• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडौँ२१ वैशाख 

    Advertisement

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव मनाउँदै छन् । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको हो ।

    सन् १९९१ मा यसै दिन युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा पत्रकारहरूको सम्मेलन भएको थियो । ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो । स्वतन्त्र प्रेसका पक्षमा त्यो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।

    प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चापरिचर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तक्र्रियाहरू गर्ने गरिन्छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन, स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ मात्र नभएर शासन प्रणालीलाई पारदर्शी र जनउत्तरदायी बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । युनेस्कोले यस वर्ष पत्रकारितालाई बिग्रिँदो वैश्विक वातावरणप्रतिको चिन्तासँग जोड्दै ‘पृथ्वीका लागि प्रेसःवातावरणीय सङ्कटको युगमा पत्रकारिता’ भन्ने नारा तय गरेको छ । यस वर्षकोे नाराबाट संसारको पत्रकारिता यस दिशामा प्रेरित हुनेछ र हुनुपर्छ । यो नारा तय गर्नुको पछाडि पत्रकारिता सिङ्गो मानव जातिको हितमा उभिँदै गर्दा उनीहरूको बासस्थानको संरक्षणका विषयमा पनि चर्चा परिचर्चा चल्नुपर्छ भन्ने अपेक्षा छिपेको सहजै बुझ्न सकिन्छ ।

    महासङ्घको पहल

    विश्व प्रेस स्वतन्त्रता दिवसको महत्वलाई अझ झल्काउने गरी नेपाल पत्रकार महासङ्घले आज आफ्नो महाधिवेशनको आयोजना गरेको छ । महाधिवेशनलाई पत्रकारिताका विषयमा अझ व्यापक छलफल गर्ने थलो बनाउने र नयाँ नेतृत्वका लागि त्यसको एक महिनापछि मात्रै निर्वाचन गर्ने वैधानिक व्यवस्था गरिएको छ । आजको दिनमा देशभरबाट जुटेका पत्रकारहरूले महाधिवेशनको थलोमा पत्रकारिताका विविध पक्षहरूमाथि चर्चा हुनुको साथै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत गम्भीर मन्थन हुने नै छ ।

    बदलिँदो समयसँगै नेपाली पत्रकारिता क्षेत्रमा पनि नयाँ चुनौतीहरू थपिदैँ गएका छन् । इन्टरनेटको विकाससँगै शुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरबीच सङ्घर्षरत छ । विश्वव्यापीरुपमा देखिएको आर्थिक सङ्कट, प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन् । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा पत्रकारहरू पारिश्रमिकबाट वञ्चित छन् । महासङ्घले पत्रकारहरुको हकहित र पेसागत सुरक्षामा विभिन्न पहल कदम गर्दै आएको छ ।

    नेपालमा मे ३ सन् २०२३ देखि अप्रिल २६ सन् २०२४ प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । गत वर्ष यही अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ वटा र मे ३ सन् २०२१ देखि २०२२ को अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए । ६२ वटा घटनामा १६८ जना पत्रकार र दुई सञ्चार संस्था गरी १७० पीडित भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा तथा अवरोधका तीन, पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका २९, आक्रमणका १४ वटा घटना भएका छन् । यस्तै पेसागत असुरक्षाका १४ वटा घटना भएका छन् ।

    यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी १०१ पीडित भएका छन् । महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।

    त्यस्तै नेपाल पत्रकार महासङ्घले श्रम समस्यासम्बन्धी उजुरीलाई अध्ययन गरी सम्बन्धित सञ्चारगृहमा पत्राचार, छलफल, दबाबमूलक कार्यक्रममार्फत हल गर्ने गरेको छ । महासङ्घले संवाद, दबाब र न्यायिक मोर्चाबाट श्रमको समस्यालाई सम्बोधन गर्ने अभ्यास पनि गर्दै आएको छ । यसबाट सफलता पनि मिलेको छ । अदालतको आदेशका आधारमा पछिल्लो तीन वर्षको अवधिमा रु दुई करोडभन्दा बढी रकम श्रमजीवी पत्रकारहरुलाई प्राप्त भएको छ । पत्रकारलाई न्यायिक सेवासमेत दिँदै आएको छ ।

