• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका


  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
  • गण्डकी २७ वैशाख

    Advertisement

    कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक स्थलमध्येको एक हो अर्घौ मौला कालिका मन्दिर । धार्मिक आस्था एवम् विश्वासका कारण महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यो मन्दिर १७९२ सालदेखि नै अस्तित्वमा आएको छ ।

    पोखरा महानगरपालिका–२८ मा समुद्री सतहबाट एक हजार दुुई सय मिटर उचाइमा अवस्थित यस मन्दिरको दक्षिणतर्फ पूर्व पश्चिम फैलिएको समथर भूमि र उत्तरतर्फ अन्नपूर्ण हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिनुले पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अर्घौं ठूलाकोट झाँझरमारे भञ्ज्याङमा रहेको यहाँ आउन पृथ्वी राजमार्गको कालिका चोकलगायत विभिन्न स्थानबाट सात आठ किलोमिटरको दूरी पार गर्नुपर्दछ ।

    भण्डै तीन सय वर्षदेखि मनले चिताएको पुुग्ने विश्वासका साथ श्रद्धा भक्तिपूर्वक पूजाआजा हुँदै आएको यस मन्दिरको स्थानीयवासीसँगै राज्यका तर्फबाट संरक्षण र विकासमा सहयोग हुँदै आएको अर्घौैं मौलाकालिका भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष बोधराज त्रिपाठीले जानकारी दिनुुभयो ।

    मन्दिर निर्माण पश्चात विभिन्न समयमा जीर्णोद्धार हुँदै आएकामा पछिल्लो समयमा पुुरातात्विक सम्पदाका रुपमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट पूर्ववत् मौलिक स्वरुपमा मन्दिर निर्माण गरिसकिएको छ । मन्दिर संरक्षण समितिले मन्दिर परिसरसँगै ऐतिहासिक पोखरी र छेउमा अवस्थित सर्पराज नागको मन्दिर, कैलाशेश्वर शिवालय मन्दिर संरक्षणका साथै नियमित पूजाआजा, धार्मिक अनुुष्ठानको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुुभयो ।

    मन्दिर उत्पत्तिको किंवदन्ती

    कालिका भगवतीको उत्पत्ति सम्बन्धमा रोचक किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार अघौं ठूलाकोट झाँझमारे भञ्ज्याङमा रहेको बारीमा १७९२ सालमा एक किसानले हलो जोत्दा फाली ढुुङ्गामा लगी ढुुङ्गा चोइटिएछ । चोइटिएर फुटेको ढुुङ्गाबाट रगत बगेछ । ढुुङ्गामा रगत आएको देखेपछि किसानले हलगोरु फुकाएर घरमा गई सबै बृतान्त परिवारसँग भनेछन् । त्यही रातमा ज्योतिर्विद् पण्डित अग्निहोत्री जगन्निवास त्रिपाठीलाई सपना भएछ ।

    सपनामा त्रिपाठीलाई, “म काली हुँ, यस ठूलाकोट भञ्ज्याङकै बारीमा बसेकी छुु । यसै ठाउँमा एक कुण्ड बनाएर मेरो सेवा गर सधैं तिम्रा सन्तान र यस क्षेत्रको रक्षा गर्नेछु” भन्दै अन्तरध्यान भइछन् । बिहान उठेर सपनामा बताइएको ठाउँमा गएर हेर्दा शिलाबाट रगत आइरहेको देखिएपछि धोइपखाली गरेर कालीको मन्त्र जप गरी क्षमा मागेपछि रगत आउन बन्द भएछ । त्यही बेलादेखि नै शिला भएको ठाउँमा सरसफाई गरी कुण्ड बनाएर भकारी र चित्राले घेरेर संरक्षण गरी पूजाआजा गर्न थालिएको पाइन्छ ।

    उक्त कुुण्डलाई अहिले पनि मन्दिरको बीच भागमा चौघेरा बनाएर कुण्डकै रुपमा पूजाआजा हुँदै आएको छ । तिनै जगन्ननिवासका सन्तान मध्ये पृथुुधर र जागेश्वरले १८४५ सालमा मन्दिरको स्वरुप दिएर कालीको नाममा चाँपाचौरको करिब पाँच रोपनी जग्गालाई गुुठी जग्गाका रुपमा पुुजारीलाई व्यवस्था गरी त्यसबाट आउने आयस्ताबाट धुुप अक्षता चढाइ नित्य पूजाआजा गर्ने व्यवस्था मिलाएको पाइन्छ ।

