चितवन २३ जेठ
जिल्ला भरतपुर महानगरपालिका वडा नं -३ नारायणी नदी किनारामा रहेको बिपी शान्तीबनलाई संरक्षण गर्न उपभोक्ता समिती बनाउन डिभिजन बन कार्यालय चितवनले सहमती दिएको छ।
भरतपुरको नारायणी नदीको चौर प्रतिबन्धित पञ्चायती कालखण्डको थिचोमिचो र फडानीबाट रोक्न ऐतिहासिक पृष्ठभुमिबाट बिपीको नाममा नाङ्गो बगरलाई विभिन्न प्रजातीका बिरुवाहरु बृक्षारोपण गर्दै जाने क्रममा उत्पादन, पुनः उत्पादन पश्चात वीपी स्मृति शान्ति नगरवनको रुपमा बिकास हुँदै गएको हो ।
उक्त वन क्षेत्रमा आज दुर्लभ वन्यजन्तुहरुले आश्रय स्थल बनाएका छन् ।यसलाई संरक्षण गर्दै जाने उद्देश्यले भरतपुर महानगरपालिका वडा नं -३ का स्थानिय जनताले प्राकृतिक स्रोत साधनको संरक्षण, सम्बर्द्धन,उपभोग र पुर्ण नेतृत्वको अधिकार सहित “प्रस्तावित वी पी स्मृति शान्ति सामुदायिक वन उपभोक्ता समूह” सामुदायिक वनको विकास गर्ने अख्तियारी, डिभिजन वन कार्यालय भरतपुर चितवनले दिएको हो । अब उप्रान्त चितवनको भरतपुर महानगरपालिका वडा नं -३ मा रहेको उक्त सामुदायीक बन संरक्षण र सम्बर्दन गर्ने दायित्व वडाबासीहरुको कॅाधमा आएको छ।
यसले निजी साझेदारीमा ब्याबसायिक प्रयोजन गर्ने महानगरको योजना बिफल हुने भएको छ ।





