काठमाडौं – संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
यसका साथै प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन ९२०७९ साउन(२०८० आसार० पेस गर्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने, अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् ।
यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाथि छलफल हुनेछ ।




