• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • भरतपुर- चितवन उद्योग संघको आयोजनामा नवौं संस्करणको रुपमा मिति २०८१ चैत्र १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा हुने नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले जानकारी गराउनु भयो । प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया) निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरू, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, चित्रकला, हस्तकला र मह उद्योगका प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, सोलार ऊर्जा र वैकल्पिक ऊर्जा कम्पनीहरू, फोहोर व्यवस्थापन र पुनः प्रयोग कम्पनीहरू, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाताहरु, औद्योगिक व्यवसायिक साझेदार (बैंक, बिमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक) निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करीब २०० स्टलहरु रहने कार्य बाहक अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

    प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुँदैछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको घिमिरेले बताउनुभयो ।

    प्रदर्शनीको तेश्रो दिन “नेपालको वर्तमान आर्थिक परिदृश्य

    औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा विषय विज्ञ र सरोकारवाला निकायहरुको उपस्थितिमा प्यानल छलफल कार्यक्रम समेत हुनेछ । प्रदर्शनीमा विभिन्न औद्योगिक उत्पादन लन्च गर्दा जादुकलाको प्रयोग गरी मनोरञ्जन समेत गराईने योजना रहेको चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका विभागीय प्रमुख दिनुप कुमार बरालले जानकारी दिनुभयो ।

    प्रदर्शनीमा उद्योग÷व्यवसायका सञ्चालक, लगानीकर्ताहरू, लघु, घरेलु तथा साना उद्यमीहरु तथा निर्यातकर्ताहरू, अन्तर्राष्ट्रिय उद्योगी, प्रविधि प्रदायक र लगानीकर्ता प्रतिनिधिहरू, स्थानीय, प्रदेश र संघीय सरकारका कर्मचारी तथा जनप्रतिनिधिहरू, व्यवसायिक साझेदार तथा परामर्शदाताहरू ९इन्जिनियर, अडिटर, बैंक अधिकारी, वित्तीय विशेषज्ञहरू, मध्यस्थकर्ता, व्यवसायिक ढुवानीकर्ताहरु, अन्य व्यवसायिक साझेदारहरु० , उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरू र स्टार्टअप प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि उत्पादक र आपूर्तिकर्ताहरू, उद्यमशिलताको क्षेत्रमा रुचि राख्ने विद्यार्थी तथा खोज अनुसन्धानकर्ताहरु, प्राध्यापक तथा कर्मचारीहरु, उद्योगरव्यवसायका उच्च व्यवस्थापकहरु, पर्यटन व्यवसायीहरू र सेवाग्राही संस्थाका प्रतिनिधिहरू, आईटी तथा सूचना प्रविधिका उद्यमी र व्यवसायीहरू, औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा रुचि राख्ने व्यक्तिहरू, सञ्चारकर्मी, मिडिया प्रतिनिधिहरू र प्रचारप्रसार विशेषज्ञहरू, उपभोक्ता तथा आमनागरिकहरू अवलोकनकर्ताको रुपमा रहने विभागीय प्रमुख दिनुप कुमार बरालले जानकारी दिनुभयो ।

    प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी –२०८१

    प्रदर्शनी अन्तर्गत बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रबद्र्धन सहयोगमा, नेपाल कमर्शियल आर्टिष्ट संघ बागमती प्रदेशसँगको सहकार्यमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी –२०८१ आयोजना गरिदैंछ । चित्रकला प्रतियोगितामा बागमती प्रदेशका ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको चित्रण हुने गरी प्रदर्शनी स्थलमा नै प्रत्यक्ष रुपमा कोरिएका चित्रहरुका बीच प्रतियोगिता हुनेछ । चित्रकला प्रतियोगितामा प्रथम हुनेलाई रु३०,०००।– नगद र प्रमाण पत्र, दोश्रो हुनेलाई रु२०,०००।– नगद र प्रमाण पत्र, तेश्रो हुनेलाई रु१०, ०००।– नगद र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु५,०००।– नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनेछ ।

    स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला

    प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा।लि। को आयोजनामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा मिति २०८१ चैत्र १४ गतेदेखि २०८२ साल वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला आयोजना हुँदैछ ।

    मेलामा नेपालमा उत्पादित विभिन्न कम्पनीका एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चाका लागि आकर्षक डिजाइनका उत्पादनहरु विक्री वितरण गरिनेछ ।

    स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ ।

    मेलामा करीब १५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रत्यक्ष कम्पनीहरुले सहभागिता जनाउने हुँदा आकर्षक छुटका साथ प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न स्किमहरुको व्यवस्था गरिनेछ । उक्त मेलामा १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१, प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी –२०८१ र स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला ले सहयोग पु¥याउने विश्वास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.