• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

भरतपुरको ड्रिम्स कलेजमा बीएससी ,सीएसआईटी प्रवेश परीक्षामा विद्यार्थीको उल्लेख्य सहभागिता


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • भरतपुर । ड्रिम्स कलेज भरतपुरमा बी.एससी.सीएसआईटी कार्यक्रमको प्रवेश परीक्षा सम्पन्न भएको छ।
    सुदुरपश्चिमान्चल विश्वविद्यालयद्वारा संचालित सो संकायको परीक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ ।
    हालै सम्पन्न प्रवेश परीक्षामा ५४ विद्यार्थीहरूले सहभागिता जनाएका थिए, जसले प्रतिस्पर्धात्मक वातावरणलाई थप प्रभावकारी बनाएको कलेजका प्रमुख ई.दिवस मैनालीले बताउनुभयो।
    विश्वविद्यालय पूर्ण रूपमा सरकारी अनुदान प्राप्त विश्वविद्ययालय हो, जसले आधुनिक र विश्वव्यापी मान्यता प्राप्त पाठ्यक्रमको अध्यापन गराउँदै आएको छ।
    सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट बी.एससी.सीएसआईटी (कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी) कार्यक्रमको लागि कुल ४२ सिटहरू उपलब्ध रहेको सो कलेजमा यस किसिमको तीब्र प्रतिस्पर्धाले विद्यार्थीहरूमा शिक्षा प्रतिको उत्साह प्रकट गरेको मैनालीको भनाई छ ।
    विश्वविद्यालयको नयाँ पाठ्यक्रम आधुनिक प्रविधिहरूसँग सम्बन्धित छ, जसले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ।
    गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र नभएर, विद्यार्थीहरूलाई विश्वस्तरको ज्ञान र सीपमा अब्बल बनाउनु पनि यो विश्वविद्यालयको उद्देश्य रहेको छ।
    ड्रिम्स कलेज भरतपुरले यसै वर्षबाट सञ्चालन गर्न लागेको शैक्षिक कार्यक्रममा यसप्रकारको विध्यार्थीको सहभागिताले कलेजको शैक्षिक गुणस्तर तथा विश्वविध्यालय प्रतिको विश्वासलाई थप मजबुत बनाएको ई.मैनालीले बताउनुभयो।
    सुदुरपश्चिम विश्वविद्यालयले प्रवेश परीक्षाको नतिजा केही दिनभित्रै सार्वजनिक गर्ने बताएको छ।
    प्रवेश परिक्षामा सफल हुने विद्यार्थीहरूले कलेजमा भर्ना गरि आफ्नो अध्ययन यात्रा सुरु गर्न सक्नेछन ।
    चितवनको भरतपुर–१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहित संचालनमा आएको सो कलेजले यस बर्षदेखि स्नातक तहमा बी एससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने भएको हो।

    Advertisement

    कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको कलेज प्रमुख मैनालीले बताउनुभयो ।
    सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको मैनालिले बताउनुभयो । उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ ।कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ ।

    चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ।
    यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले बताएको छ।
    कलेजको स्थापना सँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता
    अन्त्य भएको विश्वास कलेजको रहेको छ । कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालिले बताउनुभयो ।
    यो कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक स्तरको अध्ययनको मौका प्रदान गर्ने भएकाले पनि विद्यार्थीहरूबीच लोकप्रिय हुँदै गएको प्राचार्य मैनालीको भनाई छ ।

    बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, कृत्रिम बुद्धिमत्ता, साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ।

    कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ।

    बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई विभिन्न आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

    यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।
    बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।
    विश्वविद्यालयले अनुसन्धान र विकासको लागि पनि प्रोत्साहन प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूमा आविष्कार गर्न प्रेरित गर्दछ।
    बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।

    सूचना प्रविधिको क्षेत्रमा उज्ज्वल भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि बीएससी ,सीएसआईटी कार्यक्रम विकल्प बन्दै गएको छ।
    ड्रिम्स कलेजले पाठ्यक्रमलाई अद्यावधिक गर्दै औद्योगिक आवश्यकताहरू अनुरूप तयार पारेको छ जसले विद्यार्थीहरूलाई उद्योगमा प्रत्यक्ष काम गर्न सक्षम बनाउँने मैनालीले बताउनु भयो ।

    यस संकायमा अनुसन्धान सम्बन्धी विषयहरू र नयाँ प्रविधिहरू जस्तै डेटा साइन्स, ब्लकचेन, मेसिन लर्निङ, बिग डाटा एनालिटिक्स, इन्टरनेट अफ थिंग्स (आइओटी) र क्लाउड कम्प्युटिङजस्ता ट्रेन्डिङ विषयहरू समावेश छन्।

    कलेजले विद्यार्थीहरूलाई अनुसन्धानको लागि विशेष प्रोजेक्टहरू र औद्योगिक सहयोगमा आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्ने बताएको छ ।
    साथै, वैकल्पिक विषयहरूमा विद्यार्थीहरूको रुचि अनुसार विभिन्न ट्रेन्डिङ कोर्सहरू प्रदान गर्दै विद्यार्थीहरुको सीपलाई अझ फराकिलो बनाउन कलेज सदैव तयार रहेको उहाँले बताउनुभयो।

    कलेजले विद्यार्थीहरूलाई विभिन्न औद्योगिक कोर्सहरूमा निःशुल्क तालिम प्रदान गर्दै उनीहरुको व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने,इन्टर्नशिपका अवसरहरू प्रदान गर्नका साथै विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरेर प्लेसमेन्ट सहयोग समेत प्रदान गर्ने उहाँले बताउनुभयो ।

    अत्यधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका कम्प्युटर ल्याबहरू रहेको सो कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।
    कलेजमा सूचना प्रविधि क्षेत्रका अनुभवी र दक्ष शिक्षकहरू छन् जसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दछन्।
    बीएससी,सीएसआईटी उत्तिर्ण विद्यार्थीहरूलाई आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंकहरू, र अन्य संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।
    कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

    बीएससी,सीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त रहेको कलेजको दाबी छ ।
    बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।
    निःशुल्क औद्योगिक कोर्सहरू, इन्टर्नशिप र प्लेसमेन्ट सहयोग, उच्चस्तरीय ल्याब, अतिथि व्याख्यान, र अनुभवी शिक्षकहरूको सहयोगमा, यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
    अद्यावधिक र औद्योगिक केन्द्रित पाठ्यक्रमले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत पुर्याउनेछ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.