• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

प्रमुख शक्तिहरू उपलब्धिको रक्षा गर्न एकढिक्का हुनेमा विश्वस्त छौँ : विमला सुवेदी


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • काठमाडौँ २९ चैत 

    Advertisement

    पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँडचाँडै भइरहेको छ । सरकारको फेरबदलले कानुन निर्माणमा केही गतिरोध उत्पन्न भइरहेको अनुभव हामी सबैले गरेका छौँ । जुन गतिमा कानुन निर्माणको काम हुनुपथ्र्याे त्यो हुन सकिरहेको छैन । म सभापति रहेको कानुन तथा मानवअधिकार समितिमा यसबीचमा तीन वटा विधेयक आएका थिए । त्यसमध्ये राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वको सम्पत्ति शुुद्धीकरणसम्बन्धी विधेयकमा गम्भीर छलफल गरी पारित गरियो । सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी(टिआरसी) विधेयक हो । त्यसमा पनि उपसमिति बनाएर लामो समय काम गरियो । अहिले त्यो अन्तिम चरणमा पुगेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि समितिमा छलफल भइरहेको छ । अन्य संसदीय समितिले पनि आफ्नो क्षेत्राधिकारका कानुन र विषयवस्तुलाई निष्कर्षमा पु¥याउन हरसम्भव प्रयास गरिहेका छन् भन्ने लागेको छ ।

    सङ्घीय सांसदको मूल कर्तव्य कानुन निर्माण हो । विधायिकी भूमिका नै पहिलो र महत्वपूर्ण हो । सांसदको भूमिका कानुन निर्माण गर्ने भएपनि त्यसैमा मात्रै सीमित नभई विकास–निर्माणमा पनि हुनुपर्छ भन्ने जनताको बुझाइ छ । जनप्रतिनिधिका हैसियतले सांसदसँग समाजले कुलो, बाटो, विद्युत्, सिँचाइ, विद्यालय, स्वास्थ्यचौकी, खानेपानीका योजनाको अपेक्षा गरेको हुन्छ । सांसदहरू विभिन्न काममा अल्झिनु परेकाले कहिलेकाहीँ सदन र समितिका बैठक सञ्चालनका लागि न्यूनतम उपस्थिति सङ्ख्या (कोरम) नपुग्ने समस्या पनि देखिएको छ । विधायकहरू विकास निर्माणका फाइल च्यापेर मन्त्रालयका कोठा–चोटा दौडिरहेको अवस्था छ । विगतको तुलनामा बुझाइमा सुधार भइरहेको छ, यसमा स्वयम् र जनताले पनि कसको भूमिका के भन्ने स्पष्ट हुनुपर्छ ।

    मुलुकमा राजनीतिक परिवर्तन र संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने विषयमा दलहरूबीच अभूतपूर्व एकता र सहमति कायम भयो । त्यसअघि जनआन्दोलनलाई सफल तुल्याउन र द्वन्द्वको अवस्थालाई अन्त्य गर्न प्रमुख दलहरूबीचको सहमति, सहकार्य र एकताको भूमिका निकै महत्वपूर्ण रह्यो । अहिले संविधानले व्यवस्था गरेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्न पनि सबै शक्ति एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।

    नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत र परिस्कृत गर्दै लैजानु पर्ने बेलामा सरकार छिटोछिटो फेरबदल हुने कार्यले राजनीतिक अस्थिरता निम्तिने होकी भन्ने आम बुझाइ छ । यो अस्वभाविक होइन । तर मुलुक र जनतालाई अप्ठेरो र सङ्कट परेका बेला नेपालका राजनीतिक दल एउटै कित्तामा उभिन्छन् भन्ने पटकपटक पुष्टि भइसकेको छ । अहिले केही अदलबदल देखिए पनि प्रमुख शक्तिबीच राष्ट्रिय र जनहितका विषयमा दलहरूबीच मत भिन्नता होइन, एकता हुन्छ भन्नेमा विश्वस्त हुन सक्ने थुप्रै उदाहरण छन् ।

