• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

गौतमबुद्ध क्रिकेट रंगशालामा भरतपुर महानगर र निर्माण कम्पनीको संयुक्त सर्भे


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • चितवन,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढाउन बिहीबार भरतपुर महानगरपालिका र निर्माणको ठेक्का पाएको कम्पनीले संयुक्त सर्भे गरेका छन् ।

    Advertisement

    महानगरको तर्फबाट प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र निर्माण कम्पनी बीबीआरका प्रमुख विकास गौतमसहित प्राविधिक टोली रंगशाला निर्माणस्थल पुगेर स्थलगत सर्भे गरेको थियो । महानगरले बिहीबार नै केही प्राविधिक खटाएर रंगशाला परिसरमा भएको उपकरण सामग्रीहरुको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।

    हाल रंगशाला परिसरमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको क्रममा प्रयोग गरेका निर्माण सामग्री र विभिन्न उपकरणहरु रहेका छन् । त्यसको तथ्यांक संकलन गरेर सुरक्षाको जिम्मा महानगरले लिएको छ भने ठेक्का पाएको निर्माण कम्पनीहरु हिमालयन कालिञ्चोक बीबीआर जेभीले आफ्नै उपकरण र निर्माण सामग्री ल्याएर काम अघि बढाउने छ । महानगर प्रमुख रेनु दाहालले फाउण्डेशनका सामग्रीहरुको जिम्मेवारी महानगरले लिने र ठेकेदार कम्पनीले नयाँ ढंगले निर्माण कार्य अघि बढाइने बताइन् । ‘यसअघिका निर्माण सामग्री र विभिन्न उपकरणको सुरक्षाको जिम्मा महानगरले लिन्छ, तपाईहरु ढुक्क भएर काम अगाडि बढाउनु होला’–निर्माण कम्पनीलाई विश्वास दिलाउँदै प्रमुख दाहालले भनिन् ।

    उनले निर्माण कम्पनीलाई कुनै पनि समस्या आउन नदिने भन्दै भुक्तानीमा पनि चिन्ता नलिन आग्रह गरिन् । उनले समयमै काम सम्पन्न गरेर पुरस्कृत गर्ने वातावरण बनाउन पनि निर्माण कम्पनीलाई आग्रह गरिन् । ‘ढिलासुस्ती भयो भन्ने कुरा हामीले सुन्न नपरोस्, समयमै काम सम्पन्न गरेर तपाईलाई पुरस्कृत गर्ने वातावरण बनाइदिनुहोला’–प्रमुख दाहालले थपिन् । उनले सरकार परिवर्तन भएपनि रंगशाला निर्माणमा कुनै समस्या नआउने समेत दावी गरिन् । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा समेटेको, संघीयसंगै बागमती प्रदेश सरकारले समेत बजेट विनियोजन गरि सकेकाले नियमानुसार नै निर्माण प्रक्रिया अघि बढ्ने बताइन् ।

    महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले रंगशाला निर्माणको क्रममा आइपर्ने सबैखाले समस्या समाधान गरेर अघि बढ्ने बताए । उनले सरकार परिवर्तनले रंगशाला निर्माण कुनै समस्या नपर्ने समेत जिकिर गरे । ‘बाटो बनाएपछि सबै हिड्ने हो, यो त्यो भन्ने हुँदैन, यो रंगशाला पनि हामी सबैको सम्पत्ति हो, यसको निर्माणमा कुनै असर पर्दैन, म आफ्नो तर्फबाट सक्रिय भएर लाग्नेछु’–उप–प्रमुख अधिकारीले भने ।

    ठेकेदार कम्पनी बीबीआरका अध्यक्ष विकास गौतमले आइतबारदेखि आफ्ना व्यवस्थापन टिम फिल्डमा खटिएर काम अघि बढाउने जानकारी दिए । उनले काम गर्न सहज वातावरण बनाए समयमै काम सक्ने प्रतिवद्धता जनाए । ‘हाम्रो टिम फिल्डमा खटिएर व्यवस्थापनको काममा खटिनेछ, सुरुमा खेलमैदानलाई नै प्राथमिकता राखेर निर्माण कार्य अघि बढाउँछौं’ अध्यक्ष गौतमले भने ‘खियाँ लागेको रडलाई व्यवस्थापन गर्ने कार्यमा पनि हामी प्राथमिकताका साथ लाग्नेछौं ।’

    महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले निर्माण कम्पनीलाई सहज रुपमा काम अघि बढाउन महानगरले सबै सहयोग गर्ने बताए ।
    भरतपुर महानगरका प्रमुख लेखाअधिकृत जगन्नाथ अर्यालले धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरि सकेकाले रंगशालामा रहेका निर्माण सामग्री र अन्य उपकरणको रेखदेखका साथै व्यवस्थापनको बाटो महानगरले नै गर्ने बताए । उनले रंगशाला निर्माणको काम र विगतका कामको व्यवस्थापन फरक पाटो रहेकाले हाललाई निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढाइने बताए ।

    महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले पहिलो चरणमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी निर्माणको काम अघि बढ्ने बताए । उनले मैदानलाई नयाँ प्रविधिमा आधारित रहेर निर्माण गर्न लागिएको जानकारी दिए ।

    निर्माण कम्पनीका कामदाहरु धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएका कामदार आवास, कार्यालय आवासमा रहेर काम गर्नेछन् । ठेकेदार कम्पनीले त्यसका अलवा अन्य कुनै पनि सामग्री र उपकरण फाउण्डेशनको प्रयोग गर्ने छैन । गत असार २३ गते भरतपुर महानगर र निर्माण कम्पनीबीच वि।सं।२०८३ पुस २२ गतेभित्रमा निर्माणको काम सक्ने गरी सम्झौता भएको थियो । रंगशाला निर्माणको लागत भ्याट र पीएस सहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।

    रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३र३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । धुर्मुस–सुन्तली फाण्डेशनले निर्माण कार्य रोक्नुअघि ५ हजार क्षमताका प्याराफिट निर्माण भइसकेको छ ।

    महानगरले रंगशाला निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा १२ वटा कम्पनीले बोलपत्र पेश गर्दा हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीलाई छनोट गरेको थियो । पहिलापटक टेण्डर आह्वान हुँदा एउटा मात्रै कम्पनीको टेण्डर परेपछि उक्त टेण्डर रद्द गरिएको थियो । यस रंगशालालाई संघीय सरकारले गौरवको आयोजनामा राखेको छ भने बागमती प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको छ ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.