• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

तरकारी खेतीबाट मनग्य आम्दानी


  •   सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
  • राजविराज (सप्तरी) २४ वैशाख 

    Advertisement

    सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् ।

    महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा ‘सबल नेपाल’ संस्थाले बीउबिजन र मलखाद सहयोग गरेको छ ।

    कृषक समूहकी अध्यक्ष कविताकुमारी सदाले विगतमा आफूहरु बेरोजगार बनेर घरमै बस्दैआएकामा हाल तरकारी उब्जाएर पैसा कमाउन थालेको बताउनुभयो । उनीहरुलाई सबल नेपालले तरकारी खेती गर्नेबारे तालिमसमेत दिएको छ । उहाँले भन्नुभयो, “त्यत्तिक्कै बस्नुभन्दा मेहनत गरेर खाने सोचका साथ तरकारी खेती गर्न थालेका हौँ, तरकारी खेती गरेरै घरखर्च चलाउनुका साथै केही पैसा बचतसमेत गर्दैआएका छौँ ।”

    करिब १४ कट्ठा जग्गामा दलित महिला मिलेर तरकारी खेतीमा संलग्न छन् । उनीहरुले बिहान आफ्नो घरको काम सघाएर बाँकी समय तरकारी खेतीमा बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दलित महिलाको आर्थिक समृद्धिका लागि सेभ द चिल्ड्रेनको साझेदारीमा समुन्नति कार्यक्रमअन्तर्गत सबल नेपालले तरकारी खेती गर्नका लागि बीउबिजन, प्राङ्गारिक मल, कृषि औजारलगायत सहयोग गरेको छ । यसबाट उनीहरु आत्मनिर्भर बन्दैगएका छन् ।”

    दिनाभद्री कृषक समूहका सदस्य ललिता सदाले समूहको तरकारी खेतीबाट आम्दानी गरेर आफ्नो घर व्यवहार चलाएर छोराछारीको पठाइ खर्चसमेत निकाल्ने गरेको बताउनुभयो । सिँचाइ अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुँदा अहिले तरकारी खेती गर्न समस्या नभएको उहाँको भनाइ छ । उनीहरुले लौका, फर्सी, खुर्सानी, भन्टा, काँक्रो, प्याजलगायत तरकारी उत्पादन गर्दैआएका छन् ।

    आफ्नै बारीमा उब्जेका तरकारी नजिकैको टिकुलिया हटियमा तरकारी आफैँ बसेर बिक्री गर्दा आम्दानी गर्न सकिएको समूहकी सदस्य तिलिया सदाको भनाइ छ । उहाँले भन्नुभयो, “तरकारी खेतीले आफ्नो दैनिक खानाको लागि पुग्ने र बचेका तरकारी नजिकको हटियामा बिक्री गरेर आम्दानी गर्ने गरेकी छु ।”

    सुरुङगा नगरपालिका–२ कमलपुरका कृषकले समेत तरकारी खेतीबाट वार्षिक लाखौँको आम्दानी गर्न थालेका छन् । चन्द्रमुखी कृषक समूह गठन गरेर यहाँ तरकारी खेती गरिएको छ । व्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोडी, खुर्सानी, मुला, फर्सीलगायत तरकारी उत्पादन गर्न थालेका छन् । समूहका सदस्य राजकुमार महतो चार छोरा÷छोरीलाई उच्च शिक्षा पढाउन तरकारी खेतीमा जुटेको बताउनुहुन्छ । मलेसियाबाट आएपछि उहाँले पाँच कट्ठा जग्गामा तरकारी खेती गरेर अहिले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ ।

    यस्तै धीरेन्द्र यादव पनि बुबाले गरेको तरकारी खेतीमा सधैँ सघाउनुहुन्छ । उहाँ कक्षा १२ मा स्थानीय विद्यालयमा अध्यनरत हुनुहुन्छ । बिदाको समयमा तरकारी खेतीमा सहभागी हुने गरेको उहाँले बताउनुभयो । चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवनप्रसाद यादवले १० बिघामा सामूहिकरुपमा तरकारी खेती गर्नुभएको छ । यस क्षेत्रमा घोरगाधा र बादरको आङ्तक रहेको बाबजुत पनि तरकारी खेतीबाट लाखौँको आम्दानी गर्न किसान पछि हटेको छैनन् । सबल नेपालले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा ऊर्जा थपिएको सदस्य रामवती महतोले बताउनुभयो ।

    खडक नगरपालिका–४ अमहाका कृषक समूहले तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समूहका १८ सदस्यले तरकारी खेतीले वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका समूहका सदस्य सुनिता बस्नेतको भनाइ छ । सो बस्तीका करिब दुई सय परिवारले तरकारी खेती गर्दैआएका छन् ।

    सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.