कानुनबमोजिम कारबाही हुने उल्लेख गर्नुभयो ।

    नेपालमा संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रुपमा रहेका छन् । आर्थिक वर्ष २०७९÷८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार तीन सय ९२ पर्यटकले भ्रमण गरेका थिए । नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।

    रासस

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.