    त्यस्तै १९०५ सालमा पूर्णदीप त्रिपाठीको सकृयतामा स्थानीय समाजसेवी, बुद्धिजीवि समेतको भेलाबाट मन्दिरमा साँझ विहान नगरा लगाउनका लागि नगरेको व्यवस्था गर्न स्थानीय चम्डिलोको करिब साढे चार रोपनी क्षेत्रफलको गुठी जग्गा व्यवस्था गरिएको पाइन्छ । मुु.गुरुप्रसाद अधिकारीले गडुवा वेहुुले बगरस्थित करिब २४ मुरी माटो खेत पुुजारी र नगरेले आधा आधा कमाई खान दिन गुुठी व्यवस्था गर्नुुभएको छ । मुु. भुवानीप्रसाद भण्डारीले एक ठूूलो घण्टी राख्ने र अन्य गाउँलेबाट यथाशक्य रकम जम्मा गरी मन्दिर मर्मत तथा सरसफाईको व्यवस्था गर्ने भन्ने कुरा तत्कालीन समयका टिपोट, लेख, दस्तावेज र अग्रजहरूका भनाइबाट ज्ञात हुन आउँछ । तत्कालीन समयदेखि नै सामूहिकतामा निर्णय भई आपसी सहयोगबाटै संरक्षण र विकास हुँदै आएको यो शक्तिपीठ यस क्षेत्रकै एकताको प्रतिक जस्तै पनि बनेको स्थानीयको अनुुभव छ ।

    मन्दिरको संरक्षणसँगै जीर्णोद्धारका सम्बन्धमा पनि समय समयमा प्रयास हुँदै आएको पाइन्छ । १९९६÷९७ सालमा अर्घौ काफलघारी निवासी तत्कालीन विचारी मनहर्ष भण्डारीले कालिका शक्तिपीठको विवरण समेटेर श्री ३ जुुद्ध शमशेरसँग बिन्तीपत्र जाहेर भएको पाइन्छ । तत्कालीन समयमा श्री ३ जुद्ध शमशेरबाट एक हजार मो.रु.प्राप्त गर्नुुभएपछि उहाँमार्फत नै काठमाडौंदेखि ल्याइएका मिस्त्री र कालिगढ एवम् स्थानीय जनश्रमदानबाट स्थानीय ढुुङ्गामा चुनासुर्कीको जडान गरी कलात्मक टुँडालसमेत राखी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार भएको पाइन्छ ।

    मन्दिरभित्र तत्कालीन समयमा नै गणेश, सरस्वती, सिंहनाथ एवम् बटुक भैरवका मूर्तिहरू कुँदी राखिएको थियो । त्यसै समयमा सिद्धिपुरका चतुुराखर भण्डारीले आफ्ना पिता भुवानीप्रसादले प्रदान गर्नुुभएको ठूलो घण्टी झुुण्ड्याउने ढुुङ्गा, मन्दिरभित्र घण्टी झुुण्ड्याउन प्रयोग भएको ढुुङ्गा र मन्दिर परिसर प्रवेश गर्ने द्वारको दायाँ बायाँ रहेका ठूला ढुुङ्गालाई हालको स्वरुपमा स्थापित गर्नुुभएको बुढापाका बताउँछन् । मन्दिरको पूर्वतर्फ जनज्योति माविको पश्चिम मोहोडामा रहेको रहेको शिवालय मन्दिर, कालिकास्थानको ऐतिहासिक पोखरीको पश्चिमतर्फ रहेको नागको मन्दिर पनि यहाँको धार्मिक आकर्षण हुन् ।

    नाग मन्दिरको पनि ऐतिहासिकता

    कालिकास्थानको ऐतिहासिक पोखरीको पश्चिमतर्फ रहेको सर्पराज नागको मन्दिरलाई पनि यहाँका स्थानीयले विशेष महत्वका साथ हेर्ने गर्दछन् । १९०५ सालमा पूर्णदिप त्रिपाठीको सक्रियतामा कालिका मन्दिरको उत्तरमा अवस्थित पोखरीको पश्चिमतर्फको भागबाट मन्दिर वरपर पर्खाल लगाउन ढुुङ्गा निकाल्ने क्रममा त्यो काममा संलग्न मानिस बिरामी भएछन् । खोजी गर्दा उक्त ठाउँमा सर्पराज नागको वासस्थान भएको र ढुुङ्गा निकाल्दा सर्प मर्न गएका कारण बिरामी भएको भन्ने जानकारी प्राप्त भएछ । त्यसै समयदेखि उक्त स्थानमा नागको पूजाआजा हुँदै आएको बुढापाका बताउँछन् । यस्तो पूजा प्रत्येक वर्षको दुुई पटक ग्रीष्मकालीन समयमा गरिने शतचण्डकीका दिन पूजाकै दिन गर्ने गरिएको छ ।

    यहाँ गरिने शतचण्डी पूजाको विशिष्ट महत्व रहेको समाजसेवी ८१ वर्षीय नन्दीकेशर त्रिपाठी बताउनुुहन्छ । आफूहरूले समेत बाल्यावस्थामा नै यहाँ गरिने शतचण्डी पूजाको ऐतिहासिकता सुन्ने गरेको बताउँदै उहाँले तत्कालीन समयमा पनि टाढाटाढाबाट विशिष्ट पण्डितहरू आएर शतचण्डीमा सहभागी भई चण्डी पाठ गर्ने गरेको जानकारी दिनुुभयो ।

