तनहॅु – रिस्ती बिकास समाजका अध्यक्ष नवीनराज पौडेलले जन्मथलो तनहॅुको ब्यास-८ बाहुनपोखरा रिस्तीमा एक घर एक बिरूवा बितरण गर्ने घोषणा गर्नुभएको छ। आफ्नो जन्मदिनको अबसर पारेर पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।उहॅाले आफु जन्मथलोमा केही गरौ भन्ने भावनाले तिन दशकपछि गाउॅ फर्केको भन्दै रिस्तीमा एक घर एक फलफुलको बिरूवा बितरण गर्ने बताउनुभएको छ। फलफुलका बिरूवा रिस्ती बिकास समाज मार्फत स्थानिय वार्ड कार्यालयको समन्वयमा बितरण गरिने पौडेलले बताउनुभयो।
ताईवानी उन्नत जातकाअॅाप,लिचि,एभोगाडो,सुन्तला,मेवा,अम्बा,अनार ,कागती,मौसम र जुनारका बिरूवा बितरण गरिनेछ।यो बार्हमासै फल्ने फलफुल हो ।समुन्द्रि सतहबाट ३५०० मिटरसम्म रोप्न मिल्ने खालको आधुनिक र बिकासी फलफुल बितरण गरेर घरघरमा फलफुल फलाउने अभियान चलाएको रिबिसले जनाएको छ।पौडेलले यसअघि पनि जन्मदिनको अबसरमा फजुल खर्च कटाएर बृद्दबृद्दालाई भोजन,सामुदायिक बिद्यालयको लागी पुस्तकालय साथै छात्राबृति बितरण गर्दै आउनुभएको छ ।




