• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर


  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ)२३ वैशाख 

    Advertisement

    शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिनुभयो बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उहाँमा ।

    छ दशक हुँदा पनि चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त हुनुहुन्छ । बागलुङमा मात्र होइन अन्य जिल्लाका दूरदराजसम्म पुगेर ठेकी बनाउने उहाँको मुख्य पेसा हो । कामलाई कामलाई पूजा मान्ने टीकाबहादुरले ठेकी बनाउन सुरु गरेको ४८ वर्ष भयो । उहाँले बाउ, बाजे र काकाहरुबाट १२ वर्षकै उमेरदेखि सीप सिकेर ठेकी बनाउने पेसा अङ्गाल्नु भएको थियो ।

    चुनाराका अनुसार हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएका छन् । ठेकी बनाउनुका साथै यसको प्रयोगका बारेमा नागरिकलाई सचेत बनाउने काम पनि गर्दै आएको उहाँको भनाइ छ । दशक अगाडि काठका सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेका उहाँकले बताउनुभयो ।

    आधुनिक प्रविधिको विकासले मौलिकता हराउँदै गएको चुनाराको भनाइ छ । पहिलाको तुलनामा ठेकीको प्रयोगमा कमी आउन थालेपछि परम्परागत पेसा पनि सङ्कटमा पर्न थालेको उहाँले बताउनुभयो ।

    बिहान उठेदेखि रातिसम्मै काठ काट्ने, मुडा तास्ने र ठेकीका विभिन्न आकार दिने टीकाबहादुर नयाँ पुस्ताले आयातित भाँडाकुँडालाई प्राथमिकता दिँदा पेसा सङ्कटमा पर्न थालेको भन्दै चिन्तित हुनुभयो । आयातित धातुका सामग्री अति आवश्यक पर्दा मात्रै प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । आयातित सामग्रीको प्रयोग गर्न सहज हुने भएकाले आफ्नो सुझाव कसैले नसुन्ने उहाँको गुनासो छ ।

    तीन दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा फलाम, सिल्टी, तामालगायत धातुका भाँडाकुँडा निकै कम पाइने हुँदा स्थानीयले माटा र काठकै सामग्री बढी प्रयोग गर्ने गरेको चुनाराले स्मरण गर्नुभयो । पछिल्लो समय घरै पिच्छे धातुका सामग्री आउन थालेपछि काठका सामग्री बिक्री कम हुँदै गएको उहाँले बताउनुभयो ।

    गाउँका बारीमा रहेका काठबाट बनाइने काठका ठेकी आयातित भाँडाकुँडा भन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यसतर्फ कसैको ध्यान नगएको चुनाराको भनाइ छ । समयसँगै परम्परा पनि परिवर्तन हुँदै जाँदा अचेल मानिसहरु गाउँमा नबस्ने तथा गाईभैँसी नपाल्दा ठेकीको पनि प्रयोग निकै कम भएको उहाँले बताउनुभयो ।

    “हाम्रो पालामा एउटै परिवारले १५/२० वटा भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो । अहिले गाउँमा मानिस बस्न छोडे, गाईभैँसी पनि पाल्दैनन् । उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, अहिले त्यही बढी प्रयोग गर्छन्”, चुनाराले भन्नुभयो, “सिल्टीमा एकै छिन हात गोट्यो भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापुरानाले धेरै थरीको रोग लाग्छ भन्थे । काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडेमा तताएको दूध खानु पर्छ भन्थे, अहिले त्यो सबै हरायो ।”

    पहिले आफ्नो गाउँमा ३०/४० जनाले ठेकी बनाउने गरे पनि अहिले नयाँ पुस्ताले काम नसिक्दा चार जना मात्रै रहेको चुनाराले जानकारी दिनुभयो । यो पेसा संरक्षणमा राज्यले पनि चासो नदिएको उहाँले गुनासो पोख्नुभयो ।

    गाउँपालिका/नगरपालिकाले आरन गर्ने, बाख्रा पाल्नेलाई अनुदान दिएर ती पेसामा लागनेलाई प्रोत्साहन गरे पनि ठेकी बनाउने सीप भएका र वर्षौँदेखि यहीँ पेसा गर्दै आएकालाई अहिलेसम्म कुनै पनि सम्बोधन नगरेको उहाँको भनाइ छ । ठेकी बनाउने पेसाबाटै परिवार चलाउँदै आएको भन्दै पछिल्लो समय बिक्री कम हुन थालेपछि जीविकोपार्जनमा समस्या हुन थालेको उहाँले बताउनुभयो ।

    चुनारा अहिले पनि अँधियामा ठेकी बनाउन गाउँगाउँ पुग्नुहुन्छ । अँधिया प्रथा अहिले पनि कायम रहँदै आएकाले यसलाई निरन्तरता दिएको चुनारले बताउनुभयो । ४८ वर्षसम्म एउटै पेसा अङ्गालेर छोराहरुको लालनपालन र पढाइलेखाइसम्म गरेको सुनाउँदै अहिले आफ्ना सन्तानले सरकारी क्षेत्रमा काम गरिरहेका उहाँले बताउनुभयो । “मैले कुनै सरकारी कार्यालयमा काम गरेको भए पेन्सन पाउने उमेर भइसकेको छ”, उहाँले भन्नुभयो ।

    “मैले १२ वर्षदेखि ठेकी बनाउने पेसा अङ्गालेको हुँ, उतिबेला बा, दाईहरुसँग हिँडियो, उनीहरुबाटै सिकियो, १७ वर्षदेखि आफँै कमाउन थाले, अहिलेसम्म गर्दै आएको छु, केही वर्ष भयो व्यापार निकै कम हुँदै गएको छ । ठेकी किन्नेहरुले अहिले प्लास्किट, सिल्टीका भाँडा ल्याउन थाले”, चुनाराले भन्नुभयो, “हातपाखुरा चल्दासम्म यो पेसा धान्ने छु । युवा पुस्ताले सीप नसिक्दा पेसा सङ्कटमा पर्ने चिन्ता छ ।” राज्यले पनि ठेकी बनाउने पेसाको संरक्षण गर्न केही आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    सबैभन्दा पहिले काठ र माटोकै भाँडाको आविष्कार भएको भन्दै प्रविधिको विकासले अन्य धातुका भाँडा बन्न थालेको चुनाराले बताउनुभयो । ठेकीलाई एक मानाको रु एक हजार दुई सय पर्ने उहाँले जानकारी दिनुभयो । एउटा ठेकीलाई रु आठ सयदेखि १० हजारसम्म पर्ने उहाँको भनाइ छ ।

    ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न नपर्ने चुनाराले बताउनुभयो । स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले विशेष योजना बनाएर रैथाने सीप तथा पेसा संरक्षण र प्रवर्द्धनका लागि कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

    रासस

    आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.