    समाजमा भ्रष्टाचार महारोगका रुपमा देखा परेको छ । त्यसविरुद्धको प्रभावकारी अभियान सञ्चालन नगरी देशमा सुशासन कायम गर्न र सामाजिक न्याय प्राप्त हुन सक्दैन भन्ने कुरालाई आत्मसात गरेर मुलुकको अहिले सरकारको नेतृत्वबाट भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण प्रयास र प्रयत्न भइरहेको छ । यो महत्वपूर्ण परिघटना हो । सुनकाण्डदेखि ललिता निवाससम्मका भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरिएका छन् । सरकारको यो अभियानमा समाजका सबै तह र तप्काबाट सहयोग, समर्थन र प्रोत्साहन हुनुपर्छ । यस मामिलामा अहिले समाजमा सकारात्मक सन्देश प्रवाह भएकोजस्तो लाग्छ ।

    नेपालको अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले पूर्ण समानुपातिक हुनुपर्छ भनी नेकपा (माओवादी केन्द्र)ले विगतदेखि नै भन्दैआएको छ । त्यसमा जान सकियो भने निर्वाचन खर्च घटाउन र निष्ठाको राजनीतिलाई प्रवद्र्धन गर्न सहयोग पुग्छ । समाजमा भइरहेका घटनाको गहिराइमा गएर बुझ्ने र आत्मसात गर्ने भन्दा हल्काफुल्का ढङ्गबाट हेर्ने र प्रतिक्रिया दिइहाल्ने प्रवृत्तिले समाजमा एक खालको अराजकता निम्त्याएको छ ।

    समाजमा एउटा तप्काले पुराना राजनीतिक दलले केही गरेनन्, यी सबै खराब हुन् भन्ने भाष्य खडा गर्ने कोसिस गरिरहेको छ । मुलुकलाई जहानीयाँ, पञ्चायत र निरङ्कुश अधिनायकवादी शासन व्यवस्था अन्त्य गरी यहाँसम्म ल्याउन पुराना र ठूला दलबाट ठूलो बलिदानी र योगदान भएको छ । त्यो त्याग, बलिदान र समर्पणलाई पूर्णरुपमा बेवास्ता गर्न सकिन्न ।

    आर्थिक, सामाजिक र पूर्वाधार विकासका दृष्टिले हिजो र आजको नेपाल समान छैन, धेरै परिवर्तन भएको छ । विगतको तुलनामा समाज जागरुक भएको छ । यसमा पुराना दलको योगदान छ । त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति ठीक होइन । प्राकृतिक स्रोत साधनले भरिपूर्ण, उपयुक्त हावापानी, जमिन, जलस्रोत, कर्मशील जनशक्ति भएको सुन्दर हाम्रो देशलाई समृद्धिको मार्गमा अघि बढाउन हामीले मेहनत यहीँ गरे पुग्छ । जनतालाई अवसर प्रदान गर्न, मनोबल बढाउन, उत्प्रेरणा दिन हामी लागिपर्छाैं । त्यसका लागि नेपाली दाजुभाइलाई हाम्रो सधैँ साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

    सांसद विमला सुवेदीको परिचय

    नुवाकोट जिल्ला सूर्यगढी नगरपालिका–३ का स्थायी बासिन्दा सांसद विमला सुवेदी विसं २०४६ मा अनेरास्ववियु छैटौँमा आबद्ध भई राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जिल्ला सदस्य, ब्युरो सदस्य हुँदै आठौँ महाधिवेशनबाट पोलिटब्यूरो सदस्य हुनुभयो । विसं २०६४ मा संविधानसभा सदस्य बन्नुभएकी उहाँ विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको हो । नेत्री सुवेदी हाल प्रतिनिधिसभा कानुन तथा मानवअधिकार समितिका सभापति हुनुहुन्छ ।

    (सांसद विमला सुवेदीसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।)

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.