    तत्कालीन समयमा सडक यातायातको सुविधा नभएका अवस्थामा समेत चण्डी पाठका लागि टाढाटाढाबाट पण्डितहरू आउने गरेको बताउँदै त्रिपाठीले त्यस समयमा भरतपोखरीको बर माझथरदेखि पैदल हिडेर पं. खडानन्द पौडेललगायत पण्डितहरू आएर चण्डी पाठ गर्नुभएको आफूले प्रत्यक्ष देखेको तथा अनुुभव गरेको सुुनाउनुुभयो ।

    मन्दिर संरक्षण तथा सम्बद्र्धनको पनि लामो इतिहास रहेको छ । स्थानीय अगुवाका अनुसार यसको संरक्षण सम्बद्र्धनमा तत्कालीन समयमा ज्यो पं. प्राणनाथ त्रिपाठीले समयसमयमा सहयोग गर्नुभएको थियो भने समाजसेवी राजचन्द्र भण्डारीको अगुवाइमा २०३६÷३७ सालमा मन्दिर परिसरमा पर्खाल एवम् पूर्वतर्फको पिपलको रुख वरपर चौतारी निर्माण गरिएको थियो ।

    विसं १९९६÷९७ मा जीर्णोद्धार तथा पुनःनिर्माण भएको मन्दिरको पर्खाल चर्कने र श्लेटहरू खस्न थालेपछि २०५४÷५५ सालमा समाजसेवी नन्दीकेशर त्रिपाठीको अध्यक्षतको समितिले स्थानीयवासीको आर्थिक सहयोगमा मन्दिरको पुनःनिर्माण एवम् पित्तलको छाना राख्ने काम गरिएको थियो । त्यसयता विभिन्न समयमा गठित समिति, त्यसका पदाधिकारीका साथै विभिन्न समाजसेवीको सहयोगमा संरक्षण, पुनःनिर्माण आदि कामहरू हुँदै आएको मन्दिरमा हाल पुरातत्व विभागको सहयोगमा मन्दिरको पुनःनिर्माणलगायतका कामहरू भएका छन् ।

    मन्दिर पुननिर्माणका क्रममा कालिका भगवतीको यसअघि रहेको मूर्तिमा केही क्षति पुुगेपछि हालै अर्को मूर्ति समर्पण गरिएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुुभयो ।

    मन्दिरमा नियमित पूजाआजाका अतिरिक्त बडा दशैं र चैते दशैंमा प्राचीन खुँडा, तरबारको पूजासहित बलि पूजा हुने गरेको छ । मन्दिरका पूजारी गोविन्दप्रसाद अधिकारीका अनुसार मन्दिरमा बडा दशैंमा नियमित रुपमा चण्डी, दुुर्गा कबच पाठपारायण हुुनुका साथै फूलपातीका दिन फूूलपाती बढाइ, नेपाली सेनाबाट सलामी, कालरात्रि एवम् आफ्नो भाकल र मनोकांक्षा पूरा गराउन बलि दिने प्रचलन छ । मन्दिरमा पूजा गर्नाले आरोग्यता, मानसिक शान्ति, पारिवारिक सुखशान्ति, निःसन्तानलाई सन्तान प्राप्तीका साथै मनले चिताएको पुुग्ने विश्वास रहेको उहाँले बताउनुुभयो ।

    मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने बताउनुहुन्छ । तीन सय वर्षभन्दा बढीको इतिहाससँगै उच्च स्थानमा भएका कारण यहाँबाट हिमाली दृश्यावलोकन आदिका लागि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने धेरै सम्भावना रहेको उहाँले बताउनुुभयो ।

    मन्दिरसम्म आइपुुग्नका लागि अधिकांश बाटाहरू व्यवस्थित भैसकेका छन् । मन्दिरमा आउनका लागि पृथ्वीराजमार्ग अन्तर्गत विजयपुर आर्मी ब्यारेक, कालिकाचोक, बुढी बजार, अर्घाैं, डाँडाको नाकलगायत स्थानबाट करिब सात आठ किलोमिटरको दूरीमा सवारीसाधनबाट आउन सकिन्छ भने यहाँ शिशुवा, बेगनास ताल, भगवतीटार, मादीवेसी, सुनपदेली, काहुँखोला आदि स्थानबाट पनि आउन सकिन्छ ।

    अर्घौ मौलाकालिका यस क्षेत्रको विशिष्ट धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक सम्पदा भएको लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष छत्रधर आत्रेयले बताउनुुभयो । यसको महत्वलाई उजागर गर्नु अपरिहार्य भएको बताउँदै उहाँले यस सम्पदाको संरक्षणसँगै यसलाई पर्यटन राजधानी पोखराको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने धेरै सम्भावनाहरू रहेको उल्लेख गर्नुुभयो ।

    रासस

    बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.