कतार । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस(एमालेको सरकार बनेको बताएका छन् ।कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् ।
पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस९एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।
सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे । उनकै वेइमानका कारण सरकार ढलेको आरोप लगाए । ‘भन्न वाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी वाम सरकार गिरेको हो रु’ उनले प्रश्न गरे ।




