भरतपूर, शहीद स्मारक कलेज बखानपुर, शारदानगर, चितवनको चौथो कलेज सभा सम्पन् भएको छ ।आज कलेज व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर गुरुङ्गको अध्यक्षता तथा वाग्मती प्रदेशका सदस्य श्री गिता गुरुङ्गको प्रमुख आतिथ्यतामा कलेज सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै प्रमुख अतिथी गुरुङ्ले कलेजलाई आवश्यक पर्ने सम्पूर्ण सहयोगहरु प्रदेश बाट दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो भने कलेजका अध्यक्ष बेल बहादुर गुरुङ्गले कलेजको समसामयीक सम्सयाहरुका बारेमा धारणा राख्दै कलेजलाई अझ प्रभाबकारी तरीका बाट अगााडी बढाई QAA प्राप्त गर्न पहल गर्दै वडा अध्यक्षहरुलाई कलेजलाई आर्थिक सहयोग गर्न अनुरोध पनी गर्नुभएको थियो ।
चौथो कलेज सभामा स्वागत मन्तव्य कलेज सभा सदस्य पूर्ण गुरुङ्गले राख्नुभएको थियो भने कलेजको आर्थिक तथा प्रगती प्रतिवेदन कलेज प्रमुख वसन्त कुमार पौडेलले प्रस्तुत गर्नुभएको थियो । सभामा कलेजका संस्थापक पिन्सिपल डा. नारायण प्रसाद खनाल , पूर्व प्रिन्सिपल सूर्य तामाङ्ग, सञ्चालक समिति सदस्य चन्द्रहध्वज गरुङ्ग, प्रा डा. सूर्य कान्त घिमीरे, तोपमान सिंह गुरुङ्ग, विष्णुमाया परियार आदिले शुभकामना मन्तव्य राख्नु भएको थिया भने कार्यkram सहजीकरण कलेजका सहायक प्रिन्सिपल श्री राजु राना भाटले गर्नु भएको थियो ।
((




