काठमाडौँ, असोज २१ – वर्ल्डलिंकले गर्वका साथ ूसज्जन राज वैद्यस् एकादेशमा नेपाल टुर २०२४ को आयोजना गर्ने भएको छ। नेपालभर हुन लागिरहेको यो सांगीतिक यात्रामा चर्चित गायक तथा गीतकार सज्जन राज वैद्यले आफ्नो उत्कृष्ट प्रस्तुतिहरू दिनेछन्। यो यात्रा असोज २४ (अक्टोबर) १० देखि चितवनको क्याम्पा चौरबाट सुरु हुनेछ।
सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन्। हवाइजहाज, चिट्ठी भित्रू, मायालुू, सस्तो मुटुू जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, र उनका गीतहरूले युट्युबमा करोडौं भ्युज हुने गर्छ। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन्। यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो, जसले उनीप्रति रहेको अपार प्रेम र समर्थनलाई झल्काउँछ।
वर्ल्डलिंकले यस टुरलाई प्रायोजन गर्दै सज्जन जस्ता ठूला कलाकारहरूलाई अझ उच्च सफलतामा पुर्याउने प्रयास गरिरहेको छ। वर्ल्डलिंकको उद्देश्य आफ्ना दर्शकहरूसँग नजिकबाट जोडिनुका साथै नेपाली संगीतको विकास र विस्तारलाई प्रवर्धन गर्नु हो। संगीत हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा संगीत हो र संगीतको माध्यमबाट आफ्ना ग्राहकहरु संग थप नजिकिन मद्दत गर्ने वर्ल्डलिंक विश्वास गर्दछ ।
यस सज्जन राज वैद्यस् एकादेशमा नेपाल टुर २०२४ का टिकटहरू खल्ती एपमार्फत खरीद गर्न सकिनेछ। साथै, वर्ल्डलिंक प्रयोगकर्ताहरूका लागि विशेष अवसर समेत रहेको छ। वर्ल्डलिंकको फेसबुक पेजमा रहेको सम्बन्धित पोस्टमा कमेन्ट गरि, १० भाग्यशाली व्यक्तिहरूले Exclusive VVIP Ticket जित्न सक्नेछन्। यी विजेताहरूले वर्ल्डलिंकद्वारा कार्यक्रम स्थानमा राखिएको VVIP Box बाट कार्यक्रमको मज्जा लिन पाउनेछन्, जुन एकदमै विशिष्ट अनुभव हुनेछ।
यस सज्जन राज वैद्य एकादेशमा नेपाल टुर २०२४ू, Arbitrary Events र MN Productions द्वारा आयोजना गरिएको हो ।
वर्ल्डलिंकले यस कार्यक्रमलाई वास्तविकतामा परिणत गर्न यी दुई संस्थाहरूले गरेको अथक प्रयासको प्रशंसा गर्दै उनीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछ।
यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक ३ (अक्टोबर १९) मा बुटवल, कात्तिक १६ (नोभेम्बर १) मा पोखरा, कात्तिक २४ (नोभेम्बर ९) मा इटहरी, र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौँमा आयोजना हुनेछन्।
संगीतप्रेमीहरूले यस अविस्मरणीय सांगीतिक यात्रामा सज्जन राज वैद्यको प्रस्तुति हेर्न र सुन्न पाउनेछन्।




