तनहुँ -सम्माननीय राष्ट्रपति ज्यु,तपाईं राष्ट्रकाे प्रमुख पदमा पुग्ने तेस्राे नेपाली नागरिक हुनुहुन्छ।राजनीति गरेर याे भन्दा माथि पुग्ने ठाउँ छैन।भन्नलाई राष्ट्रप्रमुख खाेपाकाे देउता हाे केही गर्ने अधिकार छैन थापना मात्रै हाे भन्ने गरिन्छ।राष्ट्रकाे संविधानले जे जे अधिकार राष्ट्रपति लाई दिएकाे छ त्याे अधिकार भित्र रहेर तपाईले गर्ने गराउने कामभन्दा पृथक पहलका लागि मैले याे पत्र लेख्ने जमर्काे गरेकाे हूँ।
राष्ट्रपतिज्यु,तपाईं जन्मनुभएकाे पवित्र भूमि देवभूमि हाे सायद यसमा तपाईकाे दुईमत नहाेला।ईश्वरिय बर्दान पाएकाे तनहुँ जिल्लाकाे वर्णन मैले तपाईं सामु गर्नुभनेकाे बाउलाई भाइ पाउन सिकाउनु जस्तै हाे।तपाईं जन्मेर,हुर्केर,पढेर राष्ट्रकाे सर्वाेच्च पदमा पुग्ने पहिलाे तनहुँपुत्र हुनुहुन्छ।महाकवि लक्ष्मि प्रसाद देवकाेटाकाे जन्म वारे केटाकेटीमा स्कुलमा पढेकाे कविता “घाँसी दरिद्र यसकाे तर बुद्धि कस्ताे,म भानुभक्त धनी भैकन किन यस्ताे” झलझलि सम्झन्छु।मैले तनहुँकाे महिमा गाउनुकाे कुनै तुक छैन।किनभने एकसे एक हस्तिहरू जन्माएकाे छ तनहुँले।तात्कालिन सेनवंसकाे राज्य देखि वर्तमान नेपाल राज्यकाे नेतृत्व लिने साैभाग्य तनहुँले पाएकाे छ,याे गाैरवकाे विषय हाे।सनातन धर्मकाे मियाे वेद र पुराणसँग तनहुँकाे प्राकृतिक सम्बन्ध गाँसिएकाे सत्यले जाेकाेहिकाे छाति गाैरवले तन्किनु पर्छ।अझ तनहुँ वासि त याे सत्यका हकदार नै हुन।याे ब्रम्हाण्डमा जतिपनि सनातन धर्मका अनुयायी छन तिनिहरूले एकपटक पाइला टेक्नै पर्ने पवित्र भूमिहाे तनहुँ।महर्षि वेदव्यासकाे जन्मभूमि,ऋषि परासर र सत्यवतिकाे समागम स्थल याे देवभूमिकाे वर्णन तपाईं सामु मैले गर्नु सुर्यकाे अगाडि टुकि बालेझै हाे।
राष्ट्रप्रमुखज्यु,यस्ताे पवित्र भूमि आज उपेक्षित छ।धार्मिक पर्यटनकाे लागि महर्षि वेदव्यासकाे जन्मभूमि नामै काफि छ।राज्यले उपेक्षा गरेकाे हाे भने राज्यलाई निर्देसन दिने हैसियत तपाईसंग छ।मानव चाेलाकाे सबैभन्दा उत्कृष्ट कार्यनै सनातन धर्मकाे रक्षार्थ खटिनु हाे र त्याे खटिने समय घर्किनु हुँदैन।आज वेद र पुराणका व्याख्याताहरू एकसे एक निस्केका छन।महर्षि वेदव्यासकाे महिमा गाउनेहरूकाे पनि कमि छैन।तथापी चार वेद र अठार पुराणका रचयिताकाे जन्मथलाे झार उम्रेर खण्डहर हुनपुगेकाे छ।ज्ञानी र ध्यानिहरूकाे गनथन सुनेकाे वर्षाै भैसक्याे।सबै ध्यानि र ज्ञानिहरूले वेद र पुराणकाे व्याख्या आफू बाँच्नकै लागि मात्रै गरेजस्ताे देखिन्छ।आफुअनुकुल व्याख्या गर्नेहरू शीत सावधान हुनुपर्छ।वेद नै विज्ञानहाे विज्ञान नै वेदकाे अनुसन्धानमा लागेकाे बेला हामी त्याे वेदलाई लिपिबद्द गर्ने महर्षिकाे महत्व भुलिरहेका छाैं।महर्षिकाे त्याे पवित्र जन्भूमिकाे संरक्षण गर्नुपर्ने दायित्व बाट भागिरहेका छाैं।वेद पुराणकै अंश बाट व्याख्या गरेर कुम्भ र महाकुम्भकाे आयाेजना हुन्छ।लाख हजार हाेईन कराेडाै कराेड सनातनिहरू स्नानगर्न कुम्भमा पुग्छन।यश बाट हामीले सिक्नु पर्ने कुरा एउटै छ सनातन धर्मका अनुयायी लाई आफ्नाे धर्म प्रति अगाध आश्था छ र त्याे आश्थाकाे शक्तिनै देवशक्ति हाे।हाे त्याे देवशक्तिकाे जन्मभूमि तनहुँ लाई विश्वभरिका सनातनि हरू आउने तिर्थस्थल बनाउन तम्सिनु पर्याे।
राष्ट्रपतिज्यु, महर्षि वेदव्यासकाे याे तपाेभूमि तपाईकाे उपयुक्त निर्देसनकाे पर्खाइमा छ।तपाईले दिने हरेक निर्देसन पालना गर्न हामी तत्पर छाैं।महर्षि वेदव्यसकाे जन्मभूमि विश्वभरिका सनातनिकाे गन्तव्य बनाउन आजै देखि लागिपराैं भन्ने आग्रह हाे याे पत्रकाे आशय।जाे जहाँ छ त्यहिं बाट जागाेस र उद्घाेष गराेस् जय सनातन।




