जनकपुरधाम, धनुषामा एक जनाको हत्या भएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार शुक्रबार बिहान १०ः३० बजेको समयमा आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको जनाएको छ । उनी ज्यालादारी कर्मचारी हुन् ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।