    पत्रकारिताका चुनौती

    इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेसले विभिन्न प्रकारका चुनौतीहरू र अवसरहरूसँग समेत आफूलाई साक्षात्कार गराएको छ । यसैगरी डिजिटल मिडिया प्लेटफर्मको विकासले परम्परागत मिडियामाथि चुनौती थपिनुका साथै प्रेसको विश्वसनीयतामाथि नै प्रश्नहरु उठ्न थालेका छन् । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को प्रयोगले पत्रकारितालाई कस्तो असर पुराउने हो ? भन्ने प्रश्नको जवाफको प्रतीक्षा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा अत्यन्तै सचेतताका साथ पत्रकारितालाई निरन्तरता दिनु समयको माग भएको छ । यससँग सामना गर्न सामूहिक प्रतिबद्धताको खाँचो छ । यसका लागि पनि आजको दिनले हामीलाई प्रेरणा प्रदान गर्नेछ । महासङ्घले सुरु गरेको फ्रि मिडिया नेटवर्कजस्ता सञ्जालहरूमार्फत मिडिया र नागरिक समाजका बीचमा नियमित अन्तरक्रिया गर्दा पनि प्रेससँग नागरिकका अपेक्षा बुझ्ने र तदनुकूलको पत्रकारिता गर्ने प्रतिबद्धता जनाउनका लागि उपयुक्त मञ्च निर्माण हुने गरेको छ ।

    संविधानले ग्यारेण्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पत्रकारिताका हरेक अभ्यासमा पनि महसुस गर्नसक्ने बनाउनका लागि आवश्यक कानुन निर्माण गर्ने कुरालाई पनि उत्तिकै प्राथमिकतामा राख्न जरुरी छ । मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको पनि आठ वर्ष बितिसकेको छ । तर, यतिका अवधि भइसक्दा पनि अझै नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुनहरू निर्माण हुन सकिरहेका छैनन् । आवश्यक सञ्चारमैत्री कानुन निर्माणका लागि अझै पनि पैरवी जारी राख्नुपर्ने अवस्था कायम छ । समय समयमा सरकारले जारी गरेका निर्देशन र हालै सम्मानित सर्वोच्च अदालतले दिएको एउटा आदेशले हामीलाई स्वतन्त्रताको मुद्दामा अझै चनाखो भएर उभिनुपर्ने आवश्यकता बोध गराएको छ ।

    एकातर्फ आमसञ्चार नीति २०७३ को कार्यान्वयनका लागि कानुनको अभाव छ, जसले गर्दा सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको जस्तो पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सकिएको छैन । अर्कोतर्फ कानुनको अभावले गर्दा राज्यका संयन्त्रहरुले पत्रकारितालाई कमजोर बनाउने गरी कदम अगाडि बढाउने गर्दछ । अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रता कुण्ठित हुँदा हाम्रा सबै स्वतन्त्रताहरू जोखिममा परेको र पत्रकारहरु नै सडकमा राजनीतिक मुद्दा बोकेर उत्रनु परेका कैयौँ उदाहरण हामीसँग छन् । तसर्थ, पत्रकारिता क्षेत्रमा प्रयोग हुँदै आएका नवीन आयाम र प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने चुनौती समेतलाई सम्बोधन गर्ने गरी कानुनहरू निर्माण गरेर अगाडि बढ्नुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ ।

    अघिल्लो संसदमा पेस गर्नका लागि बनाइएका कानुनका मस्यौदाहरूलाई परिमार्जन गरेर नयाँ संसद्मा पेस गर्नका लागि सरकारलाई दबाब दिँदै हामीले खोजेको जस्तो कानुन निर्माणको सुनिश्चितताका लागि काम गर्नुपर्नेछ । प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको पृष्ठभूमि छ । सञ्चारसँग सम्बन्धित कानुन र मुद्दाहरू सरकार र संसद्को प्राथमिकतामा छैनन् भन्ने तथ्यलाई आत्मसात् गर्दै महासङ्घले आफ्ना रणनीतिहरु निर्माण गर्दै अगाडि बढाइरहेको छ ।

    प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्नसकेको छैन । अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भीकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न र दृढतापूर्वक उभिने उत्प्रेरणा मिलोस् । (लेखक